• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, जेठ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

बाल अस्पतालका लागि मीनबहादुर गुरुङको ७१ करोड सहयोग

लोकप्रिय समाचार

  • १. गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई पर्यटन व्यवसायसँग जोड्ने प्रयास

  • २. गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • ३. बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने तयारी

  • ४. भूमिहीन सुकुम्बासीको बुटवल भेला : ७५ सदस्यीय समिति गठन, १२ बुँदे माग अघि सारियो

  • ५. ३ लाख नदिए मलेसिया उड्न नदिने म्यानपावर एजेन्ट पक्राउ

  • ६. अस्पताल बने, सेवा सुरु भएन

  • ७. सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

  • ८. ओलीद्वारा मदन–आश्रित स्मरण: “मदन मेरो नेता, साथी र सहयोद्धा सबै हुनुहुन्थ्यो”

  • ९. एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

  • १०. बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

प्युठानमा कोरोनाबाट जोगिन प्रहरी ‘माइकिङ’ गर्दै


  •   बिहिबार, चैत २०, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान ।केही दिनयता एउटा हातमा अडियो पेलेयर हातमा लियर नेपाल प्रहरी मरन्ठानाका इन्चार्ज टीका बहादुर कुवर बिहान पाँच नबज्दै मोटरसाइकल लिएर गाउँ गाउँमा पुग्ने गर्दछन् ।  सर्वसाधारणलाई लकडाउनका बेला आफ्नो घरमै बसेर आराम घरमै बस्न आग्रह गर्दै हाते माइक समाएर कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि भीडभाड नगर्न आग्रह गर्दै माइकिङ गर्छन् । ‘यो सल्लाह तपाईंहरूकै लागि हो ।’ उनी अघि थप्छन्, ‘लकडाउनका बेला छरछिमेक भेला नहौ घरमै बसौं , नियमित साबुन पानीले हात धौ, सहितका सन्देश लिएर उनि गाउ पुग्छ।
    कोरोना सम्बन्धि सतर्कताका लागि उनले गाउँलेको ध्यान केन्द्रित गर्न माइकिङको सहारा लिए, जसका कारण गाउँलेहरू निकै चाख दिएर उनलाई सुन्ने गर्दछन् । यसरी मरन्ठाना प्रहरी कार्यालय मजुवाले उक क्षेत्रका सबैजसो गाउँ , छिमेकी स्थानीय तहका विभिन्न गाउँहरुमा जनचेतना कार्यक्रम शुरु गरेको छ ।कुवंरले स्थानीय र प्रहरीबीच साथीत्वको भावना जगाउँदै समाज सुधार गर्न खटिने सुरक्षाकर्मीलाई सघाउनुपर्छ भन्ने भावना जागृत गराउन यस कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्नेे बताए ।
    कुनै एक व्यक्तिको लापरवाहीले धेरैको जनधनको क्षति हुने भएकाले माइकिङ मार्फत जनतालाई सूचना दिइ रहेको उनको भनाई छ । ‘विश्वभर ठुला ठुला देशले त नियन्त्रण गर्न नसकेको भाइरस यदि हाम्रो आफ्नै कारण भित्रिन पनि सक्छ त्यस तर्फ सबैको ध्यान केन्द्रित गर्न माइकिङ गर्दै आइरहेका छौं ।’उनले भने।अस्वस्थ बानी व्यबहारले समाजमा पार्ने नकारात्मक असर तथा कोरोना का कारण विपत् आइपर्दा नेपाल प्रहरीको भूमिका र नागरिकले कसरी सहयोग गर्न सक्छन् भन्नेजस्ता विषयमा नेपाल प्रहरीले जनचेतना अभियान शुरु गरेको हो । उक्त कार्यालयले प्युठान नगर पालिका ९ र १० ,झिमरुक गाउँ पालिका, मल्लरानी गाउँपालिका लगायतका विभिन्न स्थानहरु सम्म नेपाल प्रहरीले जनचेतना कार्यक्रम लगेको छ ।प्युठानमा स्थानीय प्रशासनले लकडाउन गरेको आज बिहिवार १० औं दिन भइसकेको छ ।त्यसका साथै राति अबेरसम्म खटिने प्रहरीको टोलीले बजार क्षेत्र र अस्थायी बिटहरुबाट समेत सर्वसाधारणलाई अनावश्यक हिँडडुल गर्न निषेध गर्दै आएको छ ।“जिल्ला प्रशासनबाट जारी भएको निर्णय अनुसार हामी सबैतिर खटिएका छौँ”, उनले भने “लकडाउन उल्लघङ्न गर्नेलाई नियन्त्रणमा समेत लिँदैछौँ ।”प्रहरी कार्यालय प्युठानको मातहत लकडाउन अटेर गर्ने ८ वटा सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ ।जिल्ला प्रहरी कार्यालयले पनि यहाँका विभिन्न क्षेत्रमा सचेतनामूलक कार्यक्रमसहितको माइकिङ गरिरहेको जनाएको छ ।“गस्तीका बेला नियमित माइकिङ गरेर घर बाहिर ननिस्कन भनिरहेका छौं”, जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरिक्षक नरेन्द्र बहादुर कार्कीले भने, “माइकिङका लागि जिङ्गल नै बनाएर गाउँगाउँ गइरहेका छौँ ।”कार्किले जिल्लाभरि ३ भ्यान र २२ वटा युनिटबाट प्रहरीका मोटरसाइकलले नियमित कोरोना सङ्क्रमण नियन्त्रणका लागि जनचेतनामूलक सामग्री पस्केर माइकिङ गरिरहेको बताए।“हरेक दिन बिहानैदेखि प्रहरीले माइकिङलाई पनि निरन्तरता दिएको छ”, उनले भने “अहिलेसम्म जिल्लामा प्रहरीको सकारात्मक हस्तक्षेप नै छ ।” प्युठानमा मात्रै लकडाउन अवधिमा २५० भन्दा बढी नेपाल प्रहरी खटिएको इनिस्पेक्टर तथा सुचना अधिकारी बिष्णु पौडेलले जानकारी दिए।नेपाल प्रहरीले जिल्लाभर मोबाइल गस्ती र बस्तीसम्म पुगेर जनचेतना फैलाउन माइकिङसमेत गरिरहेको उनको भनाई थियो । “सङ्क्रमण नियन्त्रणका लागि आफैँ जोखिममा परेर सुरक्षाकर्मी खटिएर मात्रै हुँदैन”, उनले भने, “यो बेला स्वयं नागरिक पनि जिम्मेवार बन्नुपर्छ ।”उपरीक्षक कार्किका अनुसार कोरोना भाइरससम्बन्धी स्वास्थ्य मन्त्रालयको मापदण्डबमोजिम रोग नियन्त्रणम पालना गर्नुपर्ने नीतिका बारेमा नेपाल प्रहरीमार्फत स्थानीय बासिन्दामा जागरण गराउन नियमित माइकिङ गर्ने काम तीव्ररूपमा अगाडि बढाइएको हो ।प्युठानका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थले स्थानीय बासिन्दाले घरघरमा सुन्ने गरी प्रहरीको मोटर तथा मोटर साइकलबाट माइकिङ गरिएको र लकडाउन प्युठाननिले पुर्णरूपमा पालना गरिरहेको बताए।पन्थले जिल्लाका हरेक स्थान र बस्तिहरुमा अनावश्यक भीडभाड हुँदा सङ्क्रमणको जोखिम बढेकाले सबैलाई होम क्वारेन्टाइनमै बस्न आग्रह गरेका छ्न।

    Advertisement

    बिहिबार, चैत २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल
    बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा
    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा
    लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु
    धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग
    हेटौंडा–ढल्केबर विद्युत् प्रसारण लाइन अघि बढ्यो

    लोकप्रिय

    • १.
      गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई

    • २.
      गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    • ३.
      बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने

    • ४.
      भूमिहीन सुकुम्बासीको बुटवल भेला : ७५ सदस्यीय

    • ५.
      ३ लाख नदिए मलेसिया उड्न नदिने म्यानपावर

    • ६.
      अस्पताल बने, सेवा सुरु भएन

    भर्खरै

    • १.
      ७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

    • २.
      लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

    • ३.
      लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

    • ४.
      प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

    • ५.
      नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

    • ६.
      सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

    • ७.
      लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

    • ८.
      ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation