अनिल खत्री, गुल्मी । गुल्मीको रुरु स्थित रिडीमा मागे सक्रान्ती मेलाको अबसरमा श्रद्धालु भत्तजनको घुँइचो लागेको छ । गुल्मी, पाल्पा र स्याङ्गजाको संगमस्थल रुरु गाउँपालिकाको रिडीमा माघे सक्रान्तीको अबसरमा रिडी स्थित कालीगण्डकी नदिमा नुहाउने तथा मेला अबलोकन गर्नेहरुको बिहानै देखि घुँइचो लागेको छ ।
माघे सक्रान्ति देखि तीनदिन सम्म कालीगण्डकीमा स्नान गरेर हृषीकेश मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्तहुने हिन्दु धर्मावलम्बीहरुको विश्वास छ । हिन्दु धर्ममा विश्वास राख्नेहरुको बिहानैदेखि रिडीमा जमघट भएको हो । चार धाममध्यको प्रशिद्ध धार्मिक स्थल रुरु (रिडी) मा माघे सक्रान्ति मेला सुरू भएसँगै नुहाउने भीडभाड लाग्ने गर्दछ । माघे सक्रान्तिमा रिडी गएर ननुहाएमा मनोकांक्षहरु पुराहुनेसँगै सन्तोष नहुने भक्तजनहरुको भनाई रहेको छ ।
गुल्मी, पाल्पा र स्याङ्जाजिल्लाको संगम स्थल रिडीमा माघे सक्रान्तिको अवसरमा स्नानगर्नाले देव ऋण, पितृ ऋण तिरिने धार्मिक विश्वास छ । भुल गरेर गरेका पाप नष्टसँगै मन शान्तिकालागि रिडी मेलामा आउने भक्तजनको भनाई रहेको छ । यस क्षेत्रमाप्राचिन समयमा देबदत्तऋषिले तपस्या गरेको धार्मिक मान्यता छ । रुरु क्षेत्र धार्मिक, पौराणिक, ऐतीहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिन्छ । रुरु क्षेत्रको हृषीकेश मन्दीरमा नेपालकै सबै भन्दा ठुलो भगवानको मुर्तीपनि रहेको छ ।
दोश्रो रुरु महोत्सव सुरु
तिन जिल्लाको संगमस्थल ऐतिहासिक क्षेत्र धाम गुल्मीको रुरु स्थित रिडीमा १४ वर्ष पछि दोश्रो रुरु महोत्सव सुर भएको छ । ०६२ सालमा पहिलो महोत्सव आयोजना गरिएको थियो । तर बिभिन्न कारणले महोतसव गरिएको थिएन् ।
रुरु क्षेत्र गाउँपालिकाको वडा नम्बर १ मा गुल्मी उद्योग बाणिज्य संघ रिडी शाखाको आयोजनामा यहि पौष २९ गतेबाट माघ ९ गतेसम्म रुरु महोत्सव सुरु भएको हो । महोत्सवको मंलवार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गरेका थिए । रुरु क्षेत्रको धार्मिक, ऐतिहासिक, पर्यटकीय क्षेत्रको प्रचारप्रसारसँगै नेपाल भ्रमण वर्ष र त्यसको प्रभावमा ल्याउनको निम्ति रिडीमा महोत्सव हुने भएको छ । महोत्सवको आयोजना गुल्मी उद्योग वाणिज्य संघको रिडी शाखा तथा रुरु फ्रेन्डस क्लबले संयुक्त रुपमा अयोजना गरेका छन् ।
महोत्सवको माध्यमबाट रिडीमा झण्डै २ लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष राखिएको छ । महोत्सवबाट संकलन हुने रकमले रिडीक्षेत्रको बृहतर बिकासका लागि खर्च गर्ने र आउदा बर्षहरुमा गरिने महोत्सबका लागि कोष खडा गरिने सुवर्णलाल कक्षपतिले जानकारी दिए ।
रुरु महोत्सवमा विशेषगरि कम्मल, काम्ला, राडी पाखी, वाँस तथा चोयावाट निर्मित सामग्रिहरु, ओखरका घाँजी लगायतका वस्तुको राम्रो व्यापार हुने गर्दछ । व्यापार तथा धार्मिक पर्यटनका लागि व्यपारिहरु रुकुम रोल्पालगायतका ठाउँवाट रिडी आउने गर्दछन् । मेलामा बिबिध साँस्कृतिक कार्यक्रम समेत राखिएको छ । मेलामा घरेलु उत्पादीत सामग्री, कृषिउपज वस्तुहरुलाई प्रर्दशनीमा राखिदै आएको छ । रिडीमा लागेको मेलासँगै बिभिन्न सामाग्री बिक्रीका लागि २ सय ५० वटा स्टल राखिएको छ ।
सांस्कृतिक कार्यक्रम बाहेक मतकुवा, वाल उड्यन, पिङ्ग,कालि गण्डकीमा ¥याफ्टिङ्ग, कृषि मेला प्रर्दशनि, स्थानिय तिन जिल्लाका बिभिन्न संस्कृति झल्कने नाच गान तथा स्थानिय भेसभुसा झल्कने नाच सगै बिभिन्न जातिले तयार पारेका परिकारहरु पनि मेलामा राखिउको छ ।
मन्दिर तथा मेला व्यवस्थापन समितिले दर्शन पछि टाढा बाट आउने दर्शनाथी को लागि निशुल्क खानपानको ब्याबस्था मिलाएको छ । ऐतिहासिक क्षेत्र रिडीमा माघे सक्रान्ती सगै एकादसी, साउने सक्रान्ती, असारे एकादसी, भदौरे कृष्ण अष्ठमी, कार्तिक ठुला एकादसी लगायतका पर्वहरुमा मेला तथा यस क्षेत्रमा नुहाउने तथा पुजा आजा गर्ने प्रचलन छ ।
माघे सक्रान्तिको अबसरमा सेतीबेनी,रुद्राबेणी, लेक पोखरा छापहिले, छल्दी लगयतका स्थानमा पनि मेला लाग्ने गर्दछ ।
रिडीमा माघे सक्रान्ती मेलाको रौनक, श्रद्धालुहरुको घुँईचो
रिडीमा माघे सक्रान्ती मेलाको रौनक, श्रद्धालुहरुको घुँईचो
Advertisement
तपाईको प्रतिक्रिया