जीवन न्यौपाने, नवलपरासी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी जिल्लाको सुनवल नगरपालिका भित्र पर्ने मुख्य राजर्मागमा लामो समयदेखी छाडा छोडिएका गाईवस्तुले सवारी दुर्घटनाको जोखिम दिनानुदिन बढ्दै गएको छ । राजमार्गको विचमा हुलमा गाईवस्तु बस्छ्न, त्यहीँ गोब्र्याउँछन् जसले सवारी आवागमनलाई प्रभावित पारेकोे छ ।सुनवलनगरपालिका भित्र पर्ने सबैजसोे मुख्य सडकमा छाडा बस्तुभाउले सडकनै अवरुद्ध गर्छन् जसले गर्दा निर्वाद रुपमा यातायात सन्चालनमा बाधा पुग्ने गरेको छ ।गत असार १५ गते प्रतापपुर गाउँपालिका अन्तर्गत पर्ने भित्री सडकमा चौपायालाई जोगाउने क्रममा मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकलको पछाडी सवार प्रतापुर बस्ने वर्ष ३५ की लुल्यादेवी यादबको मृत्यु भयो भने चालक उनका श्रीमान सक्त घाइते भए । गत वर्ष यता यस्ता साना ठुला दुर्घटनाका तथ्याङ्कहरु जिल्ला टा«फिक प्रहरी कार्यालयमा दर्जन बढि छन् ।यसैगरि छाडा वस्तुभाउले नगरको सुन्दरता समेत घटाएको छ भने बजार क्षेत्रका वासिन्दाहरुलाई सास्ती दिने गरेका छन् । स्थानिय सरकारले यिनको व्यवस्थापन योजना बनाउन नसकेको स्थानियहरुको गुनासो छ । चुनावताका नगरलाई स्मार्ट सिटी बनाउने सपना बाँडेका जनप्रतिनिधिहरु यस्ता सामान्य व्यवस्थापनका कुराहरुलाई वेवास्ता गर्दा उनिहरुको सपना माथी नै बेलावखतमा प्रश्न उठ्ने गरेको स्थानियहरुको आरोप छ । यसरी छाडा छोडिएका वस्तुभाउले कतिबेला सडक दुर्घटना निम्त्याउने हो भन्ने जोखिम मोल्नुपरेको सवारी चालकहरुको गुनासो छ ।यता नगरपालिकाले भने छाडा चौपाया व्यवस्थापन गर्न गौशाला निर्माणका लागि यस आर्थिक वर्षमा दश लाख रुपैँया बजेट छुट्टाएको र गौशाला निर्माणका लागि नगरभित्र उपयुक्त स्थानको खोजि कार्य भैइरहेकोे सुनवल नगरपालिकाका प्रमुख भिम बहादुर थापाले वताएका छन् ।खासगरी पशुफर्म सञ्चालकहरुले पशुफर्ममा पालेका गाईहरु दुध दिउन्जेल आफ्नो संरक्षणमा राख्ने अनि दुध दिन छाडेपछी र बुढो भई असक्त भएपछि राजमार्ग क्षेत्र वरपर ल्याएर छाड्ने प्रवृतिले सडकमा चौपायाहरुको सङख्या बढेकोे जिल्ला टा«फिक प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख प्रहरी निरिक्षक युवराज भण्डारीले वताए ।
राजमार्गमा छोडिएका छाडा चौपायाले दुर्घटनाको जोखिम
राजमार्गमा छोडिएका छाडा चौपायाले दुर्घटनाको जोखिम

Advertisement
तपाईको प्रतिक्रिया