कामना डेली,प्युठान।नेपाली लेखक संघ प्यूठानले प्रकाशन गरेको शंखध्वनी साहित्यीक वार्षिक पत्रिका आज टिकुरीमा विमोचन गरिएको छ । नेपाली कांग्रेस प्यूठानका पूर्व सभापति शालिग्राम पण्डितले एक कार्यक्रमका बीच सो पत्रिकाको विमोचन गर्नुभएको हो । पत्रिकाको विमोचन गर्दै पूर्व सभापति पण्डितले साहित्यले समाजको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘लोकतान्त्रिक खुल्ला परिवेशमा मात्र साहित्यको राम्रो विकास हुन सक्छ ।’ शंखले शान्तिको शंखनाद गरेजस्तै शंखध्वनी पत्रिकाले मानिसको मन मनमा शान्तिको भावना जागृत गराउने सफल हुनेमा पूर्व सभापति पण्डितको विश्वास रहेको छ ।सो अवसरमा पत्रिकाका सम्पादक तथा नेपाली लेखक संघ प्यूठानका अध्यक्ष बीपी सेढाइले लोकतन्त्रमा मात्र साहित्य फस्टाउन सक्ने भन्दै निरंकुशता अन्त्यको आन्दोलनमा नेपाली लेखक संघले पु¥याएको योगदानको स्मरण गर्नुभयो । ६४ पुष्ठ लामो १०० रुपैया मूल्य रहेको पत्रिकामा नेपाली लेखक संघबारे जानकारी तथा निवन्ध, कविता, लघुकथा, जीवनी, समालोचना, संस्मरण, नियात्रा, निवन्ध कथा लगायतका साहित्यीक विधा समेटिएको छ ।
शंखध्वनीको विमोचन
शंखध्वनीको विमोचन
Advertisement
तपाईको प्रतिक्रिया