टेकबहादुर पुन,दाङ । लमही नगरबिकाश समितिले लमही बसपार्कलाई ब्यबस्थित गर्ने कार्य जारी राखेको छ ।
पहिलेको तुलनामा अहिले बसपार्क फराकिलो तथा ब्यबस्थित देखिन्छ । बसपार्कको मुहार फेर्नका निमित्त लमही नगरबिकाश समितिले बसपार्क एरियालाई पक्कि ढलान समेत गरिसकेको छ । तर, केही अब्यबस्थित रुपमा रहेका ब्यापारिक टहराले भने बसपार्कलाई अब्यबस्थित नै देखाएको छ ।लमही नगरबिकाश समितिका सुचना अधिकारी हरिकृष्ण खनाल भन्छन् अबको केहीदिन मै अब्यबस्थित टहरालाई हटाउने योजना छ ।
पहिले ४१ वटा टहरा थिए, तिनी टहरा हाम्रै स्विकृतिमा बसेका हुन्, अहिले त ६० वटा टहरा पुगेछन् जसले गर्दा नगर बिकाशको झण्डै डेढ कठ्ठा जग्गा अतिक्रमणमा पनि परेको छ खनालले भने । केही टहरा हाईबेको नाला छेउँमै सटेका पनि छन् । जसले गर्दा ब्यबस्थित बन्दै गएको बसपार्कको दृश्य उस्तै देखिन्छ । अब्यबस्थित टहरालाई हटाउन नगर बिकाश समितिले योजना अघि सारेपनि लिखित निर्णय भने गरेको छैन । “हामिले अब्यबस्थित टहरा हटाउन भन्दै मौखिक अनुरोध गरेका छौं, तिनिहरुको ब्यबस्थापन कहाँ गर्ने भनेर अन्योल पनि छ सुचना अधिकारी खनालले भने-सर्बदलिय सर्बपक्षिय बैठक बोलाउने तयारी छ, छलफलबाटै यसको निचोड निस्कन्छ ।” यता अब्यबस्थित टहरा भनिएका ब्यबसायीले भने हामी पहिले देखि गर्दै अाएको ब्यापार छोड्न नसक्ने बताउँछन् । “हाम्रो रोजीरोटी यही टहराबाट हुन्छ, बसपार्क ब्यबस्थापनको नाममा हाम्रो पेटमा लात हान्ने काम हुँदैछ एक ब्यापारीले भने-यहाँ अब्यबस्थित भए हामिलाई अन्यत्र ब्यबस्थापन गरियोस्, हाम्रो रोजीरोटि नखोसिवस् ।” अब्यबस्थित भनिएका टहरा हरु १९ वटा रहेका छन् ।