ओमप्रकाश गुप्ता,देउखुरी । लमहीमा रहेको फ्लोरेन्स अस्पतालले अस्पताल प्रवेश गर्ने सेवाग्राहीको तापक्रम मापन गर्न थालिएको छ । कोरोना भाइरसको सम्भावित संक्रमण विरुद्ध लड्न आइतबार देखि तापक्रम मापन र साबुनपानीले हात धुने व्यवस्था मिलाएको छ ।
अस्पतालमा चेकजाँच मात्रै नभए औषधी किन्नको लागि आउने सेवाग्राहीको पनि ज्वरो नाप्ने व्यवस्था मिलाइएको अस्पतालका प्रबन्ध निर्देशक पुष्प भुसालले बताए । उनका अनुसार हेल्थ डेक्समा अस्पतालले ३ जनाको टोली खटिएका छन् । अस्पताल प्रवेशका लागि आउने सेवाग्राहीमा १०० डिग्री सम्म तापक्रम देखिएमा छुट्टै कक्षमा राखेर तापक्रम घटेपछि मात्रै प्रवेश दिइएको एक स्वास्थ्यकर्मीले बताए । यस्तै अस्पतालमा ३ बेर्डको आइसोलेसन वार्ड बनाएको छ । लामो समय देखि फलोअफमा रहेका बिरामीहरुलाई आफुले सेवन गरेको औषधीहरुलाई निरन्तरता दिने र आकस्मिक अवस्थामा बाहेक अन्य अवस्थामा अस्पतालमा नआइदिन अनुरोध गरेको प्रबन्ध निर्देश डा.भुसालले बताए ।
अस्पतालमा अन्य भर्ना भएर बस्नुपर्ने बिरामीसँग एक जना कुरुवा मात्र बसिदिनुहुन अनुरोध गरिएको छ । यस्तै आफुलाई ज्वरो लगायत रुघाखोकी तथा श्वास फेर्न अप्ठ्यारो भएमा घरमा बसेर फोनबाट यस फ्लोरेन्स अस्पतालका तपशिल बमोजिकका चिकित्सकहरु सँग सम्पर्क गर्नुहुन अनुरोध गरेको छ । जसका लागि अस्पतालमा कार्यरत डा.पुष्प भुसाल ९८५७६३१००६ डा. रेगनसिंह थापा ९८६०९३३०५९ डा. अजमेरी खान ९८०५४०७९६६ रहेका छन् ।
फ्लोरेन्समा कोरोना सतर्कता : साबुन पानीले हात धोएर मात्र सेवा प्रदान
फ्लोरेन्समा कोरोना सतर्कता : साबुन पानीले हात धोएर मात्र सेवा प्रदान

Advertisement
तपाईको प्रतिक्रिया