कपिलवस्तु । कपिलवस्तुको पकडीमा रहेको ईलाका प्रहरी कार्यालयको सवारी साधन बिग्रेको ६ महिना बित्यो। प्रहरी चढ्ने उक्त गाडी बेला बेलामा मर्मत पनि गरिन्छ,र गुड्छ पनि तर बारम्बार बिग्रीरहने समस्याले सताउनु सताईरहन्छ।
प्रहरीले लामो समय देखि प्रयोग गर्दै आएको बा १ झ ८०९९ नंम्बरको उक्त गाडी नधकेली कहिल्यै स्टार्ट हुन्न । बिग्रेको गाडीले प्रहरीलाई गस्ती गर्न समेत समस्या परेको छ । मर्मत सम्भार गरी जसो तसो चले पनि बिग्रिएको गाडीले कति बेला कहाँ धोका दिने हो भन्ने पीरलोले सताउछ चालकलाइ । कतै जानपर्दा चालक मात्रै भएर हुन्न। धकेल्ने जनशक्ति पनि चाहिन्छ । सवारी साधन विग्रीएपछि शान्ति सुरक्षा दिन कठिनाई भएको प्रहरी निरिक्षक गणेश सुबेदीले बताए । गाडी धकेलेर मात्रै स्टार्ट हुँने हुँदा घटनास्थलमा आउन जान समेत समस्या भएको सुबेदी बताउँछन् । ‘सुरक्षा निकायकै सवारी साधन बिग्रदा अरुको सुरक्षा कसरी गर्ने ?’ उनले भने । तत्काल प्रहरी पुग्नुपर्ने ठाउँमा समेत गाडीकै समस्याले प्रहरी ढिलो पुगेको उनको भनाई छ । पुरानो इन्जीन भएकाले मर्मत सम्भर गर्दा समेत ठीक नभएपछि प्रदेश प्रहरी कार्यालयमा जानकारी गराएको प्रहरीले बताउछन् । गाडीको समस्याले प्रहरीलाई उद्दार तथा सुरक्षा दिन कठिनाई भइरहेको सुबेदीले बताए ।