जीवन न्यौपाने, नवलपरासी । मंसिर ५ गते देखि १५ गते सम्म संचालन हुने गरि उद्योग बाणिज्य संघ सुनवलले आयोजना गरेको प्रादेशिक औधोगिक व्यापार मेलाको आज दशौ दिन शनिबार मात्रै २० हजार भन्दा बढि दर्शकले मेला अवलोकन गरेको मेला सचिवालयले जानकारी गराएको छ । सचिवालयको जानकारी अनुसार मेला संचालन भए यताकै शनिबार सबैभन्दा बढि दर्शकले मेला अवलोकन गरेको र आर्थिक कारोबार पनि उच्च रहेको छ । संघका वाणिज्य उपाध्यक्ष तथा मेलाका आर्थिक संयोजक लेखनाथ खरेलले मेला बाट ५ करोड रुपैया भन्दा बढि आर्थिक कारोबारको लक्ष्य लिएको र आज मेलाको १० औ दिन सम्म आइपुग्दा आफुहरु आर्थिक लक्ष्यको नजिक पुगेको जानकारी गराए । शनिबार विदाको दिन भएको र बच्चा देखि बृद्वबृद्धाहरु सबैलाइ मन पर्ने लोक तथा दोहोरी गायक पशुपति शर्माको प्रस्तुति रहेका कारण पनि दर्शकहरुको भिड लागेको हो । गायक शर्माको प्रस्तुतिमा बच्चा देखि बृद्वबृद्धाहरुसम्म उत्साहित देखिन्थे । शनिबार मेला परिसरमा रहेका स्टल व्यापारीहरु पनि अरु दिन भन्दा बढि व्यापार भएकोमा सन्तुष्टि थिए । त्यस्तै मेलामा आधुनिक गायक कमल खत्रि, गायिका दुर्गा सापकोटा र गायक दिपक खड्का लगाएतले समेत दर्शकको मन जितेका थिए ।
यसैगरि मेला परिषरमा बिहिबार बाट सुरु भएको खुल्ला उपमेयरकप पुरुष भलिवल प्रतियोगिताले पनि मेलाको रौनक झन् बढाएको छ । शनिबार नवलपुर भलिबल संघ र गुल्मि भलिबल संघ बिच भएको सेमिफाइनल खेलमा नवलपुर भलिबल संघले गुल्मि भलिबल संघलाइ पराजित गरेको छ । त्यस्तै अर्को खेलमा मणिमुकुन्द भलिबल क्लब रुपन्देहीले नवलपरासी भलिबल संघलाइ हराउदै फाइनलको यात्रा सुनिश्चित गरेको छ । आइतबार हुने फाइनल खेलमा नवलपुर भलिबल संघ र मणिमुकुन्द भलिबल क्लब रुपन्देही पहिलो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्, सो खेलबाट पराजित टिम दास्रो हुनेछ भने तेस्रो स्थानका लागि नवलपरासी भलिबल संघ र गुल्मि भलिबल संघ बिच प्रतिस्पर्धा हुने खेलकुद व्यवस्थापन समितिका संयोजक तथा संघका सदस्य चुरामणी गैरेले बताए । प्रतियोगितामा बिजेता समुहलाई १ लाख १० हजार रुपैया र दोस्रो हुनेले ६० हजार रुपैया नगद पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।
यता रेडियो सुनवल बाट प्रसाशण हुने कार्यक्रम विशेष संवादमा शनिबार बिहान अतिथिको रुपमा बोल्दै उद्योग बाणिज्य संघ सुनवलका उद्योग उपाध्यक्ष र सचिव इश्वरी भण्डारीले आगामी वर्षमा पनि संघले मंसिर ४ गते देखि १५ गते सम्म मेला संचालन गर्ने उद्घोष गरेका छन् ।