राम बहादुर बिश्वकर्मा, प्युठान। प्युठानमा ३९ जनाको कोरोना भाईरस (कोभिड १९) पीसिआर नेगेटिभ आएको छ ।
Advertisement
म्याग्दी र काठमाडौबाट आएका प्युठानका पुरुषमा आरडिटी परीक्षणमा पोजेटिभ देखिएका २ सहित ३९ जनाको स्वाव परिक्षणका लागी भैरहवा पठाइएको थियो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवा पठाइएका मध्ये कुनै पनि स्वावमा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिशाल सुबेदीले जानकारी दिए । उनका अनुसार प्युठानबाट पीसिआर परिक्षणका लागि भैरहवा पठाईएका सबै गौमुखी गाउँपालिका र प्युठान नगरपालिकाका स्थानिय बासिन्दा हुन।
अहिले सम्म प्युठान सुरक्षित रहेको बताउदै सुबेदिले सचेत र सजग रहन सबैमा आग्रह गरे।