अनिल खत्री, गुल्मी । लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रिय अधिबेशनको लागि गुल्मीबाट २४ जना प्रतिनिधी पोखरा जाने भएका छन् । यहि मंसिर ६,७ र ८ गते पोखरमा सम्पन्न हुने ७ औं केन्द्रिय महाधिबेशनको लागि २४ जना प्रतिनिधी पोखरा जाने भएको प्रतिष्ठान गुल्मीका निर्वतमान अध्यक्ष जनक पन्थले बताए ।
तिन दिनसम्म पोखरमा हुन लागेको महधिबेशनको लागि प्रतिनिधी सहितको टोली शुक्रवार गुल्मीबाट पोखरा जाने भएका हुन् । महाधिबेशनमा गुल्मेली ४ कलाकारलाई केन्द्रिय सदस्यमा निर्वाचित गर्न आह्वान समेत गरेका छन् । यस जिल्लाबाट केन्द्रिय स्तरमा चर्चामा रहेका प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष रामचन्द्र चन्द, संस्थापक सदस्य सिता राना, पूर्व सदस्य महेन्द्र गौतम र पुरुषोत्तम भण्डारी पूर्खे बालाई मत दिएर बिजयी बनाउनको निम्ति आह्वान समेत गरेका छन् ।
केन्द्रिय सदस्यमा उम्मेदरवार बन्न लागे गुल्मेली ४ कलाकारलाई बिजयी बनाउनको निम्ति आह्वान पनि गरिएको निर्वतमान अध्यक्ष पन्थले बताए ।
यस जिल्लाको प्रतिभालाई कलाकारहरुको हक हितको निम्ति संस्थामा रहेका काम गर्ने अबसर प्रदान गर्नको निम्ति बिजयी बनाउन आह्वान गरिएको पन्थको भनाई छ । पोखरामा नेपाल भरका प्रतिष्ठानमा आबद्ध कलाकारहरुको जमघट हुँदैछ ।
प्रतिष्ठानको केन्द्रिय सदस्यमा चार गुल्मेली कलाकारले उम्मेदवारी दिने
प्रतिष्ठानको केन्द्रिय सदस्यमा चार गुल्मेली कलाकारले उम्मेदवारी दिने
Advertisement
तपाईको प्रतिक्रिया