• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

लोकप्रिय समाचार

  • १. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • २. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • ३. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ४. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ५. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • ६. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ७. आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

  • ८. कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको अनुगमन

  • ९. सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

  • १०. नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

जनप्रतिनिधीले नै देवरसंग जबजस्ती बिहे गराईदिएपछि रविना एक्लिईन


  •   शनिबार, पुष २६, २०७६ मा प्रकाशित
  • सागर रिजाल,प्युठान। प्युठानको मल्लरानी गाउँपालिका –१ सोलिथुङमा छिमेकी र स्थानीय जनप्रतिनिधीले देवर भाउजुको जबरजस्ती दोस्रो विवाह गराईदिएका छन् । स्थानिय रविना पुन मगरलाई गत पुस ३ गते आफ्नै नाताले देवर पर्ने लुकेन्द्र पुन मगरसंग उनिहरुले विवाह गराईदिएका हुन् । रविनाको घरमा बसेर नास्ता खादै गरेका देवर भाउजुलाई विना कारण अबैध सम्बन्ध रहेको आरोपमा उनीहरुको विवाह गराईएको हो ।
    बिदेश जान लागेका लुकेन्द्र २ गते साझ भाउजु कहाँ झोला लिन पुगेका थिए। उनिहरु भित्र रहेको मौका छोपेर जंगल जाँदै गरेका छिमेकी नाताले जेठाजु पर्ने सन्त बहादुर पुनले बाहिरबाट ताल्चा ठोकिदिए। रबिना र लुकेन्द्रले सोहि घरमा रात काट्न पर्ने बाध्यता आईपर्यो । विहान उज्यालो भएपछि छिमेकी र वडा अध्यक्ष चिन्ताबहादुर राहुँ, वडा सदस्य कमल पौडेल,देवकुमारी पुनले जबरजस्ती कागजमा हस्ताक्षर गर्न लगाई विवाह गरिदिएको रविनाले बताईन् ।’घरमा पाहुना पर्न आएका देवर र आफुलाई थुनेर जनप्रतिनिधी र छिमेकीले बिहे गराईदिए’ रबिनाले भनिन,’ मलाई त कागज पढ्न समेत दिएन्न।’ १३ वर्षिय छोरा र ९ वर्षिय छोरीसंगै देवर र आफुलाई घर भित्रै थुनिएको रविनाले बताईन् । ‘हाम्रो कुनै गल्ती छैन थिएन’ रबिना भन्छिन।
    बिबाह भयो तर, जबजस्त। त्यसपछी रविना लुकेन्द्रको घरमा गईन। तर, उनी त्यहाँ बसिनन। भागेर माईत गईन् । उनको श्रीमान भारतमा थिए। त्यसैले श्रीमान नआउन्जेल माईतिकै घरमा बस्ने उनले निधो गरिन। समाजले झुटो आरोपमा परिबन्धमा पारेको कुरा श्रीमानले पनि बुझिदेलान भन्ने आश उनमा थियो। तर श्रीमान घरमा आईसकेपछि रबिनाले सोचे जस्तो भएन। श्रीमानले आफनै भाईको घरमा लगेर समाजले राखिदिएको खबर पाएपछि श्रीमतीलाई स्वीकार गरेनन् । रविना आफ्नो छोराछोरी सहित अहिले माईतीघरमा बस्दै आएकी छिन् ।

    Advertisement

    जनप्रतिनिधीबाटनै गैह्रकानुनी कार्य

    अहिले रविनालाई समाजले एक्लो बनाएको छ । जनप्रतिनिधीबाटै नै दोस्रो विवाह गराईदिएपछि उनलाई श्रीमान र समाजले एक्लो बनाएका हुन् । कानुनमै दोस्रोे बिवाह गर्ने पाईदैन भने पनि वडा मार्फत भने बहुबिवाहको सिफारिस समेत दिईएको स्थानिय नारायणप्रसाद भट्टराईले जानकारी दिए । वडाले अर्काको श्रीमती बिहे गरेको भन्दै देवर नाता पर्ने लुकेन्द्रलाई ३५ हजार जरिवाना तिराएको छ । महिलालाई आफुसंग भएको सम्पति श्रीमानको नाममा गराउनुपर्ने , सम्बन्ध विच्छेद गरिदिनुपर्ने जस्ता निर्णयहरु वडामार्फत भएको छ । उनको पक्षमा वकालत गर्ने र उनलाई न्याय दिलाउनको लागि कोही छैनन् ।

    वडाले नामसारीको निवेदन दियो

    वडा कार्यालयले रविनाको दोस्रो विवाह भई अन्यत्र गएको भन्दै रविनाको नाममा रहेको साविक चुजाँ गाविस ४ मा रहेको किता नं ३५८,३६१,३६२,३८२ र ३९४ का जग्गा श्रीमान लोकबहादुर पुनलाई नामसारी गरिदिन भन्दै गत पुस १७ गते मालपोत कार्यालयलाई निवेदन दिएको छ । निवेदनमा उक्त जग्गा रविनाले कुनै दाईजो,पेवा, बकसपत्रबाट नलिई श्रीमानको आयआर्जनबाट किनेको जग्गा भनि उल्लेख गरिएको छ । कानुनत दोस्रो विवाह गर्न पाईदैन् । तर वडा कार्यालयले श्रीमतीले दोस्रो विवाह गरेको भन्दै जग्गा श्रीमानलाई सिफारिस गरिदिनुस भन्नु नियमकानुन विपरित भएको स्थानिय ईमानसिंह भारतीले बताए ।

    न्याय माग्दै प्रहरीमा निवेदन

    रबिनाले स्थानिय र जनप्रतिनिधीले गरेको निर्णय स्वीकारेकी छैन्न। रविना आफु र देवर बिच कुनै सम्बन्ध नभएकाले उनिहरुले लगाएको आरोप झुठो भएको बताउदै आएकी छिन। साथै आफनो गल्ती भए कानुन अनुसार कार्वाही भोग्न तयार रहेको उनी बताउछिन् । उनले आफुले कुनै गल्ती नगरेको भन्दै वडाकार्यालयले जग्गा नामसारीका लागि दिएको निवेदन सहित जिल्ला प्रहरी कार्यालय प्युठानमा निवेदन दर्ता गराएकी छिन् । ‘म अन्यायमा परेकी छु’ रबिनाले भनिन,’ न्याय दिलाईदिन प्रहरीमा पनि निबेदन दिएकी छु ।’ श्रीमानले छोडपत्र र जग्गा आफ्नो नाममा दिन भनेपनि आफुले नदिने बताईन् ।वडा अध्यक्ष चिन्ता बहादुर राहुमगरले श्रीमतिले देवर संग बिवाह गरेका कारण उसको नाममा भएको सम्पत्ति आफनो नाममा हुनुपर्ने निबेदन वडामा दिएका कारण सम्पत्ति नामसारीको सिफारीस वडाबाट दिएको बताए ।’निबेदनको आधारमा जग्गा नामसारीका लागि सिफारिस दिइएका हौँ’ उनले भने। अघिल्लो दिन भएको घट्ना आफुले अर्को दिन विहान मात्र चाल पाएको बताउदै उनले आफुले देवर भाउजू बिच विवाह गराई दिएको भन्ने कुरा झुठो भएको सुनाए । छिमेकीले पहिले देखि नै उनिहरु बिचमा सम्बन्ध रहेको भन्दै देवरको घरमा राखिदिएको उनले बताए ।

    शनिबार, पुष २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा
    सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा
    सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति
    पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना
    जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै
    कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    लोकप्रिय

    • १.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • २.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • ३.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ४.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ५.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ६.
      राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

    भर्खरै

    • १.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    • २.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • ३.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • ४.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ५.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    • ६.
      स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

    • ७.
      मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

    • ८.
      पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...