बुटवल। रुपन्देहीमा परासीबाट भैरहवातर्फ जाँदै गरेको कार अनियन्त्रित भई पल्टिँदा ३ जनाको मृत्यु भएको छ ।
Advertisement
रूपन्देही रोहिणी गाउँपालिका- ४ छिपागडस्थित हुलाकी सडकखण्डमा लु २ च ६७५६ नंम्बरको कार नियन्त्रित भएर पल्टिँदा ३ जनाको मृत्यु भएको हो । प्रदेश- ५ ट्राफिक प्रहरी कार्यालयका अनुसार सडकबाट १० मिटर तल पल्टिँदा कारमा सवार ४ जना घाइतेलाई उपचारको लागि भीम अस्पताल भैरहवा पठाएकोमा उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुने ३ जनामध्ये १ जनाको मात्र पहिचान खुलेको छ ।
दुर्घटनामा रूपन्देही ओमसतिया गाउँपालिका बालापुरका २६ को देवेन्द्र चौधरीलगायतका रहेका छन् ।