• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ७. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ८. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ९. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • १०. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

प्युठानमा कहाँ कहाँ हुँदैछ माघे सक्रान्ती मेला ?


  •   सोमबार, पुष २८, २०७६ मा प्रकाशित
  • सलिम अन्सारी, प्युठान । बिगतका बर्ष झै जिल्लाका मगर समुदायले यसपटक पनि माघी पर्व धुमधामले मनाउने तयारी गरेका छन् । यहाका विभिन्न धार्मिक एवं पर्यटकीय स्थलहरुमा मंगलबार अर्थात भोली माघे सक्रान्ति मेला समेत लाग्दैछ । मगर बाहुल्य गाउँमा सांस्कृतिक र खेलकुद प्रतियोगिता गरिदैँ छन । माघिमा मगर समुदायका परम्परागत खाना र रहनसहनसमेत प्रदर्शन गरिने योजना छ । यस पटक विभिन्न स्थानमा माघी विशेष सांस्कृतिक कार्यक्रम संचालन हुने भएका छन । स्थानिय कला भाषा र लोपउन्मुख संस्कृतीको जगेर्नाका साथै पर्यट्न बिकासका लागि मेलाको आयोजना गरिएको आयोजकले जानकारी दिएका छ्न् ।

    Advertisement

    प्रदेश ५ कै उत्कृष्ट्र पर्यटकिय गन्तव्य स्वर्गद्धारी सहित  झिमरुक नदिको उद्गम स्थल गौमुखी, झिमरुक नदि र माण्डवी नदिको संगम स्थल ऐरावती, तिरामको किमिचौर दह, मरण्ठानाको बुलवुल मुल बाइसधारा लगायत स्थलहरुमा भव्य मेला लाग्दैछन् । यहाँ श्रदालुहरुको बाक्लो चहलपहल हुने गरेको छ। पुस मसन्ता देखि यहाँ मेला शुरु हुन्छ । माघ महिनाको पहिलो दिन यी स्थानहरुमा स्नान गरेमा वर्षभरी जानेर वा अन्जानमा भएका गल्ती पखालिन्छ भन्ने धार्मिक बिश्वास छ । माघे सक्रान्तिको दिन खिचडी खाने, विभिन्न प्रकारका तरुल र रोटीहरु खाने चलन छ ।

    माघे सक्रान्तिकै अवसर पारेर स्वर्गद्धारीमा यश बर्ष पनि खिचडि मेला आयोजना गरिएको छ। झिमरुक नदि र माण्डवी नदिको संगम स्थल ऐरावतीमा पनि नुहाउनेहरुको निकै घुइचो लाग्छ । तिर्थ गर्नेहरु यहाँ पुग्छन। राप्ती नदि बन्ने यस स्थानमा नुहाउनका लागि प्युठान सहित दाङ, अर्घाखाँची, गुल्मी, कपिलबस्तु लगायत छिमेकी राष्ट्र भारतबाट समेत दर्शनार्थी आउने क्रम शुरु भएको छ ।गौमुखी र ऐरावतीमा श्रदालुहरुले नुहाए पुर्णयलाभ हुने,सन्तान प्राप्ती हुने र मनले चिताएको कुरा पुग्ने धार्मिक बिश्वास छ।भालुवाङ्ग–प्यूठान सडक सडक खण्डमा पर्ने बड्डाडाँ बजारदेखि करिव १८ किलोमिटर कच्चि सडक पार गरि माण्डवी नदीमाथि बनेको झोलुंगे पुल तरिसकेपछि ऐरावती पुग्न सकिन्छ । पुसको अन्तिम दिन राती स्थानीय सोरठी नाँच, लोक गीत, भजन क्रितन कार्यक्रम गरी माघे संक्रान्तिको दिन दोभानमा नुहाउने गरिएको छ । यसपटक यहाँ सांस्कृतिक कार्यक्रम समेत राखिएको छ।
    गौमुखिमा माघिको विहानै गाईको मुख जस्तो आकारबाट छङछङ बग्ने चिसो पानीमा नुहाउनेहरुको भीड लाग्छ । दर्शनार्थीहरुलाई प्रसाद वितरण र भजन सहित स्थानीय लोक सास्कृतिक प्रदर्शनी कार्यक्रम समेत गरिएको छ । गौमुखी पुग्नका लागि अर्खासम्म कच्चि मोटरबाटो पुगेकाले दर्शनार्थीको बढ्ने स्थानीयले बताएका छन् । यसै गरी प्युठानको सरुमारानी ६ को तिराम स्थित किमिचौर गाउँमा रहेको किमिचौर दहमा पनि मेला लागने त्यहाँका स्थानीयबासीहरुले जनाएका छन् ।

    त्यस्तै माघ १ गतेका दिन नौबहिनी–६ बाहाने बजारमा कला सस्कृति प्रदर्शन सहित सास्कृतिक कार्यक्रम तथा प्रतियोगिता, प्यूठान नगरपालिका–४ खेलकुद मैदानमा आदिवासी जनजातिहरुको कला सस्कृति प्रदर्शनी,प्यूठान नगरपालिका–८ मानागाउँ,बाईसधारा मरन्ठानामा विभिन्न प्रतियोगिता सहित माघे सक्रान्ती मेला लाग्ने आयोजकहरुले बताएका छन।त्यस्तै सरुमारानी ४ स्थित रानिकुवा योग तथा शान्तिपार्क गढिमा पहिलोपटक माघी मेला आयोजना गरिएको छ। मगर जातिको राष्टीय पर्व भएकाले परम्परागत रितिरिवाज,चालचलन,संस्कार एवं संस्कृती र मौलिकताको संरक्षण एवं संवर्द्धनका लागि वडा कार्यालयको आर्थिक सहयोगमा पहिलोपट्क रानिकुवा महोत्सव माघेसक्रान्ती मेला गर्न लागिएको नेपाल मगर संघ वडा समितीका अध्यक्ष कबिराम सोमैले बताए।

    सोमबार, पुष २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन

    भर्खरै

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ६.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ७.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ८.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation