• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • १०. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

गुल्मीका पहिरो पिडितलाई दक्षिण कोरियाबाट सहयोग


  •   बुधबार, भदौ ०३, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीका पहिरो पिडितहरुलाई दक्षिण कोरियामा रहेका नेपालीहरुले झण्डै ३ लाख सहयोग गरेका छन् । गत असार १८ गते राती गुल्मीको ईस्मा गाउँपालिकाको वडा नम्बर–१ को मल्दीमा गएको भिषण बाढि पहिरोले घर बगाएर बिस्थापित भएका पीडित परिवारलाई दक्षिण कोरियामा रहेका नेपालीहरुले आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।
    इस्मा गाउँपालिका वडा नम्वर–१ हपुर्कोट निवासी यम खत्री र गुल्मीकै जुनियाँ घर भएका चन्द्र रानाको अगुवाईमा गुल्मी सम्पर्क समिति दक्षिण कोरिया नामक संस्थाको नामबाट त्यस वडाका बाढि पहिरो पीडितहरुलाई २ लाख ८४ हजार रुपैयाँ दक्षिण कोरियामा रहेका नेपालीहरुबाट राहत संकलन गरि पठाएका थिए । दक्षिण कोरियाबाट जिल्लाका सञ्चारकर्मीहरु अनिता खत्री, प्रेम सुनार लगायतका सञ्चारकर्मीहरुले वडामा पुगेर उक्त नगद रकम वडाध्यक्ष चुराबहादुर खत्रीलाई हस्तान्तरण गरेका थिए ।
    हस्तातरण पछि वडा कार्यालयमा आयोजित राहत हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष खत्रीले ५९ घरधुरी बाढि पहिरो पीडितहरुलाई हस्तान्तरण गरेका थिए । सोही वडाका स्थानीय एबम् समाजसेवी भुपालसिंह बिष्टको हातबाट पिडित परिवारलाई नगद हस्तान्तरण गरिएको थियो । वडाध्यक्ष खत्रीले क वर्गका २ घरधुरीलाई प्रति परिवार ८ हजारका दरले नगद रकम हस्तान्तरण गरेका थिए । त्यस्तै ख बर्गका ३४ घरधुरीलाई साढे ५ हजारका दरले र ग बर्गका २३ घरधुरीलाई साढे ३ हजारका दरले नगद रकम हस्तान्तरण गरेका थिए । गुल्मी सम्पर्क समित दक्षिण कोरियाका अध्यक्ष चन्द्र रानाले यम खत्रीको आग्रहमा त्यस वडाका बाढि पहिरो पीडितहरुको सहयोगार्थ विभिन्न जिल्लाका ५० जना नेपालीहरुबाट सहयोग संकलन गरि राहत पठाईएको बताउनु भयो ।
    स्कुल र त्रिपाल मुनी बसेका बाढि पहिरो पीडितहरुले आफुहरुलाई तिज मान्न पुग्ने गरि दक्षिण कोरियाबाट नगद सहयोग पठाएको प्रति सहयोगदाताहरु प्रति आभार प्रकट गरेका थिए ।
    वडाध्यक्ष चुराबहादुर खत्रीले सहयोगदाता सबै प्रति कृतज्ञता जाहेर गर्नुभयो । प्रवासमा रहेर पनि जन्मभूमि प्रतिको दुखःमा सहयोग गरेकोमा आभार प्रर्कट गर्नुभयो ।

    Advertisement

    बुधबार, भदौ ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ६.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ७.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ८.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...