• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

५८ स्थानीय तहमा गुणस्तरीय बीउ उत्पादन कार्यक्रम सञ्चालन

नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

स्थानीयको पहलले हराभरा बन्यो बिचित्रा ठाकुर वन

सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी

लोकप्रिय समाचार

  • १. वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’, स्थानीय तहबाटै श्रम स्वीकृति

  • २. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • ३. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • ४. वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

  • ५. आलुको परिकारमा साङ्ला भेटिएपछि साढे २ लाख जरिवाना

  • ६. कट्केमा १ करोड ३१ लाखको खानेपानी आयोजना सम्पन्न, १३१ घरधुरीमा धारा

  • ७. न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार ठगी, भारतीय नागरिक पक्राउ

  • ८. मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु

  • ९. पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

  • १०. राप्तीमा १० दिने मगर भाषा प्रशिक्षण सम्पन्न

पोखरामा ‘धराने’ स्वाद !


  •   सोमबार, पुष १४, २०७६ मा प्रकाशित
  • कामना डेली, पोखरा। माथितिर हेर्दा सराङ्कोटको डाँडाँबाट चराझै गरी दर्जनौँका संख्यामा ‘प्याराग्लाईडिङ’उडिरहेका देखिन्छन् । तलतिर पोखराको उही बहुचर्चित माछापुच्छ्रेलगायत हिमालयको छाँया परेको फेवातालको मनोरम दृष्य । अर्कौतर्फ फेवातालबाट सराङ्कोटसम्म जोड्न केवलकार निर्माणमा जुटीरहेका थुप्रै समुहहरु देखिन्छन् । यी सवै दृष्यालोकन गर्दै तोङ्वा र धराने कालो बंगुरको सेकुवाको स्वादमा रमाउँदै गरेका आन्तरिक एवं वाह्य ग्राहकहरुमाझ ‘हजुरलाई कस्तो लाग्यो स्वाद’ भन्दै प्रतिक्रिया लिईरहेछन् धनकुटाका जुबु गुरुङ ।
    उसै त प्राकृतिक सुन्दरताले भरिएको सुन्दर पोखरा त्यसमाथि पूर्वकै स्थापित ‘ब्रान्ड’ धराने कालो बंगुरको सेकुवाको स्वाद थपिएपछि सेकुवाको स्वादमा नलट्ठिने र मन नपराउने कोही देखिँदैनन् ।यसले खानाका पारखीहरूलाई लोभ्याइरहेको छ  । सवै ‘एकदम मीठो छ’ भन्दै गुरुङलाई हौसला मिश्रित प्रतिक्रिया दिईरहेका हुन्छन् । गुरुङ भने ग्राहकको सन्तुष्टीमा आफूलाई पनि सन्तुष्ट बनाउँदै धन्यवाद टक्र्याईरहेका देखिन्छन् । उमेरले चार दशक नाघेका धनकुटा पाख्रिवासमा जन्मेर विभिन्न व्यवसायीक क्षेत्रहरुमा संलग्न रही हाल पोखराको पामे साइडको फेवाताल सेदीबगरमा जुबु गुरुङले सञ्चालन गरेको ‘धराने सेकुवा’ रेष्टुरेन्टको हो । जन्मथलो धनकुटा भए पनि काठमाडौँमा स्थायी रुपमा वसोवास गर्दै आएका गुरुङ विगत ६ वर्षयता पोखराको दरवारमार्ग गौरीघाट स्ट्रीट ९, लेकसाईडस्थित प्याराडाईज ईन होटल व्यवसाय गर्दै आईरहेका छन् । पोखरामा आउने पर्यटक र यस क्षेत्रमा वस्नेहरुलाई पूर्वेली परिकारको स्वाद र संस्कृति चिनाउन पाए हुन्थ्यो भन्ने गुरुङलाई सँधै लागिरहेको बताउँछन् । विगत पाँच वर्षयता त्यही हुटहुटीले नछोडेपछि गुरुङले नेपालको पश्चिमी भेगमा पूर्वका स्वाद चखाउन र संस्कृति चिनाउन तीन महिना अघिमात्रै पोखरामा रेष्टुरेन्ट खोले। र उनले रेष्टुरेन्टको नाम राखे‘धराने सेकुवा’ ।

    Advertisement

    ‘साच्ची भन्ने हो भने उनलाई यो एक चुनौती पनि थियो किन की नेपालको पूर्व क्षेत्रको स्वाद पश्चिम क्षेत्रमा रुचाइएला–नरुचाइएला ? गुरुङ भन्छन। फेरी पूर्वको धराने कालो बंगुरको सेकुवा चखाउने भित्रैदेखिको उत्कट चाहनालाई रोक्न सक्ने अवस्था नै भएन । तर, शुरुवातमै यसको स्वाद ग्राहकले रुचाईदिए। उत्साहपूर्ण व्यापार भयो। गुरुङ हौसिए। अहिले ५० केजी सम्मको तौल भएको ३ वटा सम्म बंगुरको सेकुवा विक्री भईरहेको छ ।’ १ करोड ५० लाखको लागत रहेको यो व्यवसायको सुरुवातबाटै धरान चतरालाइनका विक्रम राईले पहिलो साझेदारीको रुपमा साथ दिएको गुरुङ बताउँछन्। अब यहि व्यवसायलाई पोखराको अन्य क्षेत्रमा पनि विस्तार गर्ने लक्ष्यस्वरुप पोखराकै वसन्त न्यौपाने र धरानका सुस्मिता लिम्बू गरी चार जनाको साझेदारीबाट हाल ‘धराने सेकुवा’ सञ्चालनमा रहेको गुरुङले बताए । करिब ३ रोपनी क्षेत्रफल जग्गा २० वर्षको लागि भाडामा लिई सञ्चालनमा रहेको धराने सेकुवामा धरान, धनकुटाबाट नै ल्याईएको खाँटी कोदोको तोङ्वाको स्वादले झनै पोखरेलीहरु मोहित भएको देखिन्छ । दिनप्रतिदिन पूर्वेली स्वाद मन पराएर व्यवसाय फस्टाउँदै गएपछि व्यवसायलाई व्यवस्थित र ग्राहकलाई छिटो–छरितो सेवा पु¥याउनका लागि सेकुवामा २५ जना कर्मचारीको सहायताले उनले सेकुवा कर्नर सञ्चालन गरिरहेको छन् भने अझै केही दक्ष कर्मचारी आवश्यक भएको उनी बताउँछन् ।

    धराने सेकुवामा बंगुरको सेकुवासँगै बंगुरको खुट््टाको सुप, साँधेको जीव्रो, कान, याङ्वेन, हड्डीको अचारको स्वादसमेत लिन पाईन्छ भने लोकल कुखुराको तीते (वाचिपा), राँगाको सुकुटीको अचार, भटमासको किनीमालगायतका अन्य पूर्वेली परिकारको स्वाद पनि छिटै चाख्न पाइने गुरुङले सुनाए । रेष्टुरेन्टका भित्री सजावटको रुपमा धान, च्याब्रुङ, साकेला नाच लगायतका विभिन्न संस्कार एवं संस्कृति झल्काउने चित्रहरुले सिंगारिएको छ। भने वाहिरी सजावटको रुपमा पूर्वका पर्यटकीय क्षेत्रहरु भेडेटार, धरान बजार, धनकुटा, इलाम लगायतका क्षेत्रहरुले सुन्दर बनाईएको देखिन्छ । रेष्टुरेन्टलाई किन यसरी सिंगारिएको भन्ने जिज्ञासामा जुबु गुरुङ भन्छन्, ‘पूर्वेली परिकारको स्वाद चखाउनुका साथै पोखरामा पूर्वको कला–संस्कृति र पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन पनि मेरो मुख्य लक्ष्य हो । पूर्वका स्थानीय स्तरमा सम्भावना वोकेको रमणीय पर्यटकीय क्षेत्रलाई पोखरा आईपुग्ने पर्यटकलाई थाहा दिन पाईयो भने त्यस क्षेत्रमा पनि यहाँ आउने पर्यटक एकपटक पुगुन भन्ने मेरो उद्देश्य छ ।  ’एक ठाउँको कला–संस्कृति, सभ्यता लाई अर्को ठाउँमा चिनाउन कम्मर कसेका धनकुटेली गुरुङ ग्राहकलाई उत्तिकै स्वस्थकर खानेकुरा दिनुपर्छ भन्ने कुरामा पनि सचेत देखिन्छन् । उनले हाल मुख्यरुपमा ग्राहकहरुलाई पस्किरहेका सेकुवाको परिकार पनि आधुनिक तरिकाले तयार गर्ने गरेका छन् । ५० केजी भन्दा बढी तौल भएको बंगुरमा बढी चिल्लो पदार्थ हुने भएकोले स्वास्थ्यको लागि त्यति उत्कृष्ट नहुने भएकोले कोशिपारीका विभिन्न जिल्लाहरुबाट ५० केजी तौलसम्मको कालो बंगुरलाई जिउँदै संकलन गरी पोखरामा राखेर मागअनुसार दैनिक रुपमा तयारी गर्ने गरेको बताउँछन् ।

    विभिन्न अनुसन्धान र खोजबाट धराने कालो बंगुरको उत्पति धनकुटाको पाख्रिवास क्षेत्रलाई मानिन्छ र पछि अन्य ठाउँमा यसको विस्तार भएको पाईन्छ । यो विशेष जातको बंगुर भएकोले यसको स्वाद निकै मीठो र स्वास्थ्यवद्र्धक पनि मानिन्छ । शुरुमा तयारी बंगुरको मासुलाई ग्याँसको हिटिङ सिस्टमबाट त्यसमा भएको बोसोको मात्रालाई पगालिने र त्यसपछि २ वटा आगोको भट्टीमध्ये पहिलो भट्टीमा ९० प्रतिशत पकाईन्छ भने त्यसपछि ग्राहकको अर्डरअनुसार दोस्रो भट्टीमा १० प्रतिशत पकाएर तयार गरिने हुनाले स्वस्थ्यवद्र्धक सेकुवाको स्वाद दिईरहेको गुरुङ सुनाउछन। ‘धराने सेकुवा’ रेष्टुरेन्टमा अन्य माग बमोजिमको इन्डियन, कन्टिनेन्टल र चाईनिज खानेकुरा पाईने भएता पनि टीमुर र चिङफिरिङको परपराउने अचारको स्वादमा जिब्रो पड्काउँदै सेकुवाकै स्वादमा स्थानीयहरु रमाईरहेको देखिन्छन् भने इलाममा उत्पादन भएको अग्र्यानिक ग्रीन टी, गोल्डेन टी, सिल्भर टीलगायत चियाको स्वाद चखाई त्यसको समेत प्रवद्र्धन गरिरहेका छन्

    सोमबार, पुष १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा
    सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति
    पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना
    जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै
    कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो
    अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    लोकप्रिय

    • १.
      वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट

    • २.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • ३.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • ४.
      वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

    • ५.
      आलुको परिकारमा साङ्ला भेटिएपछि साढे २ लाख

    • ६.
      कट्केमा १ करोड ३१ लाखको खानेपानी आयोजना

    भर्खरै

    • १.
      सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

    • २.
      पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

    • ३.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ४.
      ५८ स्थानीय तहमा गुणस्तरीय बीउ उत्पादन कार्यक्रम सञ्चालन

    • ५.
      नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

    • ६.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

    • ७.
      स्थानीयको पहलले हराभरा बन्यो बिचित्रा ठाकुर वन

    • ८.
      सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation