• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ३. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ४. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ७. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • १०. लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

आज माघी पर्व, विशेष हर्सोल्लासका साथ मनाइदै


  •   बुधबार, माघ ०१, २०७६ मा प्रकाशित
  • काठमाडाैं । प्रत्येक वर्ष माघ महिनाको १ गते माघे सङ्क्रान्ति मनाइन्छ । माघ १ गतेबाट नै सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यसलाई मकर सङ्क्रान्ति पनि भनिन्छ ।

    Advertisement

    सामान्यतया सूर्यले १२ वटा राशिलाई नै प्रभाव पार्ने भए पनि कर्कट र मकर राशिमा सूर्य प्रस्थान गर्ने दिनलाई चाहिँ विशेष मानिन्छ । साउन १ गतेका दिन सूर्य कर्कट राशिमा प्रवेश गर्दछ । यस दिनबाट नै सूर्य दक्षिणी गोलार्धतिर लाग्ने भएकाले यसबेलादेखि दक्षिणायन सुरु हुन्छ । यस दिन लुतो फाल्ने, कण्डारक पूजा गर्ने आदि विभिन्न संस्कृतिहरु छन् ।

    यही सूर्य नै माघ १ गतेबाट मकर राशिमा प्रवेश गरेसँगै उत्तरायण सुरु हुन्छ । योगी तथा सन्यासीहरु उत्तरायणको समयमा नै शरीर त्याग्न चाहन्छन् ।महाभारतका प्रसिद्ध पात्र भीष्म पितामहले पनि यही समयमा प्राण त्यागेका थिए ।

    यसै दिनदेखि नै दिन लामो र रात छोटो हुँदै जाने गर्दछ । तर आज भोलि भने पुष ७ गतेबाट नै दिन लामो र रात छोटो हुन सुरु हुन्छ । विभिन्न भाषाभाषी र समुदायले यस पर्वलाई मनाउने भएकाले आफ्नै सङ्स्कृतिअनुसार यस पर्वको नामहरु पनि फरक–फरक छन् । नाम फरक भए पनि यस पर्वलाई अधिकांश नेपाली समुदायले विशेष पर्वको रुपमा मान्दछन् ।

    माघे सङ्क्रान्ति पर्व नेपालभरका विभिन्न नदी, तलाउ, त्रिवेणीमा गइ स्नान गरी पूजाआजाका साथ तिलको लड्डु, घिउ, चाकु, तरुल आदि खाएर मनाइन्छ । यस दिन कपडा, घिउ, चाकु, तरुल, तिलको लड्डु, सागपात आदि दान गरेमा विशेष पुण्य पाइने र खाएमा निरोगी भइने विश्वास रहेको छ ।

    शिशिर ऋतु सुरु गराउने यस पर्वमा घिउ, चाकु, तिल तथा खिचडी खानाले शरीरमा गर्मीकाे मात्रा बढेर तागत दिनुका साथै मास हालेर पकाइएको तेल शरीरमा घस्दा छालासम्बन्धी सबै रोग नाश हुने विश्वास छ ।

    वैज्ञानिक हिसाबले हेर्ने हो भने पनि मानिसको शरीरको लागि चाहिने पोषक तत्वहरुलाई यस दिन नै खानु भन्नाले यस पर्वले मानिसको स्वास्थ्यलाई बलियो बनाउन खोजेको हुनाले यसको सन्देश सकारात्मक नै देखिन्छ ।

    जातियता, सांस्कृतिक तथा भूगोलको आधारमा नेपालमा विभिन्न विविधता रहेको भए पनि यो पर्वलाई सबैले भिन्न–भिन्न तरिकाले मनाउँछन् । यस पर्वलाई थारु समुदायले माघी पर्व भनेर मनाउँछन् र यसलाई नयाँ वर्षको रुपमा पनि मनाउँछन् ।

    मगर समुदायले यस पर्वलाई माघ्या/सेल्ह्रेस भन्दछन् । यसरी नेपालभर छरिएर बसेका राई, मगर, लिम्बु,नेवार, गुरुङ, ब्रह्मण, क्षेत्री, मधेसी आदि सबैले आफ्नै परम्परा र भिन्न–भिन्न तरिकाले यस पर्वलाई मनाउँछन् ।

    काठमाडाैंका पुरानाे समुदाय अर्थात् नेवारहरुले पनि यस पर्वलाई घ्यूचाकु/सल्हुको रुपमा मनाउँछन् । यस दिन नेवारहरु चाकुमा तिल मिसाएर बनाएको लड्डु दान गरेर आफू पनि खाने गर्दछन् । घरका सबैले बिहानै नुहाइधुवाइ गरेर देवी देवताहरुको पूजा गर्ने गर्दछन् ।

    यस दिन भक्तपुरमा तिलमाधव नारायणको मेला लाग्छ । यस दिन तिलमाधवको मूर्तिमा घिउ र तिल लगाइन्छ र चार दिनपछि यसैलाई प्रसादको रुपमा बाँडिन्छ । काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा पनि यस समयमा भव्य मेला लाग्छ ।

    नेपालको पूर्वी जिल्ला इलामको माइबेनीमा माघे सङ्क्रान्तिका दिन विशेष मेला लाग्दछ । यस मेलामा चीन तथा भारतबाट समेत मेला हेर्न मानिसहरु आउने गर्दछन् । यस मेलामा धान नाच, चण्डी नाच, बालन, सङ्गिनी, मारुनीजस्ता परम्परागत नाचहरु हेर्न पाइन्छ ।

    यसै गरी झापाको कन्काइ नदीमा यो मेला भव्य हुने गर्दछ । यहाँ पनि नेपालीमात्र नभइ भारतका सिलिगुडी, दार्जिलिङ, सिक्किमलगायतका क्षेत्रका मानिसहरु आइ कन्काइ नदीमा नुहाइ, पूजाआजा गर्ने, परेवा उडाउने र बत्ती बाली भाकल गर्ने गर्दछन् ।

    सुनसरीको प्रसिद्ध तीर्थस्थल बराह क्षेत्रमा पनि माघे सङ्क्रान्तिका दिन असङ्ख्य भक्तजनहरुको आगमन हुन्छ । कोशी नदीमा नुहाएर भगवान बराहको दर्शन गरेमा मोक्ष मिल्ने मान्यता छ ।

    पूर्वी तराईमा बसोबास गर्ने मैथिली समुदायले माघे सङ्क्रान्तिलाई तिला सङ्क्रान्तिको रुपमा मनाउँछन् । यस दिन घरका अग्रजहरुले आफ्ना सन्ततीलाई सख्खर, तिल, भुजाको लड्डु आदि खुवाइ बुढेसकालमा सेवा गर्नुपर्ने वचन लिन्छन् । यसदिन खिचडी, तिल, भुजा तथा चिउराको लड्डु आदि परिकार बनाएर घरका देवी देवता तथा मन्दिरमा गइ भगवतीलाई चढाइन्छ । घरलाई पनि यस दिन विशेष सिङ्गार्ने चलन छ ।

    नुवाकोट जिल्लाको तारुकामा माघे सड्ड्क्रान्तिका दिन गोरु जुधाइ मेलाको आयोजना हुने गर्छ । प्रत्येक वर्षको माघे सङ्क्रान्तिका दिन लाग्ने यस मेलामा टाढा–टाढाबाट मानिस आउँछन् । यस मेलाले नुवाकोटको इतिहासलाई जीवन्त राख्न मद्दत गरेको छ ।

    नेपालका दैलेखलगायतका पश्चिमी जिल्लाहरुमा यस पर्वलाई पूर्वी जिल्लाहरुमा भन्दा फरक किसिमले मनाइन्छ । पश्चिमी क्षेत्रमा माघी पर्वलाई चेलीत्यार भन

    बुधबार, माघ ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ३.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ४.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन

    भर्खरै

    • १.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ३.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • ४.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • ५.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ६.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ७.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ८.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation