भगवती न्यौपाने, कपिलवस्तु। महिला हिंसा अन्त्य गर्न कपिलबस्तुका अधिकारकर्मीको माग गरेका छन। शनिबार कपिलबस्तुको चार नम्बर चोकमा आयोजित महिला हिंसा विरुद्ध सचेतना मूलक कार्यक्रममा पछिल्लो समय महिला हिंसाका घटना बढ्दै जाँदासमेत सरकारले कुनै चासो नदेखाएको उनिहरुले गुनासो गरे ।
महिला अधिकारकर्मी सावित्री सुवेदीले महिला तथा बालिका माथि हुने अन्याय अत्याचार विरुद्ध एकजुट भएर आवाज उठाउनुपर्ने बताउनुभयो। उहाले आफू देशभरी महिला हिसाँ बिरुद्द आवाज बुलन्द पार्दै हिँडेको बताउदै छोरी चेली माथी आफन्तबाटै पीडित हुन परेकोले तिनको सुरक्षा गर्ने आमाको अधिकार हो भन्नुभयो । निर्मला पन्त, सम्झना कामी, लगायतका छोरीहरुको बलात्कार पछि भएको हत्या र नारीहरु माथि हुने तेजाव आक्रमण विरुद्ध सरकार चुप लागेको आरोप लगाउनुभयो ।
यस्तै वाणगंगा नगरपालिका वडा नं १ का वडा अध्यक्ष बालकुमारी पन्त अधिकारीले महिलाहरुले २१ औं शताब्दीमा पनि अत्यन्तै हिंसा सहनु परेको बताउनुभयो । उहाँले छोरीचेलीहरु आफन्तबाटै बलात्कृत हुनु परेको उल्लेख गर्दै महिला एकजुट हुनु अहिलेको आवश्यकता भएको स्पष्ट पार्नुभयो। कार्यक्रममा “महिला हिंसा कहिलेसम्म हामी चुप जहिलेसम्म″ भन्ने मूल अभियानका साथ अगाडी बढेका महिलाहरुका हातमा खुलम्खुला बलत्कारी बनाउँदैछन् नेताजी, नारीको मन छुने गर शरीर हैन,बलात्कारीलाई फाँसी दे,सरकार केमा व्यस्त छ कुर्सी तान्न व्यस्त छ,यो दमनकारी राज्य हो बलात्कारी,नारीमाथि गिद्धे नजर नलगाउ, बालबिबाह गर्न बन्देज तर बलात्कार गर्न छुट हाम्रो नेपालमा जस्ता पम्प्लेटसँगै कालो पोसाकमा सरकार विरोधि नाराहरु लगाइएका थिए ।
कार्यक्रममा नेपाल युवा परिषद् कपिलवस्तुको आयोजना, इ. आर.सि.को सह आयोजनाका साथै मेचीमहाकाली बुहारी संयुक्त आवाज, शान्ति आमा समूह लगायत १८ वटा संस्थाको सहकार्य रहेको थियो । सुरक्षा तिवारीको अध्यक्षता रहेको कार्यक्रम कोपिला गिरीको संचालनमा सम्पन्न भएको हो ।
You might also like
Comments are closed.