झापा । झापाको बुद्धशान्ति गाउँपालिका–४ का २६ अव्यवस्थित परिवारले ३६ वर्षपछि जग्गाधनी पुर्जा (लालपुर्जा) पाएका छन्।
जिल्ला भूमि समस्या समाधान समिति झापाले लामो समयदेखि जग्गाको स्वामित्वविहीन अवस्थामा रहेका परिवारलाई लालपुर्जा वितरण गरेको हो।
समितिका अनुसार लालपुर्जा पाउने परिवारहरू २०४७ सालदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आएका थिए। वर्षौँदेखि अव्यवस्थित रूपमा बसोबास गर्दै आएका उनीहरूले अब कानुनी रूपमा जग्गाको स्वामित्व पाएका छन्। समितिले वितरण गरेको जग्गामध्ये केही आवास प्रयोजनका लागि र केही कृषि प्रयोजनका लागि रहेको जनाएको छ।
लालपुर्जा पाएपछि स्थानीयले लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको कानुनी स्वामित्वसमेत प्राप्त गरेका छन्।
सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने नीति अघि सारेको छ। सोही अभियानअन्तर्गत झापामा पनि लालपुर्जा वितरणलाई निरन्तरता दिइएको समितिले जनाएको छ।
३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
Advertisement
तपाईको प्रतिक्रिया