बुटवल । ४५ लाख ठगीको आरोप लागेका वाणगंगा नगरपालिकाका अध्यक्ष विश्व कार्की कारबाहीमा परेका छन् ।
अध्यक्ष कार्कीले जागिर लगाइदिने भन्दै ठगी गरेको उजुरी तथ्यसंगत भेटेपछि कारबाही स्वरूप नेकपा कपिलवस्तुले वाणगंगाको अध्यक्षबाट उनलाइ हटाएको हो ।सरकारी जागिर लगाइदिने भन्दै कार्कीले ४५ लाख ठगी गरेको भन्दै १२ युवाले उजुरी गरेका थिए । शिक्षकका लागि चार लाख ५० हजार, स्वास्थ्य सेवाका लागि ३ लाख र प्रहरीका लागि दुई लाख ६० हजार रुपैयाँका दरले कार्कीले १२ जनाबाट ४५ लाख ३० हजार रुपैयाँ लिएको खुलेको छ ।कार्की कारबाहीमा परेपछि नेकपा कपिलवस्तुले वाणगंगा नगरपालिकाको अध्यक्षको जिम्मेवारी नेकपा कपिलवस्तुका जिल्ला सचिवालय सदस्य समेत रहेका शंकर पाण्डेलाई दिएको छ ।कार्कीले यसअघि पनि विभिन्न अभियोगमा पार्टीबाट कारबाहीमा परेका थिए ।
Advertisement