• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ४. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

लमही बजारमा टिप्पर आतंक,धुलोले व्यापारी दिक्क


  •   शुक्रबार, मङि्सर १३, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता,लमही  । लमही नगरपालिका वडा नम्बर ५ कान्छीरोडमा व्युटी पार्लर व्यवसायी गर्दै आएकी खृष्टी रानामगर टिप्परले उडाउने  धुलोले दिक्क भएकी छिन् । बजार क्षेत्रमा दिनहँु टिप्पर कुद्छ त्यही धुलोले पसलका सामान चौपट पारेको छ उनले भनिन् । उनी जस्तै लमही बजारको कोइलाबास रोडमा पुस्तक पसल गर्दै आएका ताराप्रसाद पौडेलले पनि दिनहुँ चल्ने टिप्परले उडाएको धुलोले आफ्नो व्यापारलाई नोक्सानी पु¥याएको बताएका छन् । 

    Advertisement

    हामीले कति पटक लमही नगरपालिकामा भन्यौं तर नगरपालिका यो विषयमा मौन छ । सडकको अवस्थामा उस्तै छ । नगरपालिकाले न सडक कालोपत्रे गर्छ नत टिप्परलाई बजार क्षेत्रमा रोक लगाउँछ । उता बजारमा किनमेल र बाटोमा हिड्ने बटुवाहरू पनि धुलोले आजित बनेका छन् । दिउँसोको समयमा अलि कम चल्ने तर साँझ पख टिप्पर अत्यधिक चल्ने गरेका कारण रातीमा सुत्न पनि नसक्ने गरेको स्थानीय भोजराज अघिकारीले बताएका छन् । उक्त कार्यले गर्दा घरमा धुलो र स्वास्थ्यमा पनि नराम्रो असार परेको उनको भनाई रहेको छ । उक्त बजार क्षेत्रमा ट्राफिकले बिहान देखि बेलुका ५ बजे सम्म निषेध गरे पनि संचालन भइहेको पाइन्छ । स्थानीयले उक्त क्षेत्रबाट टिप्पर चलाउन रोग लगाउनु पर्ने माग गरेका छन् । यता यस विषयमा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी सँग बुभ्mदा लमही बजार क्षेत्रमा बैकिल्पक बाटो नभएको कारण टिप्पर सञ्चालनमा रोक लगाउन नसकेको बताए । उनले भने बनगाउँ भएर चलाउन दिने हो भने बनगाउँबासीले दिदैनन् । चैलाहीबाट चल्न दिने हो भने परपर्दो पुल छैन त्यस कारण बाध्य भएर चुप लाग्नुको विकल्प आफुहरु सँग नभएको बताएका छन् । यता लमही कोइलाबास हुलाकी सडकमा देखिएको समस्याबारे बुधवार लमही नगरपालिकामा सरोकारवालाहरु सँग वृहत छलफल गरिएको छ । नगर प्रमुख कुलबहादुर केसीको अध्यक्षतामा बसेको छलफलले अवको २÷३ दिन भित्रमा कालोपत्रे हुन बाँकी रहेको ठाउँबाट डोजर लगाएर बाटो खन्ने, पानी हाल्ने र  ७ मिटर चौडाइ रहने गरी कालोपत्रेको काम सुरु गरी १ महिना भित्र सम्पन्न गर्ने गरी लमही बजार हुँदै हाईवे सम्म कालोपत्रेको काम सम्पन्न गर्ने सहमती भएको नगर प्रमुख केसीले बताएका छन् । बाँकी रहेको काम मापदण्ड अनुसार सडकमा पर्ने घरहरुको डाटा लिने,संरचना भत्काउने,विद्युत पोल सार्ने र मुआब्जाका विषयमा स्थानीय सरकारले पहल गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता विमबहादुर केसीले जानकारी दिएका छन् । छलफलमा नगरपालिका उपप्रमुख देवका बेल्वासे,गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, प्रवक्ता विमबहादुर केसी,इलाका प्रशासन कार्यालय लमहीका प्रेम खवास,नेपाल विद्युत प्राधिकरण लमहीका प्रमुख पुष्पराज मल्ल,लमही खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष दण्डीराम चौधरी,नेपाली कांग्रेसमा क्षेत्रिय सभापती भेषराज पाण्डे,नेकपाका अमर कँवर नविन, नागरिक समाजका निमबहादुर जिएम,हुलाकी राजमार्ग निमार्ण आयोजना कार्यालय नेपालगञ्जका निमित्त प्रमुख रामसागर हरिजन,निमार्ण कम्पनीका प्रतिनीधि,पत्रकार र स्थानीयको सहभागिता रहेको थियो ।

    शुक्रबार, मङि्सर १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...