काठमाडौ । कपिलवस्तुको कृष्णनगर घटनाको विषयमा ध्यानाकर्षण गराउन पुर्व कृषि मन्त्री एवम व्यवस्थापिका संसद सदस्य अक्वाल अहमद शाहले गृहमन्त्री राम बहादुर थापालाई भेट्वार्ता गर्नु भएको छ । मुस्लिम नेता तथा वुद्धिजिवीहरु साथमा गृहमन्त्री राम वहादुर थापा वादललाइ भेट गरि निष्पक्ष छानविन गरी दोषि माथि कारवाहीको लागि ध्यान आर्कषण गराएको शाहले जानकारी दिनु भयो । भेटघाट टोलिमा नेकपाका मुस्लिम सगठनका अध्यक्ष सिराज अहमद फारुकी, नेपाल हज समितिका अध्यक्ष शमशेर मिया, नेपाल मुस्लिम आयोगका पदाधिकारी सहित गृहमन्त्रीलाई भेट गरेको बताइएको छ । पुर्व मन्त्री शाह्ले कृष्णनगर घटनाले धार्मीक तथा साम्प्रादायिक सदभाव खलल पु¥याउने कार्य भएको भन्दै यस विषयमा गम्भीर वन्न समेत आग्रह गर्नु भएको छ । कृष्णनगर घटनामा घाइते भएकाहरुको यथासिघ्र स्वास्थ्य उपचारको व्यवस्था गर्दै घटनामा दोषी सोनु हलवाई(मोदनवाल ) लगायतलाई कानुनी दायरामा ल्याउन जोडदार माग गरिएको बताउनु । नेपाल र नेपालीहरु विच रहदै आएको धार्मीक सहिष्णुतालाई खलल पर्ने गरि दंगा गराउन नचाहनेहरु तर्फ विषेश आकर्षण गराउदै मुस्लिम समुदाय र न्यायकर्मी नेपालीहरुको विषेश सुरक्षका लागि समेत माग गरेको छ ।
पुर्वमन्त्री शाहले भेटे गृहमन्त्री, सत्यतथ्य छानबिन गर्न माग
पुर्वमन्त्री शाहले भेटे गृहमन्त्री, सत्यतथ्य छानबिन गर्न माग

Advertisement
तपाईको प्रतिक्रिया