• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

मर्यो भनेर अन्तिम संस्कार गरेका छाेरा जिउँदै फर्किएपछि


  •   बिहिबार, साउन २३, २०७६ मा प्रकाशित
  • माधव खनाल,अर्घाखाँची । अर्घाखाँचीमा सुन्दा अपत्यारिलो तर सत्य घट्ना घटेको छ। मृतक भनेर दाहसंस्कार गरिएको छोरा घरमा जीवितै फर्किएपछि यो बिषयले चर्चा पाएको छ।
    एक युवाको शबको प्रहरी मुचुल्का भयो। बुबाले मृतक ती युवा आफ्नै छोरा भएको बताउंदै दाहसंस्कार पनि गरे । तर मृतक भनेर दाहसंस्कार गरिएको छोरा घरमा जीवितै फर्किएपछि आफन्त चकित भएका छन्। छोरा हराएको सात दिनपछि खोज्दै जाँदा खोलाको बीचमा ढुंगाको कापमा अड्किएको अवस्थामा शव फेला परेको थियो ।अर्घाखाँची जिल्लाको सितगंगा–२ मन्द्रे काँठेपिपल निवासी ५७ वर्षीय घनबहादुर चुदाराका माइला छोरा ३४ वर्षीय कर्णबहादुर चुदारा यही साउन ८ गते घरबाट हराएका थिए। घरबाट छोरो हराएपछि बुबाले गाउँलेहरूको सहायतामा निरन्तर खोजीकार्य जारी राखेका थिए।हराएको आठौं दिन सितगंगा १४ सिमरेनीस्थित बाणगंगा नदीको बीचभागमा ढुंगाको कोप्चेरोमा खुट्टा मात्र बाहिर देखिएको अवस्थामा स्थानीयले एउटा शव फेला पारेका थिए। शव फेला पारेपछि स्थानीयले चारैतिर खबर पुर्याए। लाश भेटिएको खबर चुदाराका घरपरिवारले थाहा पाएपछि शव चिन्नका लागि घरपरिवार प्रहरी, स्थानीयसहित घटनास्थल पुगेका थिए ।खोलाको कोप्चेरोमा अड्किएको लाशलाई बाहिर निकालेर हेर्दा शव सडेर चिन्नै कठिन थियो। शवको अनुहार सडिसकेको थियो। प्रहरीले सोध्दा हातका औँला ,नङ खुट्टा र उचाइ पनि मिलेकाले यो मेरै माइला छोराको शव हो भनेर घनबहादुर चुदाराले भनेपछि प्रहरीले मुचुल्का उठाएको थियो ।मृतकका आफन्त र गाउँलेहरूको रोहबरमा घटनास्थलमा शवको मुचुल्का बनाएपछि शवको पोष्टमाटम गर्नका लागि सन्धिखर्क जिल्ला अस्पताल लगियो । गरिब र विपन्न परिवारका चुदारालाई सबैले आर्थिक सहयोग गरेपछि शवको पोष्टमाटम गरी साउन १५ गते दिउँसो ४ बजे सन्धिखर्कमा शवको अन्तिम दाहसंस्कार गरिएको थियो।छोरा जीवितै भएको त्यो खबर दाहसंस्कार गरेर घर फर्किएपछि भारतको हरियाणा कुलक्षेत्रमा रोजगारीको सिलसिलामा बस्दै आएका मृतक भनिएका कर्णबहादुर चुदाराका जेठो दाजु ओमबहादुर चुदारा र आमा रिमा कला चुदारासँग कर्णबहादुर भर्खरै आएको खबर आमाले घरमा गरेपछि उनीहरू झसंग भए।माया मारेको छोरा जिवितै घरमा आउँदा एकमनमा डरपनि लागेको घनबहादुर बताउँछन्।घरबाट हराएको ८ दिन भएकोले शव भेटिएको खबर पाएपछि घटनास्थल पुगेर, त्यहाँ उनका बुवालेनै मेरै छोराको शव हो भनेपछि खोलाबाट शव उठाएर सन्धिखर्क जिल्ला अस्पतालमा पोष्टमाटम गरि दाहासंस्कार गरिएको छिमेकी रामप्रसाद भट्टराईले बताएका छन।आफ्नो सन्तान तथा परिवारको शव चिन्न नसक्दा खोलाले बगाएर ल्याएको अवस्थामा भेटिएको लासको दाहसंस्कार गर्न पुगेको घनबहादुरले बताएका छन ।बेवारिसे शवको दाहसंस्कार गरे पनि मान्छे हराएको भनेर दोस्रो उजुरी नपरेको प्रहरीले जनाएको छ।

    Advertisement

    बिहिबार, साउन २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ३.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ४.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ५.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ६.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ७.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ८.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation