• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ७. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ८. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ९. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • १०. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

कोरियाली पर्यटकलाई भिसा दिने सरकारको तयारी


  •   बिहिबार, असोज २२, २०७७ मा प्रकाशित
  • शिव भुसाल, सिओल।  सरकारले हिमाल आरोहण र ट्रेकिङमा जान चाहने कोरियाली पर्यटकहरुलाई भिसा दिने भएको छ। कोरोनाका कारण लामो समयदेखि रोकिएको भिसा स्वीकृति प्रकृया कात्तिक १ देखि पुनः सञ्चालन गर्ने निर्णय भएको नेपालस्थित पर्यटन मन्त्रालयलाई उद्धृत गर्दै सिओलस्थित नेपाली दूतावासले जनाएको छ।
    पहिलो चरणमा तत्कालका लागि हिमाल आरोहण र ट्रेकिङका लागि मात्र भिसा उपलब्ध गराइने दूतावासको भनाइ छ। भ्रमणका लागि जान चाहने पर्यटकले भिसा लिँदा आफू सोही क्षेत्रका लागि जान लागेको भनी उल्लेख गर्नुपर्ने दूतावासका उपनियोग प्रमुख रामसिंह थापाले जानकारी दिए। कोरियाली पर्यटकले नेपाल जानुभन्दा पहिले विमानस्थलमा ७२ घण्टा भित्रको कोरोना परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने दूतावासले जनाएको छ। पर्यटकका लागि ट्रेकिङ वा ट्राभल एजेन्सीमार्फत् उल्लेखित क्षेत्रका लागि भ्रमणमा जान लागेको भनी प्रमाणित प्रतिलिपी अनिवार्य गरिएको छ।
    त्यस्तै नेपालमा गई ७ दिन क्वारेन्टाइनमा बस्नुपर्ने र त्यसका लागि नेपालस्थित होटल क्वारेन्टाइन सुनिश्चित गरिएको प्रमाणपत्र पनि अनिवार्य गरिएको छ। पर्यटकले ५ हजार अमेरिकी डलर बराबरको कोरोना बिमा गरेको पोलिसी प्रमाण पनि पेश गर्नुपर्ने उल्लेख छ। पर्यटन मन्त्रालयको उक्त निर्णय स्वागतयोग्य भएको कोरियाका लागि नेपाली पर्यटन दूत केपी सिटौलाको भनाइ छ। तर अन्य विषयलाई बेवास्ता गरेर भिसा उपलब्ध गराएर मात्र कोरियाली पर्यटक नेपाल नजाने उनको तर्क छ। महामारीमा पनि कोरियाको आन्तरिक पर्यटन व्यवसाय फस्टाएकोले कोरियालीहरु भ्रमणमा जान आतुर भएको आफूले पाएको सिटौलाको भनाइ छ। कोरोना महामारीका कारण नेपालमा पर्यटन व्यवसाय थला परिरहेका बेला कोरियामा भने आन्तरिक पर्यटकले यहाँका पर्यटकिय स्थलहरु भरिभराउ छन्। नेपालका हिमाली क्षेत्रहरु, खासगरी हिमाल आरोहण र ट्रेकिङका क्षेत्र कोरोना प्रभावबाट मुक्त रहेकाले सरकारले हप्तामा २ वटासम्म नियमित उडानको प्रत्याभुति गरेमा कोरियाली पर्यटक नेपाल भ्रमणमा निस्कने पर्यटन क्षेत्रका सरोकारवाला बताउँछन्। सरकारले भदौ १५ देखि नै कोरियाका लागि नियमित उडान सुचारु गरिएको बताएपनि पर्याप्त यात्रु नभएको भन्दै कोरियन एयरले चार्टर उडानमात्र गर्दै आएको छ।
    कोरियाबाट नेपाल भ्रमणमा जाने कोरियाली पर्यटकको संख्या सन् २०१८ मा ३८ हजार १४२ रहेको र २०१९ मा ३६ हजारको हाराहारीमा रहेको सरकारी तथ्याङक छ।

    Advertisement

    बिहिबार, असोज २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन

    भर्खरै

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ६.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ७.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ८.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation