५ किलो अफिम सहित एक दम्पती पक्राउ

दाङ । दाङको तुलसीपुरबाट प्रहरीले ५ किलो लागुऔषध अफिम सहित २ जना पक्राउ गरेको छ।
शुक्रवार साँझ करिब ८ बजेतिर तुलसीपुर-६ गुम्राहचोकबाट रोल्पा साबिक गाविस थवाङ-५ का ४६ बर्षीय कर्म कुमार बुढा र उनकी ४६ बर्षीय श्रीमती राज कुमारी रोकालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । लागुऔषध कारोबार भइरहेको भन्ने सुचनाको आधारमा जिप्रका दाङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेका जिल्ला प्रहरी प्रवक्ता एंव डिएसपी सुमित खड्काले जानकारी दिनुभयो ।
पक्राउ परेका उनीहरु माथी लागू औषध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.