• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असार १८, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

लोकप्रिय समाचार

  • १. प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन उद्यमी’देखि ‘एक घर, एक धारा’सम्म

  • २. किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

  • ३. छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

  • ४. प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

  • ५. रेसुङ्गाको महिमा गुञ्जिएको भजन ‘रेसुङ्गा जाऔं’ सार्वजनिक

  • ६. प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

  • ७. प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

  • ८. गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा भेटिए

  • ९. दलित बालबालिकालाई कपी वितरण गर्दै वडाध्यक्ष बुढाले मनाए जन्मदिन

  • १०. बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव लिन संवाद कार्यक्रम

रोल्पामा भेटिए ‘जनयुद्ध’मा भण्डारण गरिएका हतियार


  •   शुक्रबार, असोज २४, २०७६ मा प्रकाशित
  • रोल्पा । तत्कालीन नेकपा माओवादीको उद्गमस्थल थलो रोल्पामा ठूलो परिमाणका हातहतियार र विस्फोटक पदार्थ फेला परेको छ । रोल्पाको उत्तरी कुलेरी भित्रीवनको परिवर्तन गाउँपालिका–१ कुरेली भित्रिवन पुवाखोरेको एक गोठमा युद्धताका भण्डारण गरिएको युद्ध सामग्री नेपाली सेनाले असोजको दोस्रो साता नियन्त्रणमा लिएको हो । गोठबाट उच्च विस्फोटक (हाइ एक्सप्लोसिभ) बम, ह्याण्ड ग्रिनेड, हतियार, गोली र विष्फोटक सामग्री फेला परेका थिए । गोठबाट एलएमजी व्यारेल ६ थान, म्यागनम व्यारेल १ थान, इम्प्रोभाइज बन्दुक १ थान र इम्प्रोभाइजर मोर्टार गण १ थान फेला परेको छ। एम १६ को ‘लाइभ राउण्ड’ (गोली) ४ हजार १ सय ९१ वटा र एटीवानको खाली गोली एक सय ३९ थान बरामद गरिएको छ। एटीवान लाइभ बम ११ थान, फोर्टी एमएचई बम ३ थान, हाते ‘ग्रिनेड–३६’ को ३ थान, ‘डेटोनेटर–७५’ थान ५, ‘डेटोनेटर–२७’ थान २, फिप्टी वान एचइ बम १३ थान र इस्मोकमिङ कम्प्लिट बम १९ थान छन् ।यस्तै टुइन्च मोर्टारको सेल २२ वटा, १२ केजी बारुद, २ केजी गण पाउडर र ४ मिटर सेफ्टी फ्यूज छन्। विभिन्न हतियारका खाली म्यागजिन पनि गोठमा फेला परेका थिए । एसएलआरको १३ वटा, थी्र नट थ्रीको ११ वटा, एलएमजीको ३७ वटा, एसएमजीको दुई, एके ४७ को एक, गलिलको एक र पेस्तोलको तीनवटा खाली म्यागजिन छन् । बिग्रिएको अवस्थाका दुईवटा साना जेनेरेटर पनि फेला परेको छ ।स्थानीयकै सूचनाका आधारमा यी सामग्री फेला परेका हुन् । युद्धताका यहाँ हातहतियार उत्पादन गर्ने गोप्य थलो रहेको बुझिएको छ। शान्ति प्रक्रियापछि युद्ध सामग्री भण्डारण गरिएको गोठको कसैले चासो नदिएको उनीहरु बताउँछन् ।स्थानीय बासिन्दाका अनुसार सशस्त्र युद्धताका यहाँ हातहतियार र विष्फोटक सामग्री उत्पादनसमेत हुने गरेको थियो । युद्धकै बेला भण्डारण गरिएका हतियार, गोली र विष्फोटक सामग्री शान्ति प्रक्रियाको लामो अवधिसम्म गोठमै थिए । शान्ति प्रक्रियामा आएपछि तत्कालीन माओवादी नेतृत्वले शान्ति प्रक्रियामा आएपछि आफुसँग भएका हातहतियार ‘खोलाले बगाएको’ टिप्पणी गरेका थिए ।वैदेशिक रोजगारमा गएर फर्किएका गोठधनी राजकुमार बुढाले युद्ध सामग्री हटाइदिन तत्कालीन नेकपा माओवादीका नेतालाई आग्रह गरेपछि युद्ध सामग्री भण्डारणको रहस्य बाहिरिएको हो । गत असोज ११ र १२ गते नेपाली सेनाको एक टोलीले गोठमा रहेको ‘युद्ध सामग्री’ नियन्त्रणमा लिएको स्थानीयले बताए ।कतिपय हतियार, बम, गोली र बारुद काम नलाग्ने अवस्थाका भए पनि हजारौंको संख्यामा रहेको एम १६ को गोली र बम प्रयोग योग्य छन् । खिया लागेर काम नलाग्ने अवस्थाका युद्ध सामग्री नेपाली सेनाको डिस्पोजल टोलीले गोठ नजिकै डिस्पोज गरेको थियो ।गोठमा रहेको युद्ध सामग्री नियन्त्रणमा ल्याउनेबारे असोज १० मा जिल्ला सुरक्षा समितिको बैठक समेत बसेको थियो । बैठकमा ५ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, नेपाली सेनाका पृतनापति सीताराम खड्का, नेपाल प्रहरीका डीआईजी सुरेशविक्रम शाह उपस्थित थिए ।

    Advertisement

    शुक्रबार, असोज २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै
    बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार
    गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा भेटिए
    प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन उद्यमी’देखि ‘एक घर, एक धारा’सम्म
    प्यूठानमा एक पालिका एक खेलमैदान योजना अलपत्र
    ब्याट नपाएका केशव, बलिङ चम्काएको शुभम

    लोकप्रिय

    • १.
      प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन

    • २.
      किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

    • ३.
      छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा

    • ४.
      प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

    • ५.
      रेसुङ्गाको महिमा गुञ्जिएको भजन ‘रेसुङ्गा जाऔं’ सार्वजनिक

    • ६.
      प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

    भर्खरै

    • १.
      झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

    • २.
      बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

    • ३.
      लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

    • ४.
      रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

    • ५.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    • ६.
      क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

    • ७.
      गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

    • ८.
      रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...