• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असार १८, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

लोकप्रिय समाचार

  • १. ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति थप्ने

  • २. प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन उद्यमी’देखि ‘एक घर, एक धारा’सम्म

  • ३. किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

  • ४. छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

  • ५. प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

  • ६. शिक्षा, स्वास्थ्य र कृषि केन्द्रमा राखेर झिमरुकको बजेट पारित

  • ७. राप्ती गाउँपालिकाद्वारा ६३ करोड बढीको बजेट प्रस्तुत

  • ८. रेसुङ्गाको महिमा गुञ्जिएको भजन ‘रेसुङ्गा जाऔं’ सार्वजनिक

  • ९. प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

  • १०. प्यूठानमा एक पालिका एक खेलमैदान योजना अलपत्र

गुल्मीको रेसुङ्गा र बेलायतको हकिन्जबीच भगिनी सम्बन्ध


  •   शनिबार, असोज १७, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी। गुल्मीको रेसुङ्गा नगरपालिका र बेलायतको हकिन्जबीच भगिनी सम्बन्ध स्थापना भएको छ।
    नेपाली दूतावास बेलायतले शनिबार जारी गरेको विज्ञप्ति अनुसार आज हकिन्समा भएको एक विशेष कार्यक्रममा संयुक्त राज्य बेलायतको हाकिन्ज नगरपरिषद र गुल्मीको रेसुङ्गा नगरपालिका बिच भंगेनी सम्वन्ध स्थापित गर्ने सम्झौता भएको हो ।

    Advertisement

    हकिन्स नगर परिषद्का प्रमुख फिलिप मार्टिनले दुई नगरबीच भगिनी सम्बन्ध स्थापना भएपछि सामाजिक, शैक्षिक, सांस्कृतिक क्षेत्रमा सहयोग तथा भ्रमणहरुको आदानप्रदानमार्फत दुई देशबीच जनस्तरको सम्पर्क अभिवृद्धि हुने बताउनु भयो ।

    समारोहमा बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले २ सय वर्षभन्दा पुरानो नेपाल र बेलायत मैत्रीपूर्ण सम्बन्धलाई यस भगिनी सम्बन्धले थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। समारोहमा हकिन्जको चर्चिल स्कुल तथा रेसुंगाको सिद्धबाबा माध्यमिक बिद्यालयबीच शैक्षिक क्षेत्रमा सहयोग आदानप्रदान गर्ने समेत सहमती भएको छ। भगिनी सम्बन्ध भएसंगै मैत्रीपुर्ण भम्रणका लागि दुई नगरबिच निमन्त्रणा आदान प्रदान समेत भएको छ। समारोहका त्यहाँका विभिन्न तहको जनप्रतिनिधी उच्च पदस्थ कर्मचारीहरुको सहभागिता थियो ।

    बेलायतमा रहेको नेपाली दूतावासको प्रेस विज्ञप्ति

    संयुक्त अधिराज्यको हकिन्जमा २ अक्टोबर 2020 मा आयोजित एक समारोहमा नेपालको रेसुंगा नगरपालिका र संयुक्त अधिराज्यको हकिन्ज नगर परिषद् बीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्बन्धी सम्झौता सम्पन्न भयो।

    उक्त समारोहमा बोल्नु हुँदै हकिन्ज नगर परिषद्का प्रमुख श्री फिलिप मार्टिनले दुइ नगरबीच भगिनी सम्बन्ध स्थापना भएबाट सामाजिक, शैक्षिक, साँस्कृतिक क्षेत्रमा सहयोग तथा भ्रमणहरूको आदानप्रदानमार्फत् दुइ देशबीच जनस्तरको सम्पर्क अभिवृद्धि हुने बताउनुभयो। उहाँले रेसुंगा नगरपालिकाका नगर प्रमुखलाई सन् 2021 मा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हकिन्जको भ्रमणका लागि निमन्त्रणा दिनुभयो। समारोहमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीले २०० बर्षभन्दा पुरानो मैत्रीपूर्ण नेपाल-बेलायत सम्बन्धलाई यस भगिनी सम्बन्धले थप सुदृढ तुल्याउन योगदान दिने विश्वास व्यक्त गर्नुभयो।रेसुंगा नगरपालिकाका नगर प्रमुखलाई हकिन्ज भ्रमणका लागि प्रदान गरिएको निमन्त्रणाका लागि हार्दिक धन्यवाद दिंदै महामहिम राजदूत डा. सुवेदीले रेसुंगा नगरपालिकाका नगर प्रमुखको तर्फबाट हकिन्ज नगर परिषद्का प्रमुख तथा उपप्रमुखलाई अर्को वर्ष रेसुंगाको मैत्रीपूर्ण भ्रमणका लागि निमन्त्रणा दिनुभयो।
    त्यसैगरी कार्यक्रममा हकिन्ज नगर परिषद्का पूर्व प्रमुख श्री ग्लिन हिबर्टले बेलायतका लागि नेपाली गोर्खा सैनिकहरुको योगदानको कदर गर्दै आफु यस भगिनी सम्बन्ध स्थापनाबाट अत्यन्तै उत्साहित भएको बताउनुभयो। समारोहमा हकिन्जको चर्चिल स्कुल तथा रेसुंगाको सिद्धबाबा माध्यमिक बिद्यालयबीच शैक्षिक क्षेत्रमा सहयोग आदानप्रदान गर्ने समेत सहमति भएको थियो। समारोहको अन्त्यमा प्रमुख श्री मार्टिनले जलपान समारोहको आयोजना गर्नुभएको थियो।

    शनिबार, असोज १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै
    बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार
    गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा भेटिए
    प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन उद्यमी’देखि ‘एक घर, एक धारा’सम्म
    प्यूठानमा एक पालिका एक खेलमैदान योजना अलपत्र
    ब्याट नपाएका केशव, बलिङ चम्काएको शुभम

    लोकप्रिय

    • १.
      ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति

    • २.
      प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन

    • ३.
      किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

    • ४.
      छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा

    • ५.
      प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

    • ६.
      शिक्षा, स्वास्थ्य र कृषि केन्द्रमा राखेर झिमरुकको

    भर्खरै

    • १.
      झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

    • २.
      बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

    • ३.
      लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

    • ४.
      रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

    • ५.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    • ६.
      क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

    • ७.
      गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

    • ८.
      रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...