• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, पुष ०३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ४. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

पूर्वराजा ज्ञानेन्द्रले गरे भगवती मन्दिरको दर्शन र पूजा


  •   बिहिबार, मङि्सर १९, २०७६ मा प्रकाशित
  • कामना डेली,पाल्पा। गतसाता देखि पश्चिम नेपालको धार्मिक भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले बिहीबार पाल्पाको तानसेनस्थित भगवती मन्दिरमा पूजा–अर्चना गरेका छन् ।राजाको पूजाआरधना गर्ने कार्यक्रमको चाँजोपाँजो भने मन्दिर व्यवस्थापन समितिले मिलाएको थियो। बाहिर सडकमा भने शिवसेना नेपालले व्यावस्थापन गरिरहेको थियो।
    त्यसक्रममा पूर्वराजा शाहलाई पाल्पावासीले भव्य स्वागत गरेका थिए ।मखनटोलको हुलाकचोकदेखि शीतलपाटी हुँदै भगवतीटोलसम्म सयौं शुभेच्छुक, समर्थक तथा सर्वसाधारण लामबद्ध भइ पूर्वराजाको स्वागत गरेका थिए ।उनीहरुले ‘राजा आऊ देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘हिन्दुराष्ट्र कायम गर’जस्ता नारा लगाएका थिए । कर्णेल उजिरसिंह थापाले अंग्रेजलाई युद्धमा हराएपछि उनले नै स्थापना गरेको भगवती मन्दिरमा पूर्वराजा शाहले करिब आधा घन्टा पूजा गरे । पूर्वराजा शाहले देशको परिस्थिति अप्ठ्यारो अवस्थामा रहेको बताए। मुलुकमा ‘असुनी’हरुको संख्या बढ्दै गएकाले राष्ट्र संकटमा परेको भन्दै दैवीशक्तिको आराधनामा हिँडेको बताए ।पूर्वराजा शाहले देशको अहित चाहनेहरुले विभिन्न चलखेल गरिरहेको उनले बताएका छन् । ‘पछिल्लो समय देशमा आसुरी अर्थात राक्षसी प्रवृत्तिको बाहुल्यता बढेको छ,’ शाहले भने ‘सबै एकजुट भएर पराजित गरेर भगाउनुपर्छ ।आशा छ यसबाट हामी सबै नेपालीले छुटकारा पाउने छौं । हामी सबै नेपाली एक ढिक्का भएर बस्नुपर्छ । ’सबै नेपालीको सम्बन्ध भाइचाराको बन्नुपर्नेमा जोड दिँदै पूर्वराजा शाहले देशको अवस्था सुधारका लागि आफूले प्रार्थना गरेको बताए । ‘अहिलेको परिस्थिति अलि अप्ठ्यारो अवस्थामा रहेको आफूलाई महसुस भएको छ,’ उनले भने, ‘राष्ट्र र राष्ट्रियताको रक्षा हामी सबै मिलेर गर्नुपर्छ ।’पूर्वराजा शाहको भ्रमणका क्रममा पाल्पामा सुरक्षा व्यवस्था कडा पारिएको थियो । बिहीबार बिहान साढे ११ बजे भैरहवाबाट तानसेन आइपुगेका उनी साढे चार बजे फर्किएका छन्। यसअघि भैरहवाका विभिन्न मन्दिरमा दर्शन गरिसकेका उनी शुक्रबार कपिलवस्तु जाने कार्यक्रम रहेको बताईएको छ। निजि भम्रणका क्रममा उनी अर्घाखाँची, गुल्मीलगायत जिल्लामा पुग्नेछन्।उनले गुल्मीको रिणीमा मन्दिरमा दर्शन गर्नेछन् भने अर्घाखाँची सुपा देउराली पनि पुग्ने कार्यक्रम रहेको जनाइएको छ ।पाल्पा भगवती लगायतका अन्य मठ मन्दिरमा पनि दर्शन गर्ने कार्यक्रम तय भएको छ । भ्रमणका क्रममा मठ मन्दिरको दर्शनसँगै स्थानीय जनतासँग भलाकुसारीसमेत गर्ने समेत जनाइएको छ ।

    Advertisement

    बिहिबार, मङि्सर १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    ‘लुम्बिनीमा भन्सार छली मिलेमतोमै भइरहेको छ’ : मुख्यमन्त्री आचार्य
    चुनाव सर्ने हल्ला निराधार, निर्धारित मितिमै हुन्छ : गृहमन्त्री अर्याल
    डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार
    देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ४.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...