• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, जेठ ०६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

गुल्मीको धुर्कोटसहित चार पालिकामा शून्य बेरुजु

गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई पर्यटन व्यवसायसँग जोड्ने प्रयास

भूमिहीन सुकुम्बासीको बुटवल भेला : ७५ सदस्यीय समिति गठन, १२ बुँदे माग अघि सारियो

बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने तयारी

लोकप्रिय समाचार

  • १. कर्मचारीले राजनीति गरे जागिर जाने

  • २. गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • ३. पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

  • ४. मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

  • ५. ६५ वर्षमा एसईई उत्तीर्ण

  • ६. रोल्पा जलजला क्षेत्रको जंगलमा रेड पान्डा भेटियो

  • ७. अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

  • ८. बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने तयारी

  • ९. गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई पर्यटन व्यवसायसँग जोड्ने प्रयास

  • १०. डोल्पाको जगदुल्लामा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ४५२ लाभान्वित

मिस्टर डोजर– एक खाँटी कम्युनिष्ट


  •   मङ्गलबार, असोज ०७, २०७६ मा प्रकाशित
  • – विजय विश्वकर्मा। अहिलेको सत्ताधारी पार्टी होे डबल नेकपा यानेकी नेपाल कम्युनिष्ट पार्टी । डबल नेकपा सत्ताधारी मात्र हैन नेपालको (भन्न त दक्षिण एसियाकै भन्छन ) सबैभन्दा ठुलो कम्युनिष्ट पार्टी हो । मैले यहाँ यो कम्युनिष्ट शब्द लहैलहैमा लेख्या छु है सबैले कम्युनिष्ट भनेको हुँदा मैले पनि लेख्देको हो । यही डबल कम्युनिष्ट पार्टीका दुई मध्येका एक सुप्रिमोले २०७६र०६र०६ गते सहाना प्रधानको वार्षिकी कार्यक्रममा हामी कम्युनिष्ट जस्ता रहेनौ भनेर भाषण ठोकेको सुनेपछि म रनभुल्लमा परेको छु । यो कुरा ऐरेगैरे नेता बोलेका पनि हैनन, भनेका पनि हैनन । आक्नै सेना बनाएर १०र१० वर्ष जनयुद्ध लडेर दुनियालाई हायलकायल बनाएका, दुईदुई पटक प्रधानमन्त्री भएका, अहिले त झन सबैभन्दा ठुलो पार्टीकै अध्यक्षले हामी कम्युनिष्ट जस्ता रहेनौ भन्दा म एकछक दुईछक हैन तीनछक परेको छु । अध्यक्ष नै कम्युनिष्ट नरहेपछि उनी मातहतका मान्छेहरु पनि कम्युनिष्ट हुनै कुरै भएन । अब यो देशमा को रहेछ त कम्युनिष्ट भन्ने सोच्दासोच्दा मेरो दिमाग खराब हुन लागेको छ ।यही खराब हुन लागेको दिमागले बेलाकुबेला ९र१० कक्षाका स्कुले दिन सम्झिन्छ । स्कुल पढने समयमा म स्कुल विदा भएको बखत रामलाल सरको पुस्तक पसलमा पुग्थे । त्यहाँ जानुको मजा नै बेग्लै थियो । पसल बाहिर दैनिकर साप्ताहिकरमासिक पत्रिका र म्यागेजिङ्गहरु राखिएका हुन्थे । तिनै पत्रिका र पुस्तक मजाले पढिन्थ्यो । त्यतिबेला देखि नै हो मैले जनादेश र जनआस्था साप्ताहिक पढन सुरु गरेको । जनादेश सधै पढन पाईदैनथ्यो किनकी यो माओबादीको मुखपत्र थियो । प्रहरी कार्यालय नजिक रहेको पुस्तक पसल निगरानीमै थियो । आक्कलझुक्कल जनादेश साप्ताहिकको हेडलाईन हेर्न पाईन्थ्यो। जनआस्थामा पनि माओबादी सँग सम्बन्धित समाचार प्रशस्त हुन्थे । कम्युनिष्ट शब्द मैले यिनै पत्रिकामा नै भेटेको हो । यिनै पत्रिकामा धेरथोर पढन पाउँदा मलाई कम्युनिष्ट पार्टीप्रति रुचि लागेको थियो । एस.एल.सी. को परिक्षा दिएपछि रिजल्ट नआउदै म प्रेस मजदुर भैसकेको थिए । पहिलो युद्धविरामकाल भएकोले मैले काम गर्ने प्रेसमा माओबादी आन्दोलनसँग सम्बन्धित फरकफरक पुस्तकहरु दिनरात छपाईए । छपाउन आउने माओबादी नेताकार्यकर्तासँग चिनजान भयो । किताबहरु मजाले पढन पाईयो । बोदो दिमागले गर्दा धेरै बुझ्न त सकिएन तर अलिअलि जनयुद्ध, कम्युनिष्ट आन्दोलन, कम्युनिष्ट पार्टीहरुका बारेमा बुझियो । सबैकुरा नबुझेपनि कम्युनिष्ट भनेका जातीपाती नमान्ने, धनीगरिब बिच खाडल हुन नदिने, स्रोतसाधनको सबैलाई समान वितरण गर्ने, लोभलालच छलछाम नगर्ने र गर्न पनि नदिने, शोषणदमन भएमा प्रतिरोध गर्न सिकाउने, सबैलाई समान ब्यवहार गर्ने, ब्यक्तिगत सम्पति राख्दै नराख्ने, हरदम देश र जनताको खुशी चाहने नै हुन भन्ने मेरो बुझाई हो ।अब यी गुण भएका कम्युनिष्ट खोज्न पर्ने भयो । खोज्न त खोज्ने कहाँ खोज्ने ? अहिले नेपालका कम्युनिष्टहरु कोही नामधारी भए । भौतिकबादका भाषण २र४ घन्टा नै गर्छ तर घरमा मजस्तै साथीलाई लैजादा यस्तै छ साथी बाआमाले कुरा बुझेका छैनन मर्का बुझिदिनुस यही बसेर खाना खाम भन्दै पिढिमा बसाल्छ । सङ्गै यात्रा गर्दा पिसाब लाग्यो भने पिसाब फेर्दा खुइलिएको जनै कानमा अडयाउछ । केही काम गर्न लगायो कि फाईदा खोजीहाल्ने दामधारी भए । आदर्शका गफ लगाएको लगाई गर्ने तर सिन्को पनि नभाच्ने बेकामधारी भए । मरे मरिहालियो शहिद भैयो बाँचे नाफाको जिन्दगी भन्नेपनि त देखियो । नेपालका ४र६ वटा कम्युनिष्ट नाम जोडीएका पार्टीको ईतिहास र वर्तमान हेरेरपढे । मैले गन्यमान्य कस्लाई चिनेको छैन नाम किन लेखिरहनु सुची सय भन्दा बढी हुन्छ । तर उनीहरुले पो मलाई चिन्दैनन र गाह्रो छ । ती केन्द्रका गन्यमान्य कम्निष्टनाम जोडिएका नेताको सेरोफेरो हेरे तर किताबमा पढेजस्तो कम्निष्ट हुन भन्नेमा बडो शंका लाग्यो । केन्द्रका मात्र किन चिनेजानेका सँगत भएका प्रदेश, स्थानीय तह, वार्ड, गाँउ कमिटी का नेता कार्यकर्ता हेरे, यसो आफैलाई पनि हेरे । हामीमा के को कम्निष्ट आचरण ब्यबहार पाईनथ्यो एकरति पनि कम्निष्ट ब्यबहार पाईएन । जस्लाई पनि लोभलालच छ ।जस्लाई पनि धनसम्पति थुर्पानु छ । हिजो एकै थालमा भुटेका मकै चपाएर भकारोमा पराल ओढेर सुतेका साथी आपसमै खुराफातमा रमाउछन । आफ्नैले आफनैलाई हराउछन । नाताबाद र परिवारबादमा चुर्लुम डुबेर पौडी खेल्छन । आफ्नो जित खोज्दैनन तर साथीको हारमा चियर्स गराउँछन । यस्तो भएपछि कम्युनिष्ट कहाँ खोजम । नखोजी पनि भएको छैन भेटीने पनि चान्स छैन । तनाबैबतनाब पो हुनलाग्यो ।यो तनाबले कताकता यसो बहुलापानी पो मागेको होकी जस्तो नि लाग्यो । ए ठुली कुनामा राखेको एक बोतल र भुटेको भट्ट सहित बाइबेडाको अचार लेत बाए । कम्निष्टसम्निष्ट खोज्दै गरम्ला यसो बहुलापानी चिरिप्प पार्नपरो । एक बोतल बहुलापानी के सक्या थ्यो मेरो दिमागमा खाँटी कम्निष्ट आईहाले । हाम्रो तम्घासमा एकजना डोजर नामले परिचित दाई थिए । अहिले त उनी स्वर्गिय भैसके । बाटोघाटो खन्ने मेसिनलाई पो डोजर भनिन्छ मान्छेको नाम पनि कहीँ डोजर हुन्छ यार यस्को दिमाग खुस्कीयो की क्या हो भन्ने पनि अरुलाइ लाग्ला । गुल्मीको बडागाँउतिर घर भएका हाईटटाईट मिलेका दाईले तम्घासमा भारी बोक्ने काम गर्थे । उनी प्रायः झयापुल्ले कपाल र दारीमा हुन्थे । सामान्य मान्छेले दुईपटकमा बोक्ने भारी उनले एकैपटकमा बोक्ने धेरै बलियो भएको हुनाले उनलाई डोजर भनिएको हो रे । घर बडागाँउतिर हो भन्थे तर उनी घरमा गएको कहिले जानिएन । तम्घासकै पाटीपौवामा उनी मस्त सुतिदिन्थे । ब्यक्तिगत सम्पति नभएका खाँटी सर्वहारा थिए । प्रायः जसोलाई सम्मानजनक नाता लगाएरै बोल्थे । जरकमरकका काम गर्न तम्घासबासीले खोज्ने ब्यक्ति उनै थिए । उनले कहिलेपनि ढाँटछल गरेर खाएको थाहा पाईएन । काम गर्थे आएको पैसाले मस्त बहुलापानी पनि पिउथे अनि बाटोपौवामा मस्तले नै सुत्थे । भारी बोक्दा निस्केका पसिना पुछदै दुःख मला कैले भैन सुखले छोडदै छोडिन हा.हा.हा. भन्दै उन्मुक्त हाँस्थे । गर्ने खाने मर्ने जाने केको दुःख गर्नु विनास्वादैको भन्दै बेलाबेला हास्थे । उनको बोली हाँसो देख्दा लाग्थ्यो उनको मनमा छलकपट एकरत्ति पनि छैन । उनमा धनसम्पतिको लोभ थिएन । उनमा पारिवारीक मायामोह र स्वार्थ थिएन । उनमा अरुलाई छिर्के हानेररसुराफात गरेर लडाउनेरभिडाउने कला थिएन । यति गुण भएका डोजर मेरो बुझाईमा पियोर कम्युनिष्ट हुन । मिस्टर डोजर खाँटी कम्युनिष्ट हुन । डोजरलाई मैले खाँटी कम्युनिष्ट मान्दा जो जो रिसाए रिसाउन यत्रैसिती लु जा ।
    डोजर यिनै हुन । तस्बिर स्रोत कर्ण पाण्डे ।

    Advertisement

    मङ्गलबार, असोज ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा
    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा
    लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु
    धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग
    हेटौंडा–ढल्केबर विद्युत् प्रसारण लाइन अघि बढ्यो
    विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य

    लोकप्रिय

    • १.
      कर्मचारीले राजनीति गरे जागिर जाने

    • २.
      गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    • ३.
      पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

    • ४.
      मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

    • ५.
      ६५ वर्षमा एसईई उत्तीर्ण

    • ६.
      रोल्पा जलजला क्षेत्रको जंगलमा रेड पान्डा भेटियो

    भर्खरै

    • १.
      गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    • २.
      बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

    • ३.
      एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

    • ४.
      पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

    • ५.
      सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

    • ६.
      गुल्मीको धुर्कोटसहित चार पालिकामा शून्य बेरुजु

    • ७.
      गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई पर्यटन व्यवसायसँग जोड्ने प्रयास

    • ८.
      भूमिहीन सुकुम्बासीको बुटवल भेला : ७५ सदस्यीय समिति गठन, १२ बुँदे माग अघि सारियो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation