• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ९. लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

  • १०. पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

पारिश्रमिक नपाएको भन्दै वडा कार्यालयमा ताला ठोकेपछि


  •   शुक्रबार, भदौ १३, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन,देउखुरी । दाङ्गको राजपुर गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालयमा स्थानियले ताला लगाएका छन् । योजनाको काम गरे बाफत पारिश्रमिक नपाएको भन्दै स्थानियले ताला लगाएका हुन् ।अनिश्चित तालाबन्दि गरेको भएपनि बेला प्रहरी चौकिका प्रमुख बल बहादुर सुनारको टोलीले लगाएको ताला तोडेको छ । योजना सम्पन्न भएर गाउँपालिका बाट बजेट निकासा भएपनि अाफुहरुले काम गरेबाफत १ रुपैया नपाएको पिडित बासुदेब यादबले बताए । उनले निकासा भईसकेको रकम उपभोक्ता समिति र वडाध्यक्ष रामछोरे यादबको मिलोमतोमा गायब भएको अारोप समेत लगाए । “वडाध्यक्ष र उपभोक्ता समिति मिलेर पैशा सखाप बनाए, हाम्रो पारिश्रमिक पनि पाईएन पिडित यादबले भने-हाम्रो कुरा गाउँपालिकाले पनि सुनेन, हाम्रो पैशा हामिले पाउनु पय्रो ।”७५ जना पिडित द्वारा हस्ताक्षरित २ दिने अल्टिमेटम निबेदन दिँदा पनि गाउँपालिकाले ब्यवास्ता गरेको अर्का पिडित पुष्पा यादबले गुणासो गरिन् ।ताला लगाउनु पुर्ब जानकारी सहितको २ दिने अल्टिमेटम दिएपनि कतैबाट सुनुवाई नभएपछि हामिले ताला लगाएका हौँ यादबले भनिन् ।ताला लगाएको ३ घण्टामा प्रहरीले खोलेको भएपनि टाढा बाट अाएका सेवाग्राही भने मर्कामा परेका छन् । उता राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले यस बिषयमा मुख खोल्न चाहेनन् । केसीले सोही बिबादलाई गाउँपालिका उपाध्यक्ष धनपति देबि यादब र प्रमुख प्रशासकिय अधिकृत हिरालाल भण्डारीले साम्य पारेपनि कुनै कुरामा चित्त नबुझ्दा ताला लगाएको हुनसक्ने अनुमान गरे । यस बिषयमा बुझेर मात्र जानकारी गराउने उनले स्पष्ट पारे ।

    Advertisement

    ४ बर्ष पुरानो ईनार देखाएर रकम निकाशा

    राजपुर गाउँपालिकाले ४ बर्ष पुरानो ईनार देखाएर बजेट निकाशा गरेको तथ्य फेला परेको छ । जुन ईनार निर्माण हुँदा स्थानिय तहको चुनाव नै भएको थिएन तर गाउँपालिकामा पुरानो कुवालाई पनि नया भनेर वडा कार्यालयको सिफारिस अाएपछि स्थानिय सरकारले पुरानो ईनारको समेत रकम निकाशा गरिदिएको छ । गत अार्थिक बर्षमा गाउँपालिकाले अाफ्नो वडा नम्वर ३ मा मात्र २६ वटा पिउने पानिको ईनार निर्माणको योजना बनायो । उपभोक्ता समितिहरु गठन गरियो अनि काम सुरु भयो । जुन योजना ८ लाख रुपैयाको हो ।योजनामा २६ वटा ईनार भएपनि पुरानो ईनार सहित जोडेर जम्मा २४ वटा ईनार निर्माण भएका छन् । तर, २६ वटा ईनार बराबरको रकम निकाशा भईसकेको छ । प्रति ईनारलाई २८ हजार ३ सय रुपैयामा निर्माण गरिसक्नु पर्ने भएपनि भ्याट रकम काटेर २४ हजार रुपैयामा निर्माण भएका छन् ।त्यही रकम पनि कसैले १० त कसैले १५ हजार पाए । रकम निकाशा भईसकेपछि प्रति कुवा २४ हजारका दरले भुक्तानी गर्नुपर्ने भएपनि वडाध्यक्ष यादब र उपभोक्ता समितिले रकम हिनामिना गरेको पिडित राम प्रसाद यादबले अारोप लगाए । “अनुगमन टोलिलाई अाफ्नै पक्षमा पारे, पुरानो ईनारलाई पनि नया भनियो-राम प्रसादले भने-यस्तो गलत हर्कत जनप्रतिनिधि लाई सुहाएन, हामिले पाउने पारिश्रमिक पाउनु पय्रो ।“त्यस्तै गत अार्थिक बर्षमै वडा कार्यालयले ७ वटा ईनार र ५ वटा हिमपाईप निर्माणको लागि ३ लाख, ३० हजार रुपैयाको योजना बनायो । काम सम्पन्न भए । रकम पनि निकाशा भयो तर, काम गरेबाफतको रकम भने स्थानियले पाएनन् । यस बिषयमा राजपुर गाँउपालिका वडा नम्बर ३ का वडाअध्यक्ष रामछोरे यादब सँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन । कार्यालयमै वडाध्यक्ष नभएपछि समस्यामा झन समस्या थपिएको हो । “बिबादलाई छलफलबाट टुङ्ग्याउनुको साटो वडाध्यक्ष अाफै हुनुहुन्न, यसरी बिबादले ठूलो रुप लिन्छ स्थानियले भने-हाम्रो निबेदन जहिले बेवास्तामा पर्छ ।” यो भन्दा पहिले पनि वडा स्तरिय युवा सञ्जाल गठन प्रक्रियामा वडाध्यक्ष यादब बिबादमा अाएका थिए ।

    शुक्रबार, भदौ १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    भर्खरै

    • १.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ३.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • ४.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • ५.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ६.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ७.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ८.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...