• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, भदौ ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ८. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ९. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • १०. लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

सोनवागढको ढुङ्गा उठाउन सके भविष्य चम्किने विश्वास


  •   शुक्रबार, फागुन ०२, २०७६ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका–३ भितिरियाको सोनवागढमा रहेको ढुङ्गा उठाउन सके भविष्य चम्किने विश्वास रहिआएको छ । परापुर्वा काल देखि प्रख्यात सोनवागढ मन्दिर भित्र रहेको उक्त ढुङ्गा जो कोहि उठाउन सक्दैन ।
    हेर्दा सानो देखीने गोलो आकारको ढुङ्गा त्यहा पुग्ने बहुत कमैले उठाउन सक्छन । दुरदराजबाट आएका भक्तजानहरु सत्य मनले ढुङ्गा उठाउन सके आफुले चिताएको सबथोक पूरा हुन्छ । यदि मनमा पाप लोभ लालच भए ढुङ्गा उठाउन नसक्ने मन्दीरका पुजारी राम प्रसाद यादवले जानकारी दिनु भयो । शिवराज नगरपालिका चन्द्रौटा बजार देखि झन्डै ६ किलोमिटर उत्तरतर्फको घना जंगलमा रहेको सो सोनवागढ मन्दिरमा राजाले सुनको खजाना लुकाएर राखेको मान्यताअनुसार मन्दिरको नाम सोनवागढ राखिएको हो ।
    सत्य मनले ढुङ्गा उठाए आफ्नो भाकल पूरा हुने भविष्य चम्किने विश्वास रहेको पुजारी यादवले बताउनु भयो । ढुङ्गाको माथिल्लो भागमा बन्चरोले काटेको जस्तो देखिन्छ । भितारिया गाउँका बुढापाका भन्छन एक साडे गोरु खेतमा छरेको अन्नबाली खादा बन्चरोले हन्दा साडे गोरुलाई काटेको थियो ।
    आर्को दिन भितारियाका स्थानीय सोनवागढ मन्दिरमा हेर्दा ढुङ्गामा बन्चरोले काटेको जस्तो देखीएकोले उक्त ढुङ्गा साडे गोरु बनेर खेतमा घाँस चर्न गएको जन विश्वास रहिआएको छ । सोनवागढ क्षेत्रको संरक्षका लागि विभिन्न निकायले पहल गरेका छन । गत वर्ष उत्खनन हुदा गुप्ताकलिन समाग्री फेला परेको थियो ।सोनवागढमा प्राचिनकालका राजाले सुनको खजाना लुकाएर राखेको मान्यता रहेको सो स्थनलाई सोनवागढ भनिएको हो । सोनवागढ क्षेत्रको संरक्षका लागि ‘एरियल फोटोग्राफी’समेत गरिएको छ । आकाशमा ड्रोन उडाएर सोनवागढ क्षेत्रको फोटो खिचिएको हो।सोनवागढलाई संरक्षण र वास्तविकताबारे बुझ्न दुर्हम विश्वविद्यालय बेलायतका डा। मार्क मेनवलले फोटोग्राफी गरेका हुन् । सानो आकारको उपकरणमा क्यामरा जडान गरी तस्बिरखिचिएको हो ।
    जमिनको सतहभन्दा वनावट र स्थलहरूको वास्तविक अवस्था खिचिएको छ। मन्दिरको पश्चिमी क्षेत्रमा रहेको सुकबेल नदीले प्रत्येक वर्ष मन्दिर क्षेत्र कटान गर्दै आए पनि संरक्षण हुन सकेको छैन ।
    मन्दिर परिसरमा ४ वटा अग्ला ढिस्काहरू रहेको र मन्दिरको पश्चिम क्षेत्रमा रहेको ढिस्कोमा केही वर्षपहिले मूर्ति फेला परेको र सोही मूर्तिलाई अहिले मन्दिरभित्र राखिएको छ । मन्दिरभित्र रहेको गोलाकार ढुंगा उचालेमा आफूले आँटेको पुग्ने विश्वास छ ।
    लुम्बिनी विकास कोषले गत वर्षको पुसबाट पहिलो पटक उत्खनन गरेको थियो । सोनवागढबाट गुप्तकालीन इँटाबाट निर्मित भग्नावशेषहरू फेला परेका छन् । सो क्षेत्रमा गुप्तकालीन इतिहासस्वरूप भेटिएका भग्नावशेषहरूको समय यकिन गर्न परीक्षण गरिने भएको छ ।प्रचुर पर्यटकीय सम्भावना बोकेको सोनवागढ मन्दिरमा कोषको पुरातत्व विभागले गत वर्षदेखि नै सोनवागढ मन्दिर क्षेत्रलाई संरक्षण गर्दै आएको छ । हजारौँ वर्ष पुरानो तथा धार्मिक धरोहरका रूपमा रहेको सोनवागढ मन्दिरको वास्तविक इतिहास पत्ता लगाउन उत्खननले सहयोग पु¥याएको छ । उत्खननका क्रममा १३ सय वर्ष पुराना ऐतिहासिक संरचना पाइएको छ ।

    Advertisement

    शुक्रबार, फागुन ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • २.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ३.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ५.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ६.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ७.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • ८.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation