• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार २३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

दाङमा बाघको छालासहित तीन जना पक्राउ

सडकको बीचमै बिजुलीको पोल

बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

लोकप्रिय समाचार

  • १. रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

  • २. पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

  • ३. लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

  • ४. बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

  • ५. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • ६. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • ७. सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

  • ८. प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

  • ९. झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

  • १०. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

नेपाल भ्रमण वर्ष : यी हुन प्रदेश ५ का प्रमुख पर्यटकीय स्थलहरु


  •   बिहिबार, पुष १७, २०७६ मा प्रकाशित
  • कामना डेली, बुट्वल। २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित बुधबारदेखि नेपाल भ्रमण वर्ष २०२० को औपचारिक सुरुवार भएको छ । काठमाण्डौको दशरथ रंगशालामा भ्रमण वर्षको उद्घाटन भव्य रुपमा गरियो । सातवटै प्रदेशमा पनि विशेष कार्यक्रमका साथ भ्रमण वर्षको उद्घाटन गरिए। नेपाल भ्रमण वर्षलाई सफल बनाउन सबै प्रदेशले आ-आफ्नै ढंगले तयारी गरिरहेका छन् भने सबै प्रदेशका पर्यटकीय गन्तव्यको पनि पहिचान भैसकेको छ ।प्रदेश ५ को बर्दियाको पर्यटन गन्तव्य ठाकुरद्धाराबाट भम्रण बर्षको आरम्भ गरिएको छ। प्रदेश ५ का मुख्यमन्त्री शंकर प्रसाद पोख्रेलले भ्रमण बर्षको आरम्भ गरेका हुन। बुट्वलमा खाना महोत्सव संचालन गरिएको छ। अन्य जिल्लामा पनि पर्यटक लोभ्याउने खालका गतिबिधी हुन थालेका छन।

    Advertisement

    लुम्बिनी :-
    विश्व सम्पदा सूचीमा सूचीकृत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी रुपन्देही जिल्लामा पर्दछ । लुम्बिनी बौद्ध धर्मालम्बीहरुको पावन र तपोभूमि हो । झण्डै २५६२ वर्ष अगाडि जन्मिएका गौतम बुद्धलाई ‘द लाइट अफ एसिया’ बाट समेत चिनिन्छ ।लुम्बिनीमा विभिन्न देशका कला संस्कृति झल्कने खालका गुम्बाहरु समेत रहेका छन । मायादेवी मन्दिर प्रमुख आकर्षणको केन्द्रबिन्दु हो । लुम्बिनी बौद्ध धर्मालम्बीहरु मात्रै होइन, हिन्दूहरुले समेत आस्थाको केन्द्रको रुपमा सम्मान गर्ने पवित्र भूमि हो ।

    रानीमहल :
    लोभलाग्दा पाखापखेरा तथा छहराहरुको बीचमा रहेको पाल्पाको रानीमहल अर्को पर्यटकीय आकर्षणको केन्द्र हो । नेपालको ताजमहलको रुपमा चिनिने रानीमहल कालीगण्डकी नदीको उत्तरतर्फको मोडमा विशाल चट्टानमाथि पश्चिमी कला शैलीमा निर्माण भएको छ ।जनरल खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा रानीमहलको निर्माण गरेका हुन् । वि.सं. १९५० सालमा शिलान्यास भइ चार वर्ष लगाएर यसको निर्माण सम्पन्न भएको हो ।

    स्वर्गद्वारी :

    प्यूठान जिल्लाको सदरमुकाम खलंगाबाट २६ किलोमिटर पश्चिममा रहेको स्वर्गद्वारी पाँच नम्बर प्रदेशकै प्रसिद्ध धार्मिक स्थल हो । यसलाई नेपालका प्राचिन मन्दिरहरुमध्ये एउटा मानिन्छ । समुद्री सतहबाट ७ हजार फिट उचाईंमा रहेको यसको क्षेत्रफल २६ सय रोपनी रहेको छ।पौराणिक कालमा पाण्डवहरु स्वर्ग जाँदा त्यही बाटो भएर गएको द्वार भएकाले स्वर्गद्वारी नाम रहेको जनविश्वास रहेको छ । रोल्पाको घुम्तीमा वि. सं १११६ मा जन्मिएका १०८ बाल तपस्वी नारायण गौतम ११५१ मा स्वर्गद्वारी आएपछि वेदका मन्त्रद्वारा अग्निप्रज्वलित गरी ११५२ वैशाख पूर्णिमादेखि अखण्ड महायज्ञ सुरु भएको थियो । विश्व शान्तिका लागि सञ्चालित अखण्ड यज्ञ अहिले पनि निरन्तर बलिरहेको छ ।

    बर्दिया ठाकुरद्वारा :
    जंगली जनावरको अवलोकन र सिमसार क्षेत्रको भ्रमण तथा अवलोकनका लागि महत्वपूर्ण गन्तव्यका लागि बर्दियाको ठाकुरद्वारा प्रमुख स्थल हो । बर्दिया राष्ट्रिय निकुञ्जले गर्दा यो पर्यटकीय गन्तव्य बनेको छ । ठाकुरद्वारामा दुर्लभ मानिएको पाटे बाघका साथै अन्य जनावर समेत पाइने गर्दछन् । स्वदेशी तथा विदेशी पाहुनाहरुका लागि घुमफिर गर्न ठाकुरद्वारा आकर्षक गन्तव्य हो ।

    रिहार :
    दाङ जिल्लाको सबैभन्दा महत्वपूर्ण स्थल रिहार हो । यसको इतिहास ५ हजार वर्ष पुरानो रहेको छ । द्वापर युगमा ऋषिमुनिहरुले विहार गरेको हुँदा यो ठाउँको नाम रिहार रहनगएको धार्मिक विश्वास रहेको छ ।

    पाणिनि तपोभूमि :
    अर्घाखाँचीको पाणिनी गाउँपालिका जंगलको बीचमा पाणिनी तपोभूमि अवस्थित रहेको छ । पाणिनी तपोभूमिको उत्तरतर्फको पानी कालीगण्डकी र दक्षिणतर्फको पानी बाणगंगा नदीमा मिसिन आउँछ । तपोभूमिमा मन्दिर, यज्ञशाला, भ्यूटावर बगैंचाका साथै पाणिनी ऋषिको मूर्तिसमेत रहेको छ ।

    रेसुंगा :
    गुल्मीको सदरमुकाम तम्घासदेखि ६ किलोमिटर उकालो दूरी पार गरेपछि रेसुंगा क्षेत्रमा पुग्न सकिन्छ । त्यहाँबाट विभिन्न हिमश्रृंखला, तालतलैयाका अतिरिक्त तराईको समथरभूमिको समेत दृश्यावलोकन गर्न सकिन्छ । समुद्र सतहदेखि १७ सय मिटर उचाइमा रहेको रेसुंगा आफैंमा सुन्दर र अनुपम छ ।

    जगदीशपुर ताल :
    १ सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको एशियाकै मानवनिर्मित तालमध्येको ठूलो ताल हो । कपिलवस्तुको निग्लिहवामा रहेको तालमा १२८ भन्दा बढी प्रजातिका चराचुरुंगी, ४६ प्रजातिका माछा तथा दुर्लभ जलचरको बसोबास रहेको छ ।हरेक जाडो महिना सुरु भएपछि जगदीशपुर तालमा घुम्न आउने चरा गर्मी महिना सुरु भएसँगै फर्कने गर्दछन् । विश्व सम्पदा सूचीमा सूचीकृत तालमा हिउँदमा साईबेरिया, रुस, चीन, मंगोलिया तथा मध्य एशियाबाट समेत चराहरु आउने गर्दछन् ।

    बिहिबार, पुष १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”
    गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु
    गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट
    गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा
    झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै
    बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

    लोकप्रिय

    • १.
      रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

    • २.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    • ३.
      लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

    • ४.
      बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको

    • ५.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • ६.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    भर्खरै

    • १.
      परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

    • २.
      झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

    • ३.
      कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

    • ४.
      दाङमा बाघको छालासहित तीन जना पक्राउ

    • ५.
      सडकको बीचमै बिजुलीको पोल

    • ६.
      बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

    • ७.
      नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

    • ८.
      पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...