• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

छाडा गाईको ब्यबस्थापनमा लमही नगर मौन, हुर्कदै गरेको अन्नबालि सखाप ।


  •   आइतबार, भदौ ०८, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन,देउखुरी । दाङ्गको लमहीमा किसानले लगाएका अन्न बाली छाडा पशु चौपायले खाएर नष्ट गरिदिँदा किसान चिन्तित बनेका छन् । देउखुरी क्षत्रको प्राय ठाउँमा यत्रतत्र छरिएर रहेका गाईहरुले लगाएको बाली नष्ट गरिदिँदा दैनिकि किसानले हैरानी ब्यहोर्नु परेको छ । बर्षभरी परिवारको दैनिकि चलाउन सहज गराउने त्यही बाली पनि छाडा पशु चौपायले नष्ट गरिदिए पछि यहाँका किसान हरु चिन्तित बनेका हुन् । “अाधुनिकिकरण खेति भन्दै त्यही अनुसार मकै धान लगाईयो, जसले गर्दा खर्चमा पनि बृद्दि भयो लमही ७ बन्गै निवासी बेफुराम चौधरीले भने-त्यसको अायस्ता नपाउँदै सखाप भयो ।” बर्सेनि कृषिमै निर्भर हुने परिवारको लागि छाडा गाई त निल्नु न अोकल्नु भएको छ । देउखुरीको लमही नगरपालिका अन्तर्गतको हाईबे र‍ोड सँगै प्राय गल्लिमा छाडा पशु चौपाय भेटिन्छन् । यसको ब्यबस्थापनमा स्थानिय सरकारले चासो नदिएका कारण पनि कृषकले हैरानी ब्यहोर्नु परेको लमही ४ घुम्ना निवासी बुद्दिराम चौधरीले अारोप लगाए । उनले छाडा गाईको अातँकका कारण रातभरी सुत्न नपाईने गुनासो गरे ।उनी जस्तै लमही नगर अन्तर्गतका प्राय किसान रातभर सुत्दैनन् । छाडा गाई धपाउनमै रात बित्छ । एक गाउँबाट अर्को गाउँ र अर्को गाउँबाट दोस्रो गाउँ सम्म छाडा गाई लखेट्न मै रात बित्ने गरेको लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री निवासी कल्पना घर्तीले बताईन । सधै जागराम बस्न नसकिने भएकाले पनि दिन प्रतिदिन छाडा गाईले नोक्सान थपिरहेको कृषकहरुको भनाई छ । लमही ७ खुटिमा मात्र करिब ५ बिगाह क्षत्रफलमा फैलिएको मकै छाडा गाईले पुरै नष्ट गरिदिएको स्थानिय अोमराज गिरिले बताए । अाधुनिक तवरबाट सबै गाउँले मिलि मकै लगाईयो, गोडमेल गरेर हुर्किदै गरेको मकै गाईले पुरै सखाप पारिदियो गिरिले गुणासो गरे ।
    दिनभर छाडा पशु चौपाय चरनका लागि जँगल जाने गरेपनि रातको समयमा गाउँ पसेर अातँक फैलाउछन् । भर्खरै गोडमेल गरेर हुर्कदै गरेको मकै जरैबाट गाईले खाईदिए पछि फेरि उक्त मकै हुर्कनको लागि असम्भब रहेको कृषि बिज्ञ हरु बताउँछन् । समान्यतया मकै ९० दिनमा तयार हुन्छ, भर्खरै हुर्कदै गरेको मकै बिचबाट चुडाएर खाएको भए उक्त बिरुवा बढ्नको लागि असम्भब रहेको मकै सुपरजोन लमहीका प्रमुख महेश रेग्मीले जानकारी दिए ।

    Advertisement

    दुर्घटनाको खतरा

    छाडा पशुचौपाय का कारण सडकमा दुर्घटना हुने खतरा पनि बढेको छ । रोड नै जाम हुने गरि गाईको हुलमा गाडी पास गराउन समस्या हुने गरेको सवारी चालक जोति बुढा मगरले बताए ।रातीको समयमा कालो रँगका गाईहरु नदेखिने भएकाले दुर्घटना हुने खतरा बढेको अस्थाई ट्राफिक पोष्ट लमहीका प्रमुख मोहन कुमार चन्दले बताए । “प्रायजसो गाईसँग मोटरसाईकिल ठोकिएर दुर्घटना हुने गरेका छन् ।तर सामान्य दुर्घटना भएपनि हामिले हेलचेक्य्राई चाहिँ गर्नु हुँदैन प्रमुख चन्दले भने गाईकै कारण भोलि ठूलो दुर्घटना नहोला भन्न सकिदैन ।” चन्दले लमही नगरपालिकामा बारम्बार गुणासो गरेपनि छाडा गाई ब्यबस्थापनमा स्थानिय सरकारले चासो नदिएको गुणासो गरे ।

    स्थानिय सरकार मौन

    लमही नगरपालिका भरीनै समस्याको रुपमा खडा भएको छाडा गाई ब्यबस्थापनमा स्थानिय सरकार मौन देखिएको छ । महिनौ देखि छाडा गाईले अातँक फैलाउँदा पनि त्यसको ब्यबस्थापनमा नगरपालिका मुख्दर्शक बनेको समाजसेवी तथा बुद्दीजिवि किशोर कुमार घर्तिले बताए । दाङ्गका प्रमुख शहर हरु मध्य लमही बजार पनि प्रमुखमा पर्छ । त्यसैपनि लमही बजार मेनरोड सँग सटेको बजार हो । त्यही बजारभरी यत्रतत्र छरिएर रहेका छाडा गाई देखि व्यापारी पनि हैरान भएका छन् । दाङ्गको तुलसीपुर उपमहानगर पालिका र घोराही उपमहानगर पालिकाले प्रमुख समस्याको रुपमा रहेको छाडा गाईको ब्यबस्थापन गरिसकेको जानकारी दिएका छन् । तर लमही नगरपालिकाले यसप्रती कुनै चासो दिएको छैन । जसले गर्दा किसान सँगै ब्यापारी, सवारी चालक र यात्रुले पनि सास्ती खेप्नु परेको छ ।छाडा गाईको ब्यबस्थापनमा लमही नगरपालिकाले अहिले कुनै योजना बनाएको छैन । गत अार्थिक बर्षमा छाडा गाईलाई कपिलबस्तु लगेर छाडिएको भएपनि त्यस्तो कार्य प्रभाबकारी नहुने नगर प्रमुख कुल बहादुर केसीले बताए ।केसीले पछिल्लो समय बुडि गाईहरु काम नलाग्ने भएपछि त्यसै छाडिने हाम्रै प्रबृत्तीले समस्या उत्पन्न भएको अारोप लगाए । “अायस्ता खाएर काम नलाग्ने भयो भन्दैमा बजारमा छोड्न मिल्छ? प्रमुख केसीले भने-हाम्रै प्रबृत्तीले समस्या झेल्नु परेको हो, यस्तो कार्य रोकेपछि छाडा गाईको समस्या अाफै समाधान हुन्छ ।” उनले अहिले नगर अन्तर्गतमा देखिने छाडा गाईहरुको ब्यबस्थापनको लागि योजना साथ अघि बढ्ने जानकारी दिएका छन् ।

    आइतबार, भदौ ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ३.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ४.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ५.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ६.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ७.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ८.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...