कामना डेली,काठमाडौं।सरकारले भोली अर्थात चैत्र ६ गते बिहिबार देखी सुरु हुने भनिएको माध्यमिक शिक्षा परीक्षा एसईई स्थगित गर्ने निर्णय गरेको छ।रक्षा एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बुधबार अपरान्ह बसेको बैठकले बिहीवारबाट सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।
यसअघि उक्त समितिले मानिसहरूको भिडभाड हुनसक्ने ठाउँहरू पनि अबको डेढ महिना बन्द गर्न निर्देशन दिने निर्णय गरेको छ।”एसईईको हकमा परिस्थितिको गम्भीरता हेरेर भोलिदेखि हुने भनेको परीक्षालाई स्थगन गर्ने र सम्भावित खतराबाट बच्नुपर्छ र बचाउनुपर्छ भनेर हामीले निर्णय गरेका छौँ।”उपप्रधानमन्त्री पोखरेलले भने,अब परीक्षाको अर्को मिति सूचना निकालेर जानकारी गराइने उनले बताए।यस वर्ष करिब ५ लाख भन्दा बढी विद्यार्थीले एसईई परीक्षा दिँदै थिए ।
कोरोनाभाइरस: एसईई परीक्षा स्थगित
कोरोनाभाइरस: एसईई परीक्षा स्थगित

Advertisement
तपाईको प्रतिक्रिया