• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, पुष ०३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ४. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

कोरियाली पर्यटकलाई भिसा दिने सरकारको तयारी


  •   बिहिबार, असोज २२, २०७७ मा प्रकाशित
  • शिव भुसाल, सिओल।  सरकारले हिमाल आरोहण र ट्रेकिङमा जान चाहने कोरियाली पर्यटकहरुलाई भिसा दिने भएको छ। कोरोनाका कारण लामो समयदेखि रोकिएको भिसा स्वीकृति प्रकृया कात्तिक १ देखि पुनः सञ्चालन गर्ने निर्णय भएको नेपालस्थित पर्यटन मन्त्रालयलाई उद्धृत गर्दै सिओलस्थित नेपाली दूतावासले जनाएको छ।
    पहिलो चरणमा तत्कालका लागि हिमाल आरोहण र ट्रेकिङका लागि मात्र भिसा उपलब्ध गराइने दूतावासको भनाइ छ। भ्रमणका लागि जान चाहने पर्यटकले भिसा लिँदा आफू सोही क्षेत्रका लागि जान लागेको भनी उल्लेख गर्नुपर्ने दूतावासका उपनियोग प्रमुख रामसिंह थापाले जानकारी दिए। कोरियाली पर्यटकले नेपाल जानुभन्दा पहिले विमानस्थलमा ७२ घण्टा भित्रको कोरोना परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने दूतावासले जनाएको छ। पर्यटकका लागि ट्रेकिङ वा ट्राभल एजेन्सीमार्फत् उल्लेखित क्षेत्रका लागि भ्रमणमा जान लागेको भनी प्रमाणित प्रतिलिपी अनिवार्य गरिएको छ।
    त्यस्तै नेपालमा गई ७ दिन क्वारेन्टाइनमा बस्नुपर्ने र त्यसका लागि नेपालस्थित होटल क्वारेन्टाइन सुनिश्चित गरिएको प्रमाणपत्र पनि अनिवार्य गरिएको छ। पर्यटकले ५ हजार अमेरिकी डलर बराबरको कोरोना बिमा गरेको पोलिसी प्रमाण पनि पेश गर्नुपर्ने उल्लेख छ। पर्यटन मन्त्रालयको उक्त निर्णय स्वागतयोग्य भएको कोरियाका लागि नेपाली पर्यटन दूत केपी सिटौलाको भनाइ छ। तर अन्य विषयलाई बेवास्ता गरेर भिसा उपलब्ध गराएर मात्र कोरियाली पर्यटक नेपाल नजाने उनको तर्क छ। महामारीमा पनि कोरियाको आन्तरिक पर्यटन व्यवसाय फस्टाएकोले कोरियालीहरु भ्रमणमा जान आतुर भएको आफूले पाएको सिटौलाको भनाइ छ। कोरोना महामारीका कारण नेपालमा पर्यटन व्यवसाय थला परिरहेका बेला कोरियामा भने आन्तरिक पर्यटकले यहाँका पर्यटकिय स्थलहरु भरिभराउ छन्। नेपालका हिमाली क्षेत्रहरु, खासगरी हिमाल आरोहण र ट्रेकिङका क्षेत्र कोरोना प्रभावबाट मुक्त रहेकाले सरकारले हप्तामा २ वटासम्म नियमित उडानको प्रत्याभुति गरेमा कोरियाली पर्यटक नेपाल भ्रमणमा निस्कने पर्यटन क्षेत्रका सरोकारवाला बताउँछन्। सरकारले भदौ १५ देखि नै कोरियाका लागि नियमित उडान सुचारु गरिएको बताएपनि पर्याप्त यात्रु नभएको भन्दै कोरियन एयरले चार्टर उडानमात्र गर्दै आएको छ।
    कोरियाबाट नेपाल भ्रमणमा जाने कोरियाली पर्यटकको संख्या सन् २०१८ मा ३८ हजार १४२ रहेको र २०१९ मा ३६ हजारको हाराहारीमा रहेको सरकारी तथ्याङक छ।

    Advertisement

    बिहिबार, असोज २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    ‘लुम्बिनीमा भन्सार छली मिलेमतोमै भइरहेको छ’ : मुख्यमन्त्री आचार्य
    चुनाव सर्ने हल्ला निराधार, निर्धारित मितिमै हुन्छ : गृहमन्त्री अर्याल
    डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार
    देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ४.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation