• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, पुष ०३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ४. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

मर्यो भनेर अन्तिम संस्कार गरेका छाेरा जिउँदै फर्किएपछि


  •   बिहिबार, साउन २३, २०७६ मा प्रकाशित
  • माधव खनाल,अर्घाखाँची । अर्घाखाँचीमा सुन्दा अपत्यारिलो तर सत्य घट्ना घटेको छ। मृतक भनेर दाहसंस्कार गरिएको छोरा घरमा जीवितै फर्किएपछि यो बिषयले चर्चा पाएको छ।
    एक युवाको शबको प्रहरी मुचुल्का भयो। बुबाले मृतक ती युवा आफ्नै छोरा भएको बताउंदै दाहसंस्कार पनि गरे । तर मृतक भनेर दाहसंस्कार गरिएको छोरा घरमा जीवितै फर्किएपछि आफन्त चकित भएका छन्। छोरा हराएको सात दिनपछि खोज्दै जाँदा खोलाको बीचमा ढुंगाको कापमा अड्किएको अवस्थामा शव फेला परेको थियो ।अर्घाखाँची जिल्लाको सितगंगा–२ मन्द्रे काँठेपिपल निवासी ५७ वर्षीय घनबहादुर चुदाराका माइला छोरा ३४ वर्षीय कर्णबहादुर चुदारा यही साउन ८ गते घरबाट हराएका थिए। घरबाट छोरो हराएपछि बुबाले गाउँलेहरूको सहायतामा निरन्तर खोजीकार्य जारी राखेका थिए।हराएको आठौं दिन सितगंगा १४ सिमरेनीस्थित बाणगंगा नदीको बीचभागमा ढुंगाको कोप्चेरोमा खुट्टा मात्र बाहिर देखिएको अवस्थामा स्थानीयले एउटा शव फेला पारेका थिए। शव फेला पारेपछि स्थानीयले चारैतिर खबर पुर्याए। लाश भेटिएको खबर चुदाराका घरपरिवारले थाहा पाएपछि शव चिन्नका लागि घरपरिवार प्रहरी, स्थानीयसहित घटनास्थल पुगेका थिए ।खोलाको कोप्चेरोमा अड्किएको लाशलाई बाहिर निकालेर हेर्दा शव सडेर चिन्नै कठिन थियो। शवको अनुहार सडिसकेको थियो। प्रहरीले सोध्दा हातका औँला ,नङ खुट्टा र उचाइ पनि मिलेकाले यो मेरै माइला छोराको शव हो भनेर घनबहादुर चुदाराले भनेपछि प्रहरीले मुचुल्का उठाएको थियो ।मृतकका आफन्त र गाउँलेहरूको रोहबरमा घटनास्थलमा शवको मुचुल्का बनाएपछि शवको पोष्टमाटम गर्नका लागि सन्धिखर्क जिल्ला अस्पताल लगियो । गरिब र विपन्न परिवारका चुदारालाई सबैले आर्थिक सहयोग गरेपछि शवको पोष्टमाटम गरी साउन १५ गते दिउँसो ४ बजे सन्धिखर्कमा शवको अन्तिम दाहसंस्कार गरिएको थियो।छोरा जीवितै भएको त्यो खबर दाहसंस्कार गरेर घर फर्किएपछि भारतको हरियाणा कुलक्षेत्रमा रोजगारीको सिलसिलामा बस्दै आएका मृतक भनिएका कर्णबहादुर चुदाराका जेठो दाजु ओमबहादुर चुदारा र आमा रिमा कला चुदारासँग कर्णबहादुर भर्खरै आएको खबर आमाले घरमा गरेपछि उनीहरू झसंग भए।माया मारेको छोरा जिवितै घरमा आउँदा एकमनमा डरपनि लागेको घनबहादुर बताउँछन्।घरबाट हराएको ८ दिन भएकोले शव भेटिएको खबर पाएपछि घटनास्थल पुगेर, त्यहाँ उनका बुवालेनै मेरै छोराको शव हो भनेपछि खोलाबाट शव उठाएर सन्धिखर्क जिल्ला अस्पतालमा पोष्टमाटम गरि दाहासंस्कार गरिएको छिमेकी रामप्रसाद भट्टराईले बताएका छन।आफ्नो सन्तान तथा परिवारको शव चिन्न नसक्दा खोलाले बगाएर ल्याएको अवस्थामा भेटिएको लासको दाहसंस्कार गर्न पुगेको घनबहादुरले बताएका छन ।बेवारिसे शवको दाहसंस्कार गरे पनि मान्छे हराएको भनेर दोस्रो उजुरी नपरेको प्रहरीले जनाएको छ।

    Advertisement

    बिहिबार, साउन २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    ‘लुम्बिनीमा भन्सार छली मिलेमतोमै भइरहेको छ’ : मुख्यमन्त्री आचार्य
    चुनाव सर्ने हल्ला निराधार, निर्धारित मितिमै हुन्छ : गृहमन्त्री अर्याल
    डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार
    देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ४.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation