• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार २६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

दाङमा पेस्तोलसहित एक युवक पक्राउ

गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

प्युठानमा एचआईभी संक्रमितको जीवनस्तर उकास्न कार्यविधि बन्ने

लोकप्रिय समाचार

  • १. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • २. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • ३. नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

  • ४. प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

  • ५. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

  • ६. चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने

  • ७. गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

  • ८. परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

  • ९. गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

  • १०. नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

विश्व रेकर्ड तोड्ने दौडमा दाङका ऋषि परियार


  •   मङ्गलबार, साउन १४, २०७६ मा प्रकाशित
  • दाङ। दुवै खुट्टामाथि पारेर एक मिनेटमा ६० पटक ‘पुसअप’ गर्ने दाङ जिल्लाको तुलसीपुर उपमहानगरपाकिा–३ निवासी ऋषि परियार विश्व कीर्तिमान तोड्ने दौडमा छन् । विश्व रेकर्डका लागि उनले सोमबार तुलसीपुरमा भिडियो रेकर्ड गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा उनले एक मिनेटमा ६० पटक पुसअप गरेको भिडियोसमेत तयार पारेका छन्। उक्त भिडियो तथा साक्षीहरुको भिडियोलाई गिनिजबुक अफ वल्र्ड रेकर्डको कार्यालयमा इमेल गर्ने ऋषिले बताए । उनका अनुसार रेकर्ड भएको उक्त भिडियोसहित करीब रु एक लाख पठाउनुपर्ने र त्यसको नतिजा १०÷१५ दिनमा आइपुग्छ ।“मैले आज गरेको पुसअप गरेको भिडियो र साक्षीहरुको रेकर्ड गिनिजबुकको कार्यालयमा पठाउनुपर्छ”, उनले भने, “त्योसँगै करीब रु एक लाख पठाएपछि १०÷१५ दिनमा नतिजा आउँछ, यदि पैसा नपठाएको खण्डमा भने नतिजा आउन पाँच÷सात महीना लाग्छ ।” तुलसीपुर उपमहानगरपालिका युवा तथा खेलकूद शाखाको सहयोगमा उनी यस पटक गिनिजबुकमा नाम लेखाउने दौडमा छन् ।परियारले गिनिजबुकमा नाम लेखाएर उक्त खेल क्षेत्रमा नेपालको नाम विश्वमै चिनाउने योजना बनाएको बताए । यसमा उपमहानगरपालिकाले पनि सहयोग गर्ने उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए । उनका अनुसार अहिले ऋषिलाई गिनिजबुकमा नाम लेखाउन मद्दत गर्नका लागि तुलसीपुर उपमहानगरपालिकाले रु एक लाख १५ हजारसमेत सहयोग गरेको छ । साथै ऋषिलाई त्यस्का लागी आवश्यक पर्ने रकम जुटाउन उपमहानगरपालिकाले पहल थाल्ने तुलसीपुर उपमहानगर युवा तथा खेलकूद संयोजक अमर नेपालीले बताए । उनले अहिले हातले टेकेर तीन किलोमिटर हिँडेर गिनिजबुकमा नाम लेखाउने दौडमा पनि छन् । उनले चार महीनाअघि हातले टेकेर तीन किलोमिटर दुरी पार गरेको भिडियो गिनिजबुकको कार्यालयमा पठाएका थिए । त्यसको नतिजाको पर्खाइमा ऋषि छन । विगत चार÷पाँच वर्षअघिदेखि गिनिजबुकमा नाम लेखाउने दौडमा हिँडेका ऋषि आर्थिक अभावमा त्यसले सफलता नपाएको बताउँछन् । तर, उनको अठोट भने जसरी पनि गिनिजबुकमा नाम लेखाएर छाड्ने छ । “अर्थाभावले मैले गिनिजबुकमा नाम लेखाउन सकेको छैन”, उनले भने, “तर एकपटक जसरी पनि गिनिजबुकमा नाम लेखाएरै छाड्छु ।”सानैदेखि खेल क्षेत्रमा रुचि राख्ने ऋषि जिम्न्यास्टिक, उफ्रने, दौडने, खेल खेल्ने गर्थे । यसमा उनको रुचि पनि बढी थियो । उनले केही वर्षअघि सोचे, ‘मानिस खुट्टाले त हिँड्छन्, तर हातले हिँडे कस्तो हुन्छ होला रु’ उनले मनमा उक्त प्रश्न खेलाइरहन मानेनन्, अनि आफैँ हातले हिँड्ने प्रयास गर्न थाले ।प्रयास गर्दै जाँदा परियारले विस्तारै हातले उभिन सिके । अनि केही समयको प्रयासपछि विस्तारै–विस्तारै हिँड्न शुरु गरे । यसरी प्रयास गर्दै जाँदा अहिले उनी हातले हिँड्न थालेको १३ वर्ष पुग्यो । लामो सङ्घर्ष र प्रयासपछि उनी अहिले उकालो, आरालोसमेत हिँड्नसक्ने भएका छन् । यही सीपलाई लिएर उनी विश्व कीर्तिमानी कायम गरी आफ्नो जन्मभूमि र देशलाई चिनाउने दौडमा छन् ।गिनिजबुक अफ वल्र्ड रेकर्डमा अहिलेसम्म खुट्टामाथि पारेर एक मिनेटमा ५१ पटक मात्रै पुसअप गरेको रेकर्ड छ । बेलारूसका सिर्हेई कुडायौले सन् २०१८ मे ३ मा ५१ पटक पुसअप गरेर विश्व रेकर्ड कायम गरेका थिए । त्यो रेकर्डलाई कसैले पनि तोड्न सकेका छैनन् ।

    Advertisement

    मङ्गलबार, साउन १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार
    कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”
    गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु
    गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट
    गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा
    झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

    लोकप्रिय

    • १.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • २.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ३.
      नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे

    • ४.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    • ५.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख

    • ६.
      चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म

    भर्खरै

    • १.
      थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

    • २.
      थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

    • ३.
      गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

    • ४.
      उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

    • ५.
      दाङमा पेस्तोलसहित एक युवक पक्राउ

    • ६.
      गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

    • ७.
      गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

    • ८.
      सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation