• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

लोकप्रिय समाचार

  • १. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • २. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • ३. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ४. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ५. पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

  • ६. न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार ठगी, भारतीय नागरिक पक्राउ

  • ७. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ८. आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

  • ९. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • १०. उदयपुरमा ट्रक–मोटरसाइकल ठोक्किँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

प्रदेश ५ सरकारबाट को को हुँदै छन विभूषित ? ( नामावली सहित)


  •   सोमबार, असोज ०५, २०७७ मा प्रकाशित
  • बुटवल । प्रदेश ५ सरकारले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएको भन्दै ११ विधामा ५८ जनालाई पदक तथा विभूषण प्रदान गर्ने घोषणा गरेको छ । संविधान दिवसको अवसरमा सरकारले घोषणा गरेका पदक प्रदेश स्थापना दिवसका अवसरमा फागुन ३ गते प्रदान गरिने छ ।
    प्रदेश सरकारले दिने सबैभन्दा उच्चस्तरको पदक बुद्ध शान्ति पदकबाट पाल्पाका आचार्य भिक्षु अमृतानन्द महास्थवीरलाई मरणोपरान्त प्रदान गर्ने भएको छ । बौद्धधर्मको माध्यमबाट राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति स्थापनार्थ विशिष्ट योगदान गरेको भन्दै उनलाई पदक दिने निर्णय गरिएको हो । उनले म्यानमार सरकारबाट महानायक पदवी समेत प्राप्त गरेका थिए । प्रदेश रत्न पदक (क) बाट ड्रयागन खेतीमार्फत कृषि क्षेत्रमा नौलो काम गरेका पूर्व मन्त्री दाङका लोकेन्द्र विष्टमगरलाई विभूषित गर्ने भएको छ । प्रदेश रत्न पदक (ख) रुकुम पूर्वकी लक्ष्मी प्रसाद पुन, रुपन्देहीको अर्घाखाँची सिमेन्ट प्रा.लि र रुपन्देहीकै सगुन कन्स्ट्रक्सनलाई दिइने भएको छ । प्रदेश रत्न पदक (ग) दाङका मार्शल रोका, गुल्मीका भोजराज रेगामी र बाँकेका पुरमल बस्नेतलाई दिइने भएको छ ।यस्तै दाङका गुमराह थारुले प्रदेश प्रमुख जनसेवा पदक पाउने भएका छन् । प्रदेश प्रमुख जनसेवा पदक ‘ख’बाट प्युठानका खगुलाल गुरुङ र रोल्पाका तेजमान घर्तिलाई मरणोपरान्त विभूषित गरिने भएको छ ।प्रदेश प्रमुख जनसेवा पदक (ग) सशस्त्र द्वन्द्वमा मृत्यु भएकी रुकुमकी धनमाया श्रेष्ठ, पाल्पाका केवल गाहामगर र राज्यद्वारा बेपत्ता बनाइएका कृष्ण थारुलाई प्रदान गरिने भएको छ ।त्यसैगरी मुख्यमन्त्री प्रज्ज्वलद्वीप पदक (क) प्रदेश सभामा तत्कालीन विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलाई (मरणोपरान्त) प्रदान गरिने भएको छ। मुख्यमन्त्री प्रज्ज्वलद्वीप पदक (ख)बाट दाङका माणिकलाल गौतम, पाल्पाका चिनियालाल बज्राचार्य, पाल्पाका तत्कालीन जिल्ला समन्वय समिति प्रमुख दयाराज बस्याल (मरणोपरान्त)लाई विभूषित गरिने छ । मुख्यमन्त्री प्रज्ज्वलद्वीप पदक (ग) सशस्त्र द्वन्द्वमा घाइते भएका दाङका मनोज चौधरीलाई प्रदान गरिने भएको छ ।
    प्रदेश सेवा समर्पण पदक (क) लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. राजेन्द्रप्रसाद खनाललाई दिने निर्णय प्रदेश ५ सरकारले गरेको छ ।प्रदेश सेवा समर्पण पदक (ख) भिम अस्पतालका डा. सुमित प्रजापति, गुल्मी जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. उत्तम पच्या, भेरी अस्पताल बाँकेमा कार्यरत बसुन्धरा ज्ञवाली गौतम, भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर ध्रुव धिताल, जिल्ला समन्वय समिति पूर्वीरुकुममा कार्यरत विमला रोक्का श्रेष्ठ, आर्थिक मामिला तथा योजना मन्त्रालयमा कार्यरत सुमितकुमार अग्रहरी, योग प्रशिक्षक रुपन्देहीका विष्णु आचार्य, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रेमबहादुर गौतमले पाउने भएका छन् ।त्यसैगरी प्रदेश सेवा समर्पण पदक (ग) प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कार्यरत लक्ष्मण पन्थी, कपिलवस्तु अस्पतालकी आयुष्मा अर्याल, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा कार्यरत योगेन्द्रनाथ उपाध्यायलाई प्रदान गरिने भएको छ । सुरक्षाकर्मीहरुलाई प्रदान गरिने उजिरसिंहद्वीप पदक (ख)बाट प्रदेश प्रहरी कार्यालयका अभयकुमार झालाई प्रदान गरिने भएको छ । उजिरसिंहद्वीप पदक (ग)बाट जिल्ला प्रहरी कार्यालय बाँकेका डिल बहादुर सिंजाली मगर, इलाका प्रहरी कार्यालय बुटवलका फुलेराम थारु र जिल्ला प्रहरी कार्यालय दाङका प्रभु सुनारलाई विभूषित गरिने छ ।समाजसेवा श्री पदक (क) संस्थागत रुपमा नेपाल संस्कृत विश्वविद्यालयलाई प्रदान गरिने भएको छ । त्यस्तै समाजसेवा श्री पदक (ख) रुपन्देहीका पत्रकार अर्जुन ज्ञवाली, बाँकेका रोमहर्ष धिताल, अर्घाखाँचीका डा. चित्र प्रसाद वाग्ले (मरणोपरान्त) र नवलपरासी पश्चिमका खिमलाल पोख्रेललाई दिइने भएको छ ।समाजसेवा श्री पदक (ग) दाङका विनय पोख्रेल, अर्घाखाँचीकी पवित्रा पौडेल, कपिलवस्तुकी प्रभा पौडेल, बाँकेकी सरीता खनाल र गुल्मीको आशा अपांग केन्द्रलाई प्रदान गरिने भएको छ ।पुथा श्री पदक (ख) सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी, पुथा श्री पदक (ग) दाङको बुलबुले थारु पाहुना घर र जैविक होमस्टे बर्दियालाई दिइने भएको छ ।
    प्रदेश प्रज्ञा पदक दाङका नारायण सिंह गुरुङ्ग, प्रदेश प्रज्ञा पदक (ग) पाल्पाको धवल पुस्तकालयले प्राप्त गर्ने भएका छन् ।प्रजापति गौतमी पदक (क) पाल्पाकी चुन्नुमाया गुरुङ्ग (मरणोपरान्त), प्रजापति गौतमी पदक (ख) पाल्पाकै पूर्णमाया महर्जन, प्रजापति गौतमी पदक (ग) रुपन्देहीकी रिता सेन ओली र रोल्पाको त्रिवेणी रोल्पाली ढाका बुनाई उद्योगले पाउने भएका छन् ।यस्तै दंगीशरण बलिहाङ्ग पदक (क)बाट रुपन्देहीका गजलकार बुँद राना, दंगीशरण बलिहाङ्ग पदक (ख) बाँकेका श्यामानन्द सिंह, दंगीशरण बलिहाङ्ग पदक (ग) दाङका गोरन चौधरी (मरणोपरान्त) र कपिलवस्तुका मोहम्मद इलिहात खाँलाई विभूषित गर्ने निर्णय प्रदेश ५ सरकारले गरेको छ ।

    Advertisement

    सोमबार, असोज ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा
    सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा
    सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति
    पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना
    जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै
    कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    लोकप्रिय

    • १.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • २.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • ३.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ४.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ५.
      पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

    • ६.
      न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार

    भर्खरै

    • १.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • २.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ३.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    • ४.
      स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

    • ५.
      मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

    • ६.
      पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

    • ७.
      सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

    • ८.
      पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation