काठमाडौं।धरौटीमा रिहा भइसकेपछि सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलले आफ्नो समर्थकहरुलाई सम्बोधन गरेका छन् । सोमबार मात्रै सञ्चारकर्मीद्वय लामिछाने पाँच लाख र कँडेल तीन लाख धरौटीमा रिहा भएपछि मंगलरबाका दिन उनीहरुले चितवनबाटै भव्य कार्यक्रमकाबीच आफ्नो समर्थकहरुलाई धन्याबाद दिदै सम्बोधन गरेका हुन् ।सञ्चारकर्मी लामिछाने र कँडेलले ७७ वटै जिल्लाबाट चितवन आएर आफूहरुको न्यायका लागि लाडेको भन्दै सलाम गरेका छन् । सञ्चारकर्मी लामिछानेले ‘सीधाकुरा जनतासंग’ कार्यक्रमले मुलुकको कुना–काप्चामा पुगेर सबै समस्याहरुलाई बाहिर ल्याउन नसकेको भएता पनि आगामी दिनहरुमा प्रत्येकको घर–घरमा पुग्ने बताएका छन् ।साथै ‘सीधाकुरा जनतासँग’कार्यक्रमले आवाज विहीनहरुको आवाजलाई प्रस्तुत गरिरहने प्रतिबद्धा पनि जनाएका छन् । अहिलेसम्म यस कार्यक्रमको ६ वटा एपिसोड प्रसारण गर्न छुटिसकेको भएता पनि आगामी शनिबारबाट पुनः प्रसारण गर्ने जानकारी समेत गराएका छन् ।कार्यक्रममा हजारौंको संख्यामा उपस्थित समर्थकहरुलाई फोहोर नगरिदिन अनुरोध गर्दै सञ्चारकर्मी लाछिानेले भने– ‘कृपय फोहोर नगरिदिनुहोला । फोहोर भएता पनि सफा गरिदिनुहोला । फोहोरको व्यवस्थापन हामी आफै गरौं ।’अन्त्यमा उनले आफ्नो न्यायको लागि विदेशबाट समेत आवाज उठाएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई समेत सोही मञ्चबाट धन्यबाद दिएका छन् । हजारौंको संख्यामा उपस्थित समर्थकहरुले ‘हाम्रो रवि हाम्रो देश, प्राण भन्दा प्यारो छ, रवि दाई हाई हाई’ लगाएतका नारा लगाएका थिए ।गत साउन २० गते चितवनको कंगारु होटलमा मृत अवस्था फेला परेका पुडासैनीले आफ्नो आत्महत्यामा सञ्चारकर्मीद्वय लामिछानेसहित कँडेल र नर्स अस्मिता कार्कीलाई दोषी देखाएका थिए ।प्रहरी, सरकारी वकिल र चितवन जिल्ला अदालतसँगको बयानपछि सोमबार गरिएको थुनछेक बहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले न्यूज २४ का सीधाकुरा जनतासंग कार्यक्रमका प्रस्तोता लामिछानेलाई ५ लाख र कँडेललाई तीन लाख धरौटीमा छाड्ने निर्णय गरेको हो ।साथै यसै प्रकरणमा मुछिएकी अस्मिता कार्की (रुकु)लाई भने साधारण तारेखमा रिहा गर्ने निर्णय गरेको हो ।
news24nepal.tv
रविले भने, ‘सीधाकुरा जनतासँग’ले आवाज विहीनहरुको आवाज बोलिरहने छ’
रविले भने, ‘सीधाकुरा जनतासँग’ले आवाज विहीनहरुको आवाज बोलिरहने छ’

Advertisement
तपाईको प्रतिक्रिया