कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ खोराकोमुखमा विहीबार राती गएको पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।उनिहरुको घटनास्थलमै ज्यान गएको थियो।
Advertisement
स्थानीय प्रेम विकको घरमा पहिरो पर्दा १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया रोजिना विकको ज्यान गएको प्रहरीले जनाएको छ ।उनले प्रेम विकको बुहारी छोरीसहित माइत गएकाले उनीहरु भने सुरक्षित रहेको जानकारी दिए ।सुरक्षाकर्मी तथा स्थानीयवासीले पहिरोमा पुरिएका तीनैजनाको शव बाहिर निकालेका थिए।
२ सय मिटर माथिबाट झरेको पहिरोले घर बगाएको हो। ढुङ्गा माटोले बनेको कच्ची घरको तीन वटा कोठा पहिराले बगाएको स्थानीयले जानकारी दिए। घटनास्थल पोखराबाट उत्तर पश्चिम २० किलोमिटर दूरीमा पर्दछ।