• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ३. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ९. ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

नेपाल भ्रमण वर्ष : यी हुन प्रदेश ५ का प्रमुख पर्यटकीय स्थलहरु


  •   बिहिबार, पुष १७, २०७६ मा प्रकाशित
  • कामना डेली, बुट्वल। २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित बुधबारदेखि नेपाल भ्रमण वर्ष २०२० को औपचारिक सुरुवार भएको छ । काठमाण्डौको दशरथ रंगशालामा भ्रमण वर्षको उद्घाटन भव्य रुपमा गरियो । सातवटै प्रदेशमा पनि विशेष कार्यक्रमका साथ भ्रमण वर्षको उद्घाटन गरिए। नेपाल भ्रमण वर्षलाई सफल बनाउन सबै प्रदेशले आ-आफ्नै ढंगले तयारी गरिरहेका छन् भने सबै प्रदेशका पर्यटकीय गन्तव्यको पनि पहिचान भैसकेको छ ।प्रदेश ५ को बर्दियाको पर्यटन गन्तव्य ठाकुरद्धाराबाट भम्रण बर्षको आरम्भ गरिएको छ। प्रदेश ५ का मुख्यमन्त्री शंकर प्रसाद पोख्रेलले भ्रमण बर्षको आरम्भ गरेका हुन। बुट्वलमा खाना महोत्सव संचालन गरिएको छ। अन्य जिल्लामा पनि पर्यटक लोभ्याउने खालका गतिबिधी हुन थालेका छन।

    Advertisement

    लुम्बिनी :-
    विश्व सम्पदा सूचीमा सूचीकृत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी रुपन्देही जिल्लामा पर्दछ । लुम्बिनी बौद्ध धर्मालम्बीहरुको पावन र तपोभूमि हो । झण्डै २५६२ वर्ष अगाडि जन्मिएका गौतम बुद्धलाई ‘द लाइट अफ एसिया’ बाट समेत चिनिन्छ ।लुम्बिनीमा विभिन्न देशका कला संस्कृति झल्कने खालका गुम्बाहरु समेत रहेका छन । मायादेवी मन्दिर प्रमुख आकर्षणको केन्द्रबिन्दु हो । लुम्बिनी बौद्ध धर्मालम्बीहरु मात्रै होइन, हिन्दूहरुले समेत आस्थाको केन्द्रको रुपमा सम्मान गर्ने पवित्र भूमि हो ।

    रानीमहल :
    लोभलाग्दा पाखापखेरा तथा छहराहरुको बीचमा रहेको पाल्पाको रानीमहल अर्को पर्यटकीय आकर्षणको केन्द्र हो । नेपालको ताजमहलको रुपमा चिनिने रानीमहल कालीगण्डकी नदीको उत्तरतर्फको मोडमा विशाल चट्टानमाथि पश्चिमी कला शैलीमा निर्माण भएको छ ।जनरल खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा रानीमहलको निर्माण गरेका हुन् । वि.सं. १९५० सालमा शिलान्यास भइ चार वर्ष लगाएर यसको निर्माण सम्पन्न भएको हो ।

    स्वर्गद्वारी :

    प्यूठान जिल्लाको सदरमुकाम खलंगाबाट २६ किलोमिटर पश्चिममा रहेको स्वर्गद्वारी पाँच नम्बर प्रदेशकै प्रसिद्ध धार्मिक स्थल हो । यसलाई नेपालका प्राचिन मन्दिरहरुमध्ये एउटा मानिन्छ । समुद्री सतहबाट ७ हजार फिट उचाईंमा रहेको यसको क्षेत्रफल २६ सय रोपनी रहेको छ।पौराणिक कालमा पाण्डवहरु स्वर्ग जाँदा त्यही बाटो भएर गएको द्वार भएकाले स्वर्गद्वारी नाम रहेको जनविश्वास रहेको छ । रोल्पाको घुम्तीमा वि. सं १११६ मा जन्मिएका १०८ बाल तपस्वी नारायण गौतम ११५१ मा स्वर्गद्वारी आएपछि वेदका मन्त्रद्वारा अग्निप्रज्वलित गरी ११५२ वैशाख पूर्णिमादेखि अखण्ड महायज्ञ सुरु भएको थियो । विश्व शान्तिका लागि सञ्चालित अखण्ड यज्ञ अहिले पनि निरन्तर बलिरहेको छ ।

    बर्दिया ठाकुरद्वारा :
    जंगली जनावरको अवलोकन र सिमसार क्षेत्रको भ्रमण तथा अवलोकनका लागि महत्वपूर्ण गन्तव्यका लागि बर्दियाको ठाकुरद्वारा प्रमुख स्थल हो । बर्दिया राष्ट्रिय निकुञ्जले गर्दा यो पर्यटकीय गन्तव्य बनेको छ । ठाकुरद्वारामा दुर्लभ मानिएको पाटे बाघका साथै अन्य जनावर समेत पाइने गर्दछन् । स्वदेशी तथा विदेशी पाहुनाहरुका लागि घुमफिर गर्न ठाकुरद्वारा आकर्षक गन्तव्य हो ।

    रिहार :
    दाङ जिल्लाको सबैभन्दा महत्वपूर्ण स्थल रिहार हो । यसको इतिहास ५ हजार वर्ष पुरानो रहेको छ । द्वापर युगमा ऋषिमुनिहरुले विहार गरेको हुँदा यो ठाउँको नाम रिहार रहनगएको धार्मिक विश्वास रहेको छ ।

    पाणिनि तपोभूमि :
    अर्घाखाँचीको पाणिनी गाउँपालिका जंगलको बीचमा पाणिनी तपोभूमि अवस्थित रहेको छ । पाणिनी तपोभूमिको उत्तरतर्फको पानी कालीगण्डकी र दक्षिणतर्फको पानी बाणगंगा नदीमा मिसिन आउँछ । तपोभूमिमा मन्दिर, यज्ञशाला, भ्यूटावर बगैंचाका साथै पाणिनी ऋषिको मूर्तिसमेत रहेको छ ।

    रेसुंगा :
    गुल्मीको सदरमुकाम तम्घासदेखि ६ किलोमिटर उकालो दूरी पार गरेपछि रेसुंगा क्षेत्रमा पुग्न सकिन्छ । त्यहाँबाट विभिन्न हिमश्रृंखला, तालतलैयाका अतिरिक्त तराईको समथरभूमिको समेत दृश्यावलोकन गर्न सकिन्छ । समुद्र सतहदेखि १७ सय मिटर उचाइमा रहेको रेसुंगा आफैंमा सुन्दर र अनुपम छ ।

    जगदीशपुर ताल :
    १ सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको एशियाकै मानवनिर्मित तालमध्येको ठूलो ताल हो । कपिलवस्तुको निग्लिहवामा रहेको तालमा १२८ भन्दा बढी प्रजातिका चराचुरुंगी, ४६ प्रजातिका माछा तथा दुर्लभ जलचरको बसोबास रहेको छ ।हरेक जाडो महिना सुरु भएपछि जगदीशपुर तालमा घुम्न आउने चरा गर्मी महिना सुरु भएसँगै फर्कने गर्दछन् । विश्व सम्पदा सूचीमा सूचीकृत तालमा हिउँदमा साईबेरिया, रुस, चीन, मंगोलिया तथा मध्य एशियाबाट समेत चराहरु आउने गर्दछन् ।

    बिहिबार, पुष १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...