टेकबहादुर पुन,दाङ । जाडोको समय, बुढ्यौली उमेर । बृद्द बृद्दालाई न्यानो अोड्ने कपडा चाहिन्थ्यो, गरिव जिन्दगी । बाक्लो कपडा किन्न सक्ने हैसियत सबैको कहाँ हुन्छ र ? सरकारले दिने बृद्द भत्ता दुई चार हजार त हो, त्यतीले मात्रै सबै अाबश्यक्ता पुर्ति गर्न पनि मुस्किल नै हुंदो हो । बिपन्न थिए त्यसैले अोड्ने कपडाको अाशमा थिए लमही नगरपालिका वार्ड नं ७ का जेष्ठ नागरिकहरु ।
त्यही अाशालाई पुर्ती गर्नका लागी मंगलबार लमही न. पा. ७ को वडा कार्यालयले वडा अन्तर्गतका १ सय ३० जना जेष्ठ नागरिकलाई सम्मान सहित एक-एक थान तातो अोड्ने सिरक बितरण गरेको छ । त्यसको साथै डेँगो रोगको प्रकोप बढ्दै गईरहेको भन्दै एक-एक थान झुल, महिलालाई पछ्यौरी र पुरुषलाई गलबन्दी समेत बितरण गरेको छ । वडा कार्यालयले ४ लाख रुपैया खर्च गरेर जेष्ठ नागरिकलाई सिरक बितरण गरेको वडा अध्यक्ष मोहन गिरीले जानकारी दिए । “जेष्ठ नागरिक सबैको अभिभाबक भएकाले सबैले सम्मान गर्नुपर्ने बताउँदै अध्यक्ष गिरिले सहयोग गर्न पाएकोमा खुसि ब्यक्त गरे । अाफ्नो कार्यकाल सम्म वडाका अामा बुवालाई सधै सम्मान गर्ने र हिंडडुल गर्न नसक्ने अामा बुवालाई घरमै पुगेर सम्मान गरिने वडाध्यक्ष गिरीको भनाई छ । साथै अामाबुवाको अाँखा अप्रेशन गर्नुपरेमा वडा कार्यालयको सिफारिसले लमही अाँखा अस्पतालमा निशुल्क उपचार गरिने पनि गिरीले जानकारी दिए । अार्थिक कमजोरले अन्य रोगको उपचारमा पनि असम्भब भए र घरमा हेरबिचार गर्ने सदश्यको अभाब भएपछी त्यसको सम्पुर्ण काम वडा कार्यालयले गर्ने योजना बनाएको बताईएको छ ।वडा अध्यक्ष मोहन गिरिको शभातित्व एबम् लमही नगर उप प्रमुख देवका बेलबासेको प्रमुख अातिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै जेष्ठ नागरिक मोती बहादुर अधिकारीले गाउँ-गाउँमा स्थानिय सरकारको अनुभूति भएकोमा खुसी ब्यक्त गरे । अर्का जेष्ठ नागरिक बनघुस्री निवासी जगत बहादुर शाहले समय सापक्ष तातो सिरक पाएकोमा खुसि ब्यक्त गरे ।
त्यस्तै कप्तानगञ्ज निवासी लिला मगर्नीले वडा अध्यक्ष सहित सबै वडा परिवारलाई अाशिर्बाद दिँदै अागामी सफल्ताको लागि शुभकामना पनि दिए । कार्यक्रममा मेयर कप अन्तर्गतको ब्याडमिन्टन प्रतियोगितामा बि टिममा समाबेश भई दोस्रो स्थान गर्ने खेलाडी द्वयलाई मायाको चिनो सहित सम्मान गरिएको थियो । सम्मानित हुनेमा सिमेन्ट कम्पनिका प्रोप्राईटर जिवराज पन्त र अभिषेक झा रहेका छन् । उनिहरुले वडाको प्रतिनिधित्व गर्दै मेयर कप ब्याडमिन्टन प्रतियोगितामा सहभागी भएका थिए ।