• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ९. लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

  • १०. पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

युवा पुस्ता लोभिए, राेटे पिङ घुम्यो फनफनी…


  •   आइतबार, कार्तिक १०, २०७६ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ। आजभोली परम्परागत धेरै कुराहरु लोप हुॅदै गईरहेका छन । प्रविधीको विकास सॅगै परम्परागत संस्कृती र चलनहरु लोप भएका हुन । पहिले पहिले चाडबाड आउॅदा गाउॅघर तिर पिङ राख्ने प्रचलन थियो । महान चाडहरु तीज, बडा दशैं, तिहारको बेला सार्वजनिक स्थलमा परम्परागत चर्खे पिङ (चमचा पिङ), लिङ्गे पिङ, रोटे पिङ आदी बाक्लै देख्न पाईन्थ्यो । युवाहरुको सकृयता र बुढापाको सहयोगमा पिङ राख्ने प्रचलन कुनै समय व्यापक नै थियो । आजभोली गाउँघरमा युवाको जमात निकै कम छ । रोजगारीको सिलसिलामा विदेशिने क्रम निकै बढेको छ । जापान, अमेरिका, अष्ट्रेलिया, क्यानडा, दुवै, कतार, मलेसिया, भारत लगायतका राष्ट्रहरुमा नेपाली युवा युवतीहरु रोजगारीको लागि पुगेका छन । उसो त गाउँघरमा बालक देखि वृद्व वृद्वा मात्रै देख्न पाईन्छ । त्यस बाहेक उच्च शिक्षा र रोजगारीको लागि राजधानी काठमाण्डौ सँगै देशका विभिन्न शहरहरुमा पनि युवाहरु कार्यरत छन । जसले गर्दा गाउँघरमा मर्द पर्दा देखि चाडपर्वमा पहिले राखिने पिङहरु विस्तारै हराउँदै जान थालेका छन । अहिले गाउँ गाउँमा मोवाईल ईन्टरनेटले गर्दा मानिसको मनोरञ्जन लिने सहयात्री मोवाईल बनेको छ । धेरै ठाउँमा अप्टिकल फाईबर मार्फत विभिन्न सेवा प्रदायक कम्पनीहरुले ईन्टरनेट सेवा पुर्याएका छन । त्यस्तै नेपाल टेलिकम, एनसेल र अन्य निजी सेवा प्रदायक दुरसञ्चार कम्पनीले उच्च गतिको थ्रिजी डाटा सर्भिस र फोर जी सेवाको पनि विस्तार गर्ने क्रम तिव्र छ । हरेक चीज अहिले युट्युव र अनलाईन मार्फत हेर्न र मनोरञ्जन लिन सहज भएको छ । पछिल्ला पुस्तालाई पुराना परम्परागत चीजहरु प्रति न धेरै ज्ञान नै छ न त आकर्षण नै । अहिलेको युवा पुस्तालाई यि कुराहरु एका देशको कथा जस्तो हुन थालिसकेको छ । झण्डै १ दशक पछि गलकोट नगरपालिका ७ मल्ममा चर्खे पिङ (चमचा पिङ) निर्माण गरिएको छ । स्थानिय जनहित कला केन्द्रको ५ औं वार्षिकोत्सव तथा तिहार मेलालाई लक्षित गरि स्थानिय काठको प्रयोगबाट चर्खे पिङ र लिङ्गे पिङ निर्माण गरिएको हो । स्थानिय सिकर्मीहरुले २ दिन लगाएर पिङ निर्माण गरेका हुन । त्यस्तै स्थानिय बाँस र बाबियो बाटेर लिङ्गे पिङ बनाईएको हो । मेला अवधिभर पिङमा दर्शकहरु मज्जाले रमाए । अहिलेका बाल बच्चा र युवा पिडीले पनि परम्परागत स्थानिय पिङको अनुभव बटुले । मल्मका स्थानिय युवाहरु र समाजसेवीहरुको सकृयतामा उक्त २ वटा पिङहरु बनाईएको हो । पिङले अहिले थुप्रै मानिसलाई आकर्षित गरिरहेको छ । महान चाड तिहार शुभारम्भ भईसकेको छ । देश विदेशबाट तिहार मनाउन अहिले गाउँघरमा मानिसहरु जम्मा भएका छन । एकातिर तिहारको रौनकता छाएको छ भनें धान पराल भित्राउने र गहुँ छर्ने किसानलाई चटारो छ । तिहार सँगै कामको चापाचाप र मानिसको व्यस्तता निकै बढेको छ । लामो समय पछि परम्परागत पिङ निर्माण हुँदा स्थानिय खुसी भएका छन । हराउँदै जान थालेको संस्कृतिले फेरी एकपटक पुनर्ताजकी बनाएको छ । गलकोटमा आगामी मंसिर पहिलो हप्ता दोस्रो गलकोट घुम्टे महोत्सव सञ्चालन हुँदै छ । महोत्सवमा पनि उक्त चर्खे पिङ (चमचा पिङ) आकर्षणको रुपमा राखिने तयारी भईरहेको बताईएको छ । यसले लोप हुँदै गरेको परम्परागत पिङ प्रति पछिल्लो पुस्ताको आकर्षण त थप्ने नै छ र संस्कृति संरक्षण र सम्वर्दनमा पनि टेवा पुराउने छ भन्ने हाम्रो अपेक्षा छ ।

    Advertisement

    आइतबार, कार्तिक १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    भर्खरै

    • १.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ३.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • ४.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • ५.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ६.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ७.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ८.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...