• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, भदौ ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ८. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ९. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • १०. लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

संरक्षणको पर्खाईमा डमरु दह, यस्तो छ धार्मिक मान्यता


  •   सोमबार, माघ १३, २०७६ मा प्रकाशित
  • अराज बेल्बासे,अर्घाखाँची । पर्यटन बर्ष २०२० चलिरहेको छ । देशभरका स्थानियतहहरु पर्यटकिय स्थल प्रचार प्रसारमा ब्यस्त छन । उनिहरु पर्यटक लोभ्याउने गरि योजना बनाउन ब्यस्त छन। अर्घाखाँचीमा पर्यटक रमाउन सक्ने थुप्रै गन्तव्यहरु छन। तर यहाँका सरोकारवाला एवं राजनितिक दलको ध्यान त्यस तर्फ पुगेको छैन ।
    बिभिन्न सभा सम्मेलनमा स्वर्ग बनाउने कुरा नेताहरुले गरिरहन्छन।भाषणमा जितपुरबाट सुरुङ सडक सन्धिखर्क ,सुपादउराली मुनि बगेको सितखाला थुन्ने, सुपादेउराली माथी देशकै अग्लो स्थानमा पुल बन्ने, डमरु दहमा डुङ्गा सरर बिचमा मन्दिर र छेउछाउ बगैचा बन्छ बन्छ भनेको बर्षाै भयो र अहिले पनि मेयर देखि सांसद सम्मका भाषण यहि छन। तर संरक्षण र बिकासमा कुनै सिन्को भाच्ने काम भएको देखिदैन ।
    सुपा देउरालीमा दिनहुँ हजारौ पर्यटक पुग्ने गर्छन। तर सुपा देउराली पुग्ने करिव १ किमि सडक मर्मत नहुदा निकै असहज छ ।यस्को मर्मत संभारमा ध्यान पुगेको छैन । शितगंगा नगरपालिकाको डमरु दह पनि सडकबाटै दैनिक हजारौ यात्रुका नजर पुग्छ।यो दह कौडिको भाउको हिरा जस्तै भएको छ । तालको पानी सुक्न थाले पछि १५ लाख खर्च गरेर लिफ्टबाट पानी तान्ने भन्दै बजेट सकियो तर पानी १ दिन मात्र आयो अनि बन्द छ । “बजेट सक्ने प्रवृतिले गर्दा काम हुन सकेन,’स्थानिय बिराट बेल्वासेले भने, “संरक्षण गरौ भन्ने भावना भए पो काम हुन्छ” ठुलो संभावना भएको ठाउको यो गतिले साह्रै दुख लाग्ने बेलबासेको भनाई छ ।
    स्थानिय ७० बर्षिय उमानन्द अधिकारीले आफु जान्नि हुँदा यो ताल भरि , दक्षिण क्षेत्रबाट पानी बग्ने र स्वच्छ थियो । कमलका फुलहरुले सुन्दरता थप्ने गर्दथे। केहि बर्ष देखि ताल सुक्दै गएको छ। उहा कसैले यसको बिकल्प समेत नखोज्दा दुख लागेको बताउनु हुन्छ । सडक निर्माण गरे संगै नालीको भल तालमा राख्दा हिलो र ढुङ्गाले ताल पुरिदै गएको र देखिन मुल समेत सुकेको बताउनु हुन्छ । नगरपालिकाले बजेट हालेर पानी तान्ने कुरा सुने पनि पानी नआएको बताउदै संरक्षण गरे मुल सुक्न नदिए पानी तान्न नपर्ने अधिकारी बताउनु हुन्छ ।
    यो बर्ष नगरपालिका र प्रदेश सरकारको सवन्वयमा ५० लाखको लागतमा डेण्डर आह्ववान भएको छ जसमा २३ लाखमा टेण्डर परि सकेको छ । बचेको २२ लाखमा बिचमा मन्दिर बनाउने योजना रहेको नगर प्रमुखको भनाइ छ ।दहको संरक्षणको लागि नालीको पानी दह भन्दा बाहिर नफालेमा केहि बर्षमा तालनै सुक्ने स्थानिय भन्छन । करिव १ करोड लगानी लागि सक्दा बाहिरी कुरा ध्यानमा परे पनि दह सुक्नुको मुख्यकारण मानिएको सडक ढल प्रति ध्यान छैन ।डमरु दहको संरक्षणमा वडा नम्बर ३ ले सक्दो प्रयास गरेको वडा अध्यक्ष हेमनाथ भुसालको भनाइ छ ।
    बाहिर देखिने फोहोरहरु सरसफाइ गर्न वडाबाट कर्मचारी खटाए पनि त्यतिले प्रयाप्त नभएको भुसाल सुनाउनुहुन्छ । नगरपालिकाका मेयर शुर्य प्रसाद अधिकारीले डमरु ताललाइ पर्यटकिय स्थल बनाउने बिचमा मन्दिर बनाउने र पार्क बनाउने भन्ने धेरै कार्यक्रममा भने पनि प्रगतिको रुपमा सुन्यकाम छ । सडकको वरिपरिको सडक समेत नगरपालिकाले कालोपत्रे गर्न सकेको छैन ।
    डमरु दहको बारेमा बिभिन्न धार्मिक आस्था रहेको पाइन्छ । प्राचीन कालमा भगवान शिवको ध्यान गर्न नर्तनाञ्चल पर्वत नरपानीमा जाने क्रममा पाइला टेकेको स्थानमा डमरु आकारमा पाइला बनेको भन्ने बिस्वास छ । यस्तै भगवान रामले बनवास जाँदा यहि तालमा पाइला टेकि पानी निकाल्न आरिपानीमा बाणँ हानेको र रामको पाइलाको आकारमा यो ताल बनेका भनिन्छ रामले बाण हानेर पानी निकालेको स्थान आरिपानी समेत यसै नगरपालिमामा रहेको छ आरिपानी बाणगंगा नदिको मुल भएको स्थान समेत हो ।
    यस्तै बिभिन्न धार्मिक पर्वचनमा भनिए अनुसार रावणले ध्यान बस्ने बेला पानीको लागि बाण हानी पानी निकाल्दा बाण बाट खसेको र ताल बनेको भन्ने गरिन्छ रावणल नर्तनाञ्चल पर्वतमा ध्यान बस्दा त्यहा रहेका योगीनी हरु डरले भागेर डमरु दह भन्दा १ किलो मिटर टाडा बसेको कुटी समेत अहिले सम्म रहेको छ हाल त्यो गाँउको नाम समेत जोगिनीकोट रहेको छ । करोडौ सकम स्थानिय तहले खर्च गर्दा लाखौ रकम पर्यटकिय क्षेत्रमा खर्च गर्दा नगरपालिकाको काखैमा रहेको ठुलो सम्भावना बोकेको स्थान नै ओझेलमा पर्दा स्थानिय तहका जनप्रतिनिधीको ध्यान त्यता पुग्न सकेको छैन ।

    Advertisement

    सोमबार, माघ १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • २.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ३.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ५.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ६.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ७.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • ८.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation