• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ४. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ७. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ८. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

दुर्गमको तरकारी र फलफुल बजार पुर्‍याउन समस्या


  •   बिहिबार, पुष ०३, २०७६ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । कृषि उत्पादन निकै राम्रो छ, किसानहरु निकै मेहनत गर्छन तर कृषिजन्य बस्तुहरु यातायातको असुविधाले पर्याप्त बजार पाउन सकेको छैन । पिडा गलकोट नगरपालिका ९ का बरेखानीका किसानहरुको हो । वि.स २०५२ साल पुर्व यहाँका कृषकहरु परम्परागत निर्वाहमुखी खेती किसानी गर्दथे । कोदो मकै गहुँ छरेर जीवन निर्वाह गरेका कृषकलाई २०५२ सालको बाढी पहिरोले नयाँ मोड दियो । वि.सं २०५२ साल असारमा बरेखानीमा आएको ठूलो बाढी पहिरोले बारीमा क्षति गर्यो । त्यसपछि किसानले परम्परागत कृषिलाई छोडेर नगदे बाली तर्फ आकर्षित हुँदै आधुनिक कृषि प्रणाली अबलम्बन गरे । जसको फलस्वरुप उनीहरुको जीवनस्तर अहिले माथि उकासिएको छ । तर सडक अभावमा उत्पादित कृषिजन्य वस्तुले बजार पाउन नसक्दा किसानहरु चिन्तित छन । गाउँको केहि तल सम्म सडक ट्रयाक खोलिएको छ तर गाडी नहुँदा किसानहरु उत्पादित वस्तु डोकोमै बोकेर झण्डै डेढ घण्टाको पैदल यात्रामा मध्य पहाडी लोकमार्गको बाँसखोला सम्म पुराउनु पर्ने बाध्यता छ । गाउँमा कृषि सम्वन्धि प्राविधिक ज्ञानको अभाव, कृषि जेटिए उपलब्ध नहुनु र मोटरवाटोको असुविधाले तरकारी खेती गर्न समस्या भइरहेको किसानहरुको भनाई छ । बरेखानीले तरकारी खेती र फलफुल उत्पादनको गाँउको परिचय बनाएको छ । कडा मेहनत र परिश्रमले उनीहरुको मुख्य आम्दानीको श्रोत र जिविकोपार्जनको माध्यम पछिल्लो समय तरकारीखेती नै रहेको अगुवा कृषक लिलाम्बर गौतमले बताए । त्यहाँका युवादेखि बयोवृद्ध सम्म किसानहरु बिहान सबेरै देखि बेलुकीसम्म आफ्नै बारीमै व्यस्त हुने गर्दछन् । त्यहाँ उत्पादित तरकारीहरु काउली, गाजर, मुला, बन्दा लगायतका वस्तुहरु स्थानीय हटिया बजार, हरिचौर बजार, बाँसखोला, नरेठाँटी, दुदिलाभाटी, काँडेबास लगायतका बजार र गलकोट क्षेत्रका गाउँ गाउँमा पुग्ने गरेको छ । उक्त गाउँ तरकारी खेतीको प्रचुर सम्भावना रहेकोले त्यसका लागि आवश्यक सहयोग गर्ने गलकोट नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष तेज बहादुर थापाले बताए । बर्षेनी सडक पु¥याउनका लागि नगरपालिकाले बजेट विनियोजन गरे पनि भौगोलिक समस्याका कारण सडक विस्तारमा समस्या भएको गलकोट नगरपालिका वडा नम्बर–९ का वडा अध्यक्ष थापाले बताए । वर्षेनी सडकमा लगानी गरेका छौ’ थापाले भने, ‘नमिलेको भू–बनोटका कारण सडकको पहुँच सहज हिसावले पु¥याउन कठिन भएको छ, हामी प्रयासरत छौ । वडामै कृषिको पकेट क्षेत्र मानिने बरेखानीको कृषि उत्पादनले अहिले गलकोट धानेको छ । तरकारी बेचेरै किसानहरुले आफ्नो दैनिकी चलाउनुका साथसाथै छोरा छोरीलाई उच्च शिक्षा हासिल गराई सरकारी जागिरमा प्रवेश गराएका छन् । गाउँमा बाटो नपुग्दा व्यवसायिक रुपमा तरकारी खेतिबाट राम्रो आम्दानी गर्ने सम्भावना हुँदा हुँदै पनि निर्वाहमुखी खेती गरेर बस्न बाध्य भएको स्थानीय किसानहरु गुनासो गर्छन् । थोरै जग्गामा उत्पादन धेरै मात्रमा हुनेभएकाले बजार पु¥याउन नसक्दा तरकारी बारीमा कुहिएर जादा हामी जस्ता युवा किसान साह्रै चिन्तित छौं । बरेखानी गाउँमा पहिले २० घर थिए । राज्यको उपेक्षा, अभाव र असुविधाका कारण बसाई सराई बढ्दै गए पछि अहिले ८ घरमा मात्र मानिस बस्दै आएका छन् । नगरपालिका भएपनि दुर्गम जस्तो लाग्ने बरेखानीमा विद्यालय समेत छैन । २०४० सालमा स्थापना भएको प्राथमिकक विद्यालय विद्यार्थीको अभावमा चार वर्ष अगाडी बन्द भएको छ । पैदलयात्रा मार्फत गाउ पुग्नुपर्ने भएका कारण तरकारीको स्याहार गर्ने समय भन्दा बोकेर बजार लैजाने समस्याले पिरोल्ने गरेको कृषकको गुनासो छ । त्यहाँ प्रत्येक घरमा व्यावसायिक मौरीपालन समेत गरिदै आएको छ । बजार पठाउन सडक भए यहाँका कृषकहरुले वार्षिक लाखौ आम्दानी गर्ने युवा कृषक मित्रलाल गौतमले बताए । सडकको सुविधा भए बसाई सराई गर्न नपर्ने गरि बाँकी बाझो जग्गाहरुमा पनि व्यवसायिक रुपमा खेतिबाली लगाउने सोच रहेको युवा कृषक गौतमले जानकारी दिए ।

    Advertisement

    बिहिबार, पुष ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...