• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ४. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ७. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ८. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

गुल्मी सत्यवतीको पहिरो भूगर्भ बिदको टोलीले अध्ययन गर्ने


  •   बिहिबार, साउन १६, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीको सत्यवति गाउँपालिकाको बिभिन्न स्थानमा गएको पहिरो प्रभावित क्षेत्रमा बिज्ञ टोलीले अध्ययन गर्न आउने भएका छन् । साउन ७ गते सत्यवती गाउँपालिकाको वडा नम्बर ३ र ४ को ठूलोलुम्पेक र लिम्घामा ठूलो जन धनको क्षती भएपछि खानी तथा भूगर्व बिभागको टोलि आउने भएका हुन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र गृहमन्त्रालयको संयोजनमा खानी तथा भूगर्व बिभागको टोलि सत्यवती गाउँपालिकाको पहिरो प्रभावित क्षेत्रको अध्ययन गर्न आउने भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । बिभागबाट राजेन्द्र आचार्य र सुलभ कठायत शुक्रवार पहिरो प्रभावित क्षेत्रमा पहिरो जानुको कारण र अबको अबस्था बारे अध्ययन गर्ने प्रजिअ पौडेलले बताए । खानी तथा भूगर्व बिभागको टोलीले पहिरो प्रभावित क्षेत्रको पहिरो जानुको मुख्य कारण र अबको अबस्था बारेमा कारण पत्ता लगाउने काम गर्ने बिभागका राजेन्द्र आचार्यले बताए । उनले त्यस स्थानमा प्रपोक कसरी आयो र अबको अबस्था के जस्ता महत्वपूर्ण विषयमा अध्ययन गर्ने आचार्यले बताए ।
    प्रभावितको दैनिकी सहज बनाउने प्रयास प्रभावितहरुको दैनिकी सहज बनाउन थालिएको छ । प्रभावित क्षेत्रमा सामान्य रुपमा मोटरबाटो पुर्याइएको छ । पहिरोले अबरुद्ध बनेको बिद्युत जडान भएको छ । प्रभावित क्षेत्रमा खानेपानी र अन्य क्षतीको बिवरण संकलन गर्ने काम पनि भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । प्रभावितहरु सामुहिक रुपमा बसेपनि बिहान दिउँसोको समयमा आफनो खेतबारी र पशुचौपायाँहरुको रेखदेख गर्न तर्फ फर्किन थालेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । उनका अनुसार पहिरोले मनोबैज्ञानिक रुपमा असर रहेकाले त्यसलाई पनि हटाउनको लागि पनि प्रयास भइरहेको बताए । प्रभावित क्षेत्रमा केन्द्र सरकार, प्रदेश सरकार र स्थानिय सरकार र बिभिन्न संघ संस्था गैरसरकारी संघ संस्थाहरुले आर्थिक एवं राहत सामाग्रीहरु सहयोग गरिरहेका छन् । प्रभावित क्षेत्रमा बिभिन्न संघ संस्थाहरु पुगेर स्वस्थ्य शिबिर लगायत बिभिन्न सहयोगहरु गरेर दैनिकी सहज बनाउने तर्फ सहयोग गरिरहेका छन् । पहिरो प्रभावितहरुलाई अस्थायी आवास निर्माण गर्न सुरु भएको छ । पहिरोले घरहरु जोखीम बनाएका परिवारहलाई अस्थायी आवास निर्माण सुरु भएको हो ।प्रभावितका लागि १७ वटा अस्थायी आवाससत्यावती गाउँपालिका वडा नं ३ का पहिरो प्रभावितका लागि १७ वटा अस्थायी आवास निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । ठूलो लुम्पेक र लिम्घामा क्षती पुर्याउँदा १२ सय ६० जना प्रभावित भएका छन् । प्रभावितको दैनिकीलाई सहज बनाउनको लागि अस्लेवाको देउडाँडामा ८ वटा र ठुलोलुम्पेकको देउरालीमा ९ वटा अस्थायी आवास निर्माण गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशकीय अधिकृत लक्ष्मण पाण्डेयले बताए । नेपाली सेना, सशस्त्र प्रहरी,नेपाल प्रहरी सहितको टोलीले तत्काल बस्नको लागि आवास निर्माण गरिदिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) दिपककुमार बस्नेतले बताए । गाउँपालिकाका दुई स्थानमा गएको पहिरोमा ३ सय ७ घर प्रभावित भएका छन् । पहिरोले बिस्थापितलाई सोहि स्थानमा निर्माण गरिएका आवासहरुमा र धर्मपूर माबि, नवबिहानी प्राबि, धर्मपूर प्राबि, राम माबि, मनकामना प्राबि, साजपूर प्राबिमा राखिएको छ । पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध भएर खाद्यान्न संकट आएपछि हेलिकप्टर मार्फत केहि राहत पहिरो प्रभावित क्षेत्रमा तेस्रो पटक पठाएको छ । गएको सोमबार काठमाडौंबाट आएको नेपाली सेनाको हेलिकप्टर मार्फत तम्घासमा बिभिन्न संघ संस्थाबाट उपलब्ध भएको २३ क्विन्टल राहतका सामग्री हेलिकप्टर मार्फत प्रभावित क्षेत्रमा पुराइएको थियो । यस अघि साउन ७ गते मंगलवार र बुधवार हेलिकप्टर मार्फत परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली सहितको टोलीले २० कुन्टल खाद्यान्न सहित राहत सामाग्री छोडेका थिए । प्रभावित मध्ये पूर्ण क्षती तर्फ १७ वटा घर, ६१ वटा गोठ, ३६ वटा शौचालय रहेका छन् । आशिंक क्षतीमा १८ वटा घर, २३ वटा गोठ, १८ वटा शौचालय रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनु भयो । पहिरोमा पशु चौपायाँ तर्फ २८ वटा भैसी, १ गाई, ६७ वटा बाख्रा, २१९ वटा कुखुरा र १९ वटा बंगुर मरको प्रराम्भीर तथ्याङ्क संकलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । पहिरोमा परेर मंलवार सत्यवति गाउँपालिका २ वटा वडामा ३ वटा घरका १३ र कालिगण्डकी गाउँपालिकाको वडा नम्बर ७ को छापचौरमा १ जना गरि १४ जनाको मृत्यु भएको छ । भने २ स्थानमा ७ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको काठमाडौं र ५ जनाको पाल्पामा उपचारमा छन् ।

    Advertisement

    बिहिबार, साउन १६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...