बुटवल ।कपिलवस्तुको बाणगंगा नगरपालिकाका नगर अध्यक्ष विश्व कार्की माथि ठगीको आरोप लागेको छ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नगर अध्यक्ष कार्कीले लोकसेवा आयोग पास गराइदिने र नेपाल प्रहरीमा जागिर लगाइदिने भन्दै अाफूहरूबाट लाखौं असुलेको पीडितहरुले बताएका छन् । ४५ लाख ३० हजार रुपैयाँ लिएको भन्दै पीडितले उजुरी दिएका हुन् ।पीडितहरुका अनुसार नगर अध्यक्ष कार्कीले शिक्षकका लागि ४ लाख ५० हजार, स्वास्थ्य सेवाका लागि ३ लाख र प्रहरी जवानका लागि २ लाख ६० हजार रुपैयाका दरले रकम असुल्दै अाएका थिए । रकम बुझाएपनि नाम ननिस्किएको र पटकपटक रकम माग्दा फिर्ता नभएको पीडितको दाबी छ ।पीडितहरुले नेकपा जिल्ला कार्यालयमा निवेदन दिँदै रकम फिर्ता दिलाइदिन माग समेत गरेका छन् ।
Advertisement