• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ४. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

पालुथानका सबै घरमा पानीका धारा


  •   मङ्गलबार, मङि्सर १०, २०७६ मा प्रकाशित
  • प्यार अलि खाँन, प्यूठान  :  बर्षौ देखि खानेपानी अभावको कष्ट भोगिरहेका सरुमारानी  गाउँपालिका–३  पालुथानका स्थानियका लागि अब सुखका दिन फिरेका छन् । गाग्री बोकेर दिनहुँ पधेरा  धाउनुपर्ने बाध्यता हटेको छ। गाउँपालिकाले यहाँका घरैपिच्छे धारा पुर्‍याइदिएको छ ।  सरुमारानी गाँउपालिकाको सहयोगमा बस्तीदेखि करिब पाँच सय मिटर तल रहेको पालु पधेँराको पानी लिफ्ट गरेर गाउँमा ल्याईएपछि  खानेपानी समस्या समाधान भएको हो ।आयोजना हालै संचालनमा आएको पालुपधेँरा लिफ्ट खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हनिप मिँयाले बताए ।’पुस्तौंदेखि समस्या भोग्दै आएका स्थानीय घरमै पानी आएपछि निकै खुसी छन्’ उनले भने।गत आर्थिक वर्षमा सरुमारानी गाँउपालिकाको ३५ लाख र स्थानीयबासीहरुको २० प्रतिशत जन श्रमदानमा खानेपानी योजना सम्पन्न भएको उनले जानकारी गराए । गाउँमा घरैपिच्छे पानीका धारा पु¥याईएको मियाँले बताए । ‘चार महिना अघिदेखि धारामा पानी झरेको छ’, मियाँले भने, ‘खानेपानीको सहज आपूर्तिले स्थानीयहरुको दैनिकी फेरिएको छ ।’ ६० घरधुरीका करिब तीन सय ५० स्थानीय प्रत्यक्ष लांभाविन्त भएका छन् । विहान तथा साँझपख धाराहरुमा पानी छोड्ने गरिएको छ । २५ घनमिटर क्षमताको दुई वटा रिर्जभ ट्यांकीमा खानेपानी संकलन गरि पानी संचालन गरिएको छ । पम्प हाउस, ईनटेकको रेखदेख तथा महशुल उठाउन उपभोक्ता समितिले गाउँकै एक जना हेरालु समेत राखेको छ । ‘हेरालुलाई मासिक सात हजार तलब दिएका छौँ’,उनले भने,‘पलम्बरको साथै योजनाका सबै कामहरु गर्दै आएका छन् ।’ खानेपानी डिभिजन कार्यालय प्यूठानले मुहान संरक्षणका लागि तारजाली लगाउन एक लाख नौ हजार रुपैयाँ खर्च गरेको मिँयाले बताए । उपभोक्ताहरुले दश युनिट सम्मको मासिक दुई सय रुपैयाँ र त्यसभन्दा माथी प्रति यूनिट २० रुपैयाँ महशुल तिर्नुपर्ने समितिले जनाएको छ ।गाँउपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले २०७७ भित्र गाउँपालिकाभरी खानेपानीको सहज पहुँच पु¥याउने बताएका छन् । गाउँपालिकाकै गौरवको आयोजनाको रुपमा रहेको हंसपुर बृहत खानेपानी आयोेजनाको ७५ प्रतिशत काम यसै वर्ष सकिने उनले बताए । ‘यसै वर्ष माडी नदिदेखि माथि बस्तीको आरबीटीसम्म जीआई पाईप जोड्छौँ’,उनले भने,‘आगामी वर्ष गाउँबासीको घर–घरमा पानीका धारा खस्छन् ।’ वडा नं. २ ददेरीमा चालु आर्थिक वर्ष दुई सय ८ घरधुरीमा एक घर, एक धारा योजना सम्पन्न गर्ने गरि काम भइरहेको उनले बताए । एक घर, एक धारा अन्तर्गत वडा नं. १ को झिलिबाङ र कालिबनमा यसवर्ष खानेपानीका योजनाहरु सम्पन्न हुने गाउँपालिकाले जनाएको छ । बांगेसालमा ७९ वटा कुवा समेत खनिएको छ । गाउँपालिकाका अन्य वर्डाहरुमा समेत खानेपानी योजना संचालनमा रहेको विश्वकर्माले जानकारी गराए ।

    Advertisement

    मङ्गलबार, मङि्सर १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    ‘लुम्बिनीमा भन्सार छली मिलेमतोमै भइरहेको छ’ : मुख्यमन्त्री आचार्य
    चुनाव सर्ने हल्ला निराधार, निर्धारित मितिमै हुन्छ : गृहमन्त्री अर्याल
    डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार
    देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ४.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...