• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, जेठ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

बाल अस्पतालका लागि मीनबहादुर गुरुङको ७१ करोड सहयोग

अस्पताल बने, सेवा सुरु भएन

लोकप्रिय समाचार

  • १. गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई पर्यटन व्यवसायसँग जोड्ने प्रयास

  • २. गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • ३. पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

  • ४. रोल्पा जलजला क्षेत्रको जंगलमा रेड पान्डा भेटियो

  • ५. बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने तयारी

  • ६. डोल्पाको जगदुल्लामा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ४५२ लाभान्वित

  • ७. भूमिहीन सुकुम्बासीको बुटवल भेला : ७५ सदस्यीय समिति गठन, १२ बुँदे माग अघि सारियो

  • ८. ३ लाख नदिए मलेसिया उड्न नदिने म्यानपावर एजेन्ट पक्राउ

  • ९. सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

  • १०. अस्पताल बने, सेवा सुरु भएन

फेरिएको तीज: संस्कृति कि विकृति


  •   आइतबार, साउन १२, २०७६ मा प्रकाशित
  • हीरा कुँवर,तम्घास गुल्मी ।

    Advertisement

    जेठीमा भाउजुले सुकाएको बिस्सुन
    भँगेरी चरीले मैदानमा लरी लरर…
    जेठामा दाजीले टक्क बचन लाउँदा
    घर मेरो छैन र रुन्छ नि मन धरी धरर..

    स्वामीजीले भन्नुभयो अंग्रेजीमा वाटर
    नबुझेर दिएँ मैले काँचो कटहर…
    स्वामीजीले भन्नुभयो अंग्रेजीमा बनाना
    नबुझेर आँगनीमा नाँचे फनन…

    हामी साना साना छँदा गाउँघरमा आमा, दिदी, भाउजुहरुले तीजको समय यस्तै गीतहरु गाउनुहुन्थ्यो । जुन गीतहरुमा माइतीका गुनगान अनि गुनासो, बिहे गरेर श्रीमानको घर गएपछि भोग्नुपरेका बुहार्तन, दुख कष्ट लगाएतका कुराहरु समेटिएको हुन्थ्यो । वर्षायामको झरीमा रुझ्दै घाँस काट्दा होस् वा संगीसाथी मिलेर मेलापात गर्दा तीजको बेला यस्ता मौलिक गीतहरु गाइन्थे, सुनिन्थे र नाचिन्थे । दिनभरी घरको काम सकेर हप्तामा १÷२ रात जम्मा भएर यस्तै गीतमा नाच्ने गर्दा गाउँ नै रमाइलो हुन्थ्यो । नाचगान सकिएपछि काँक्राको अचार र अमिलो साँधेर खानुको छुट्टै आनन्द हुन्थ्यो । त्यसैगरी वर्ष्दिन सम्म भेट हुन नपाएका दिदीबहिनी, संगीसाथी जमघट हुने रमाइलो थलो हुन्थ्यो हरितालिका तीजको दिन ।तीज हिन्दु धर्मावलम्बी महिलाहरुको लागि विशेष चाड मानिन्छ । यो चाड भाद्र शुक्ल द्वीतीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको पुजा आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गरिन्छ । तीज नेपाल लगाएतका भारतका विभिन्न स्थानहरुमा समेत मनाउने गरिन्छ । पछिल्लो समय यो चाड सबै जात र समुदायको लागि साझा चाडको रुपमा विकसित हुँदैछ । समग्रमा यसले हाम्रो सांस्कृतिक पहिचानलाई बोकेको छ । नेपाली समाजमा पछिल्लो समय तीज मनाउने शैलीहरु फेरिएका छन् । हिजो थपडी, डम्फु, मादलमा गाइने सामान्य तीज गीतहरु अहिले आधुनिक बाजागाजामा लयबद्ध छन् , यो सकारात्मक पक्ष हो । अर्को्तिर अहिले धेरैजसो तीजका गीतहरुमा मौलिकता छैन, कतिपय गीतहरु पुरानै गीतहरुलाई तोडमोड गरेर गाइएका छन् त कतिपय गीतहरुमा तीजको आभास नै छैन । लोकगीत अनि रत्यौली पाराका छाडा गीतहरु छन् । एकाद गीतहरु मौलिक छन्, तीजको महत्व झल्काउने खालका छन् । समग्रमा जुन प्रवृत्ति मौलाउँदै गइरहेको छ , यो सोचनीय छ । लेख पढ्दा लेखकले फेरिएको शैलीलाई समयअनुसार स्वीकार्न नसकेको पनि लाग्न सक्छ । भन्न खोजेको यत्ति होकि तीजगीतहरु कमसेकम आफ्ना बाआमा, दाजुभाई र मान्यजनसंग संगै बसेर सुन्न र हेर्न सक्ने त हुनुप¥यो ।
    अर्को पक्ष तीज निकै भड्किलो बन्दैछ । विशेषत शहरी क्षेत्रमा तीज आउनुभन्दा एक डेढ महिना अगाडि नै होटल, रेष्टुरेण्टमा हुने भिडभाडले तीज निकै खर्चिलो बनिरहेको छ । जसको कारण सामान्य हैसियत भएका महिला दिदीबहिनी, आमाहरुसंग बिस्तारै टाढिंदै छ तीज । तीज फेशन र गहना प्रदर्शन गर्ने थलो बन्नुभएन । यो त महिला दिदीबहिनी, दाजुभाइ, संगीसाथी बीचको सम्बन्ध प्रगाढ बनाउने र हार्दिकता बढाउने माध्यम बन्नु जरुरी छ । यसको लागि महिलाहरु स्वयं मितब्ययी र सरल बन्न जरुरी छ । अर्कोपक्ष आजकाल तीजका जमघटहरु गहना र कपडा प्रदर्शन गर्ने थलो बनिरहेका छन् । राम्रो आर्थिक हैसियत हुनेहरुका लागि यो कुरा सामान्य लाग्नसक्छ तर निम्नवर्गीय जीवन बाँच्ने धेरैजसो महिला दिदीबहिनीहरुका लागि यो जटिल कुरा हो, कठिन कुरा हो । यसकारण पनि तीज हुने खानेहरुको पर्व बन्दै गइरहेको छ । हुँदा खानेहरु पनि तीजमा उत्तिकै रमाउन सके बल्ल यो साझा पर्व बन्छ । मलाई अनुभव छ, गाउँघरमा कत्ति धेरै दिदीबहिनीहरु त प्रशस्त गहना र महंगा कपडा नभएको कारण वर्षौंदेखि तीजको डाँडो कुच्नुभएको भएको छैन ।यो सबै तीज मनाउने भड्किलो शैलीको उपज हो । हुन त समाजमा विद्यमान वर्गीय असमानता नै यसको मुख्य कारण होला । तर समानताका लागि सुरुवात यस्तै स साना कुराबाट गर्नुपर्दछ । जसले गर्दा कसैलाई हीनताबोध र कसैलाई अहमता नहोस् । अन्त्यमा आधुनिकताको नाममा तीजमा उछृंखलता र छाडापन बढ्नुभएन । सस्तो लोकप्रियता र व्यवसायिक लाभका लागि तीजका गीतको मर्म र सार हराउनुभएन । सांस्कृतिक तथा धार्मिक महत्व राख्ने महान् चाड तीजलाई सभ्य रुपमा अगाडि लैजान सकियो भने मात्र तीजले खास अर्थ राख्नेछ ।
    (लेखक कुँवर डेढ दशकदेखि तम्घासमा रहेर सामाजिक कार्यमा सक्रिय छन् )

    आइतबार, साउन १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल
    बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा
    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा
    लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु
    धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग
    हेटौंडा–ढल्केबर विद्युत् प्रसारण लाइन अघि बढ्यो

    लोकप्रिय

    • १.
      गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई

    • २.
      गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    • ३.
      पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

    • ४.
      रोल्पा जलजला क्षेत्रको जंगलमा रेड पान्डा भेटियो

    • ५.
      बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने

    • ६.
      डोल्पाको जगदुल्लामा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ४५२

    भर्खरै

    • १.
      लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

    • २.
      लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

    • ३.
      प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

    • ४.
      नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

    • ५.
      सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

    • ६.
      लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

    • ७.
      ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

    • ८.
      बाल अस्पतालका लागि मीनबहादुर गुरुङको ७१ करोड सहयोग

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation