जीवन न्यौपाने, नवलपरासी । नवलपरासीको सुनवल नगरपालिका १२ भुमही भतौडीबाट आइतबार १३ जना जुवाडे पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय सुनवल र जिल्ला प्रहरी कार्यालयको टोलीले गोप्य सुचनाका आधारमा उनिहरुलाई भतौडी स्थित बोलेन्द्र खड्काको पोल्ट्री फर्मबाट पक्राउ गरेको हो । दिउसो करीव ३ बजेको समयमा तास खेलिरहेको अवस्थामा उनिहरुको साथबाट ६४ हजार ६ सय ४५ रुपैँया नगद सहित पक्राउ गरी आवश्यक अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालयमा लगिएको थियो । पक्राउ पर्नेमा सबै स्थानीयहरु छन् । उनीहरुलाई अहिले थुनामा राखिएको र जुवा मुद्धा दर्ता गरी थप आवश्यक अनुसन्धान कार्य अगाडी बढाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
Advertisement