• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, भदौ ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

  • ४. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ५. शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

  • ६. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ७. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ८. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ९. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • १०. प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

लमहीमा सर्पदंश उपचार केन्द्र भवनको शिलान्यास


  •   सोमबार, मङि्सर ०९, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन,लमही। दाङको लमहीमा सर्पदंस उपचार केन्द्र भवनको सोमबार शिलन्यास गरिएको छ । धेरै वर्ष देखि बहसमै सिमित रहेको सर्पदंश उपचार केन्द्र स्थापनार्थ भवनको लमही नगरप्रमुख कुलबहादुर केसीले शिलन्यास गरेका हुन् । पश्चिममा नेपालगंज र पूर्वमा कपिलबस्तुको गोरुसिँगे बिचमा सर्पदंश उपचार केन्द्र छैन । उपचार केन्द्र टाढा भएकै कारण सर्पको टोकाई बाट घाईते भएका हरुको बाटोमै मृत्यु हुने गरेको घटना थुप्रै छन् । दाङ्गमा सर्पको टोकाई बाट वर्षेनी मृत्यु हुनेको संख्या बढ्दै गएकोले सर्पदंस उपचारार्थको लागि लमही नगरपालिकाले योजना अघि सारेको हो ।
    सर्पदंस उपचारार्थ भवन निर्माणका लागि २ करोड ७ लाख १८ हजार ७ सय ९० रुपैँयामा डोको कन्सल्टेन्ट एण्ड कन्स्ट्रक्सन प्रा.लि ले २०७७ साल श्रावण ६ गतेसम्म सम्पन्न गरिसक्ने गरि ठेक्का लिएको छ ।भवनको शिलन्यास गर्दै लमही नगरपालिकाका नगर प्रमुख केसीले अव सर्पको टोकाइबाट मृत्यु हुनेको सँख्यामा कमि हुने बिश्वास ब्यक्त गरे । लमही अस्पतालमा अायोजित शिलन्यास कार्यक्रममा बोल्दै नगर प्रमुख केसीले अस्पतालमा औषधीको कमी रहेको गुणासा अाईरहेका बेला त्यस्ता गुणासाको सधैलाई अन्त्य गरिने बताए । उनले अस्पतालले दिने सेवामा कमी कमजोरी नहुने बताउँदै कर्मचारी, नगरपालिका र सेवाग्रहीको इच्क्षा शक्तिलाई जगाउनु पर्ने अाबश्यक्ता अौँल्याए ।यस्तै कार्यक्रममा नगर उप–प्रमुख देवका बेल्वासेले अस्पताल लाई अस्पताल जस्तो बनाउन र अस्पतालको स्तरवृद्धि गर्न अहोरात्र खटिएको बताईन । बेलबासेले अस्पताललाई सेवामुखी बनाउन डाक्टरको पनि प्रमुख भुमिका रहने बताउँदै सकारात्मक भुमिका निर्वाह गर्नुपर्ने सुझाब दिईन ।
    कार्यक्रममा लमही नगरपालिकाका प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगी, ईन्जिनयर बिजयदेब चौधरी, लमही नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष नुमराज पौडेल, लमही अस्पतालका निमित्त डा. अकाश बेल्वासे, नेपाल पत्रकार महासंघ दाङ शाखाकि उपाध्यक्ष लिला शाह, पत्रकार राधेश्याम गुप्ता लगाएतका वक्ताले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको सहजिकरण लमही नगरपालिकाका योजना प्रमुख पुष्पराज अधिकारीले गरेका थिए । यसैबिच लमही नगरपालिकाले देउखुरीका स्वास्थ्यकर्मी तथा चिकित्सकलाई सर्पदंश उपचार सम्बन्धी तालिम प्रदान गरिसकेको जनाएको छ । लमहीमा सर्पदंश उपचार केन्द्र स्थापना हुने भएपछी यहाँका स्वास्थ्यकर्मीलाई दक्ष बनाउन तालिम प्रदान गरिएको नगरप्रमुख केसीले जनाए ।
    लमही नगरपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम दिईएको हो ।तालिममा देउखुरीका अधिकांस स्वास्थ्यकर्मि हरुलाई उपस्थित गराएका थियौं, नगर प्रमुख केसीले भने,–। सर्पले टोकेकाहरु उपचारको लागि अनेत्र जानुपर्ने बाध्यता अव हटाउँछौ ।, स्वास्थ्य सेवा विभागका इ.डि.सि. स्वास्थ्य सेवाका प्रमुख डा. समिरकुमार अधिकारी र काठमाण्डौँ स्वास्थ्य सेवा विभाग सर्पदंश विशेषज्ञ डा.कृष्णप्रसाद सुबेदीले स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई तालिम प्रदान गरेका थिए ।।

    Advertisement

    सोमबार, मङि्सर ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै

    • ४.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ५.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ६.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • २.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ३.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ५.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ६.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ७.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • ८.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...