• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ५. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ६. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ७. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ८. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ९. लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

  • १०. पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

पूर्वराजा ज्ञानेन्द्रले गरे भगवती मन्दिरको दर्शन र पूजा


  •   बिहिबार, मङि्सर १९, २०७६ मा प्रकाशित
  • कामना डेली,पाल्पा। गतसाता देखि पश्चिम नेपालको धार्मिक भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले बिहीबार पाल्पाको तानसेनस्थित भगवती मन्दिरमा पूजा–अर्चना गरेका छन् ।राजाको पूजाआरधना गर्ने कार्यक्रमको चाँजोपाँजो भने मन्दिर व्यवस्थापन समितिले मिलाएको थियो। बाहिर सडकमा भने शिवसेना नेपालले व्यावस्थापन गरिरहेको थियो।
    त्यसक्रममा पूर्वराजा शाहलाई पाल्पावासीले भव्य स्वागत गरेका थिए ।मखनटोलको हुलाकचोकदेखि शीतलपाटी हुँदै भगवतीटोलसम्म सयौं शुभेच्छुक, समर्थक तथा सर्वसाधारण लामबद्ध भइ पूर्वराजाको स्वागत गरेका थिए ।उनीहरुले ‘राजा आऊ देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘हिन्दुराष्ट्र कायम गर’जस्ता नारा लगाएका थिए । कर्णेल उजिरसिंह थापाले अंग्रेजलाई युद्धमा हराएपछि उनले नै स्थापना गरेको भगवती मन्दिरमा पूर्वराजा शाहले करिब आधा घन्टा पूजा गरे । पूर्वराजा शाहले देशको परिस्थिति अप्ठ्यारो अवस्थामा रहेको बताए। मुलुकमा ‘असुनी’हरुको संख्या बढ्दै गएकाले राष्ट्र संकटमा परेको भन्दै दैवीशक्तिको आराधनामा हिँडेको बताए ।पूर्वराजा शाहले देशको अहित चाहनेहरुले विभिन्न चलखेल गरिरहेको उनले बताएका छन् । ‘पछिल्लो समय देशमा आसुरी अर्थात राक्षसी प्रवृत्तिको बाहुल्यता बढेको छ,’ शाहले भने ‘सबै एकजुट भएर पराजित गरेर भगाउनुपर्छ ।आशा छ यसबाट हामी सबै नेपालीले छुटकारा पाउने छौं । हामी सबै नेपाली एक ढिक्का भएर बस्नुपर्छ । ’सबै नेपालीको सम्बन्ध भाइचाराको बन्नुपर्नेमा जोड दिँदै पूर्वराजा शाहले देशको अवस्था सुधारका लागि आफूले प्रार्थना गरेको बताए । ‘अहिलेको परिस्थिति अलि अप्ठ्यारो अवस्थामा रहेको आफूलाई महसुस भएको छ,’ उनले भने, ‘राष्ट्र र राष्ट्रियताको रक्षा हामी सबै मिलेर गर्नुपर्छ ।’पूर्वराजा शाहको भ्रमणका क्रममा पाल्पामा सुरक्षा व्यवस्था कडा पारिएको थियो । बिहीबार बिहान साढे ११ बजे भैरहवाबाट तानसेन आइपुगेका उनी साढे चार बजे फर्किएका छन्। यसअघि भैरहवाका विभिन्न मन्दिरमा दर्शन गरिसकेका उनी शुक्रबार कपिलवस्तु जाने कार्यक्रम रहेको बताईएको छ। निजि भम्रणका क्रममा उनी अर्घाखाँची, गुल्मीलगायत जिल्लामा पुग्नेछन्।उनले गुल्मीको रिणीमा मन्दिरमा दर्शन गर्नेछन् भने अर्घाखाँची सुपा देउराली पनि पुग्ने कार्यक्रम रहेको जनाइएको छ ।पाल्पा भगवती लगायतका अन्य मठ मन्दिरमा पनि दर्शन गर्ने कार्यक्रम तय भएको छ । भ्रमणका क्रममा मठ मन्दिरको दर्शनसँगै स्थानीय जनतासँग भलाकुसारीसमेत गर्ने समेत जनाइएको छ ।

    Advertisement

    बिहिबार, मङि्सर १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ५.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ६.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन

    भर्खरै

    • १.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ३.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • ४.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • ५.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ६.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ७.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ८.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...