रोल्पा। बिषालु च्याउ खाँदा रोल्पामा एकै घरका तीनजनाको ज्यान भएको छ।रोल्पाको लुङग्री गाउँपालिका वडा नं. ६ पाटेगुम्चाल बिषालु च्याउ खाँदा एकै घरका तीन आमाछोरीको ज्यान गएको रोल्पा प्रहरीले बताएको हो।मृत्यु हुनेमा २५ बर्षीयाा फुर्मली बुढाथोकी, उहाँकी छोरी सात बर्षीया सुनिता बुढाथोकी र छोरा तीन बर्षीयाा पुस्कर बुढाथोकी रहेका छन । उनिहरुको एक/एक दिनको अन्तरमा उपचारको क्रममा ज्यान गएको हो।गत साउन ८ गते बिषादी च्याउ खाई बिरामी भइ उपचारको लागि लगेकोमा पुस्करको साउन ११ गते, सुनिताको १२ गते र आमा फुर्मलीको १३ गते मेडिकल कलेज भैरहवामा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।तीन जनाको निधन भएको खबर प्राप्त भएपछि प्रहरी चौकी झिलाङ्निलेबाट प्र.स.नि. हरिबहादुर सुनारको नेतृत्वमा प्रहरी खटाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
Advertisement