• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन ०२, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीमा रोजले हाँकेको मन्त्रालय उत्कृष्ट

दलालले ठगे, माटोले साथ दियो

दैलेख अदालतमा झन्डै आधा मुद्दा सम्बन्धविच्छेदका

गुल्मीको कालीगण्डकी करिडोर दुई दिनपछि सुचारु

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको वित्तीय प्रगति ९२.७४ प्रतिशत

प्युठानमा एकल महिलाले सुरु गरे ‘रातो अबिर अभियान

प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

दाङमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु

गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

लोकप्रिय समाचार

  • १. प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

  • २. वामी–रिडी सडकछेउमा एक पुरुषको शव फेला

  • ३. झिमरुक फाँट बदल्ने फार्म: नविन श्रेष्ठको ड्रागन कथा

  • ४. गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

  • ५. प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको वित्तीय प्रगति ९२.७४ प्रतिशत

  • ६. ‘संविधानले दिएको महिला अधिकार दलहरूले खोसे’ : सभामुख घर्ति

  • ७. लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको शिलान्यास

  • ८. प्युठानमा एकल महिलाले सुरु गरे ‘रातो अबिर अभियान

  • ९. लुम्बिनी प्रदेश सरकारले छोडिएका गाईको दीर्घकालीन व्यवस्थापन गर्ने

  • १०. तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुन असफल

फेरिएको तीज: संस्कृति कि विकृति


  •   आइतबार, साउन १२, २०७६ मा प्रकाशित
  • हीरा कुँवर,तम्घास गुल्मी ।

    Advertisement

    जेठीमा भाउजुले सुकाएको बिस्सुन
    भँगेरी चरीले मैदानमा लरी लरर…
    जेठामा दाजीले टक्क बचन लाउँदा
    घर मेरो छैन र रुन्छ नि मन धरी धरर..

    स्वामीजीले भन्नुभयो अंग्रेजीमा वाटर
    नबुझेर दिएँ मैले काँचो कटहर…
    स्वामीजीले भन्नुभयो अंग्रेजीमा बनाना
    नबुझेर आँगनीमा नाँचे फनन…

    हामी साना साना छँदा गाउँघरमा आमा, दिदी, भाउजुहरुले तीजको समय यस्तै गीतहरु गाउनुहुन्थ्यो । जुन गीतहरुमा माइतीका गुनगान अनि गुनासो, बिहे गरेर श्रीमानको घर गएपछि भोग्नुपरेका बुहार्तन, दुख कष्ट लगाएतका कुराहरु समेटिएको हुन्थ्यो । वर्षायामको झरीमा रुझ्दै घाँस काट्दा होस् वा संगीसाथी मिलेर मेलापात गर्दा तीजको बेला यस्ता मौलिक गीतहरु गाइन्थे, सुनिन्थे र नाचिन्थे । दिनभरी घरको काम सकेर हप्तामा १÷२ रात जम्मा भएर यस्तै गीतमा नाच्ने गर्दा गाउँ नै रमाइलो हुन्थ्यो । नाचगान सकिएपछि काँक्राको अचार र अमिलो साँधेर खानुको छुट्टै आनन्द हुन्थ्यो । त्यसैगरी वर्ष्दिन सम्म भेट हुन नपाएका दिदीबहिनी, संगीसाथी जमघट हुने रमाइलो थलो हुन्थ्यो हरितालिका तीजको दिन ।तीज हिन्दु धर्मावलम्बी महिलाहरुको लागि विशेष चाड मानिन्छ । यो चाड भाद्र शुक्ल द्वीतीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको पुजा आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गरिन्छ । तीज नेपाल लगाएतका भारतका विभिन्न स्थानहरुमा समेत मनाउने गरिन्छ । पछिल्लो समय यो चाड सबै जात र समुदायको लागि साझा चाडको रुपमा विकसित हुँदैछ । समग्रमा यसले हाम्रो सांस्कृतिक पहिचानलाई बोकेको छ । नेपाली समाजमा पछिल्लो समय तीज मनाउने शैलीहरु फेरिएका छन् । हिजो थपडी, डम्फु, मादलमा गाइने सामान्य तीज गीतहरु अहिले आधुनिक बाजागाजामा लयबद्ध छन् , यो सकारात्मक पक्ष हो । अर्को्तिर अहिले धेरैजसो तीजका गीतहरुमा मौलिकता छैन, कतिपय गीतहरु पुरानै गीतहरुलाई तोडमोड गरेर गाइएका छन् त कतिपय गीतहरुमा तीजको आभास नै छैन । लोकगीत अनि रत्यौली पाराका छाडा गीतहरु छन् । एकाद गीतहरु मौलिक छन्, तीजको महत्व झल्काउने खालका छन् । समग्रमा जुन प्रवृत्ति मौलाउँदै गइरहेको छ , यो सोचनीय छ । लेख पढ्दा लेखकले फेरिएको शैलीलाई समयअनुसार स्वीकार्न नसकेको पनि लाग्न सक्छ । भन्न खोजेको यत्ति होकि तीजगीतहरु कमसेकम आफ्ना बाआमा, दाजुभाई र मान्यजनसंग संगै बसेर सुन्न र हेर्न सक्ने त हुनुप¥यो ।
    अर्को पक्ष तीज निकै भड्किलो बन्दैछ । विशेषत शहरी क्षेत्रमा तीज आउनुभन्दा एक डेढ महिना अगाडि नै होटल, रेष्टुरेण्टमा हुने भिडभाडले तीज निकै खर्चिलो बनिरहेको छ । जसको कारण सामान्य हैसियत भएका महिला दिदीबहिनी, आमाहरुसंग बिस्तारै टाढिंदै छ तीज । तीज फेशन र गहना प्रदर्शन गर्ने थलो बन्नुभएन । यो त महिला दिदीबहिनी, दाजुभाइ, संगीसाथी बीचको सम्बन्ध प्रगाढ बनाउने र हार्दिकता बढाउने माध्यम बन्नु जरुरी छ । यसको लागि महिलाहरु स्वयं मितब्ययी र सरल बन्न जरुरी छ । अर्कोपक्ष आजकाल तीजका जमघटहरु गहना र कपडा प्रदर्शन गर्ने थलो बनिरहेका छन् । राम्रो आर्थिक हैसियत हुनेहरुका लागि यो कुरा सामान्य लाग्नसक्छ तर निम्नवर्गीय जीवन बाँच्ने धेरैजसो महिला दिदीबहिनीहरुका लागि यो जटिल कुरा हो, कठिन कुरा हो । यसकारण पनि तीज हुने खानेहरुको पर्व बन्दै गइरहेको छ । हुँदा खानेहरु पनि तीजमा उत्तिकै रमाउन सके बल्ल यो साझा पर्व बन्छ । मलाई अनुभव छ, गाउँघरमा कत्ति धेरै दिदीबहिनीहरु त प्रशस्त गहना र महंगा कपडा नभएको कारण वर्षौंदेखि तीजको डाँडो कुच्नुभएको भएको छैन ।यो सबै तीज मनाउने भड्किलो शैलीको उपज हो । हुन त समाजमा विद्यमान वर्गीय असमानता नै यसको मुख्य कारण होला । तर समानताका लागि सुरुवात यस्तै स साना कुराबाट गर्नुपर्दछ । जसले गर्दा कसैलाई हीनताबोध र कसैलाई अहमता नहोस् । अन्त्यमा आधुनिकताको नाममा तीजमा उछृंखलता र छाडापन बढ्नुभएन । सस्तो लोकप्रियता र व्यवसायिक लाभका लागि तीजका गीतको मर्म र सार हराउनुभएन । सांस्कृतिक तथा धार्मिक महत्व राख्ने महान् चाड तीजलाई सभ्य रुपमा अगाडि लैजान सकियो भने मात्र तीजले खास अर्थ राख्नेछ ।
    (लेखक कुँवर डेढ दशकदेखि तम्घासमा रहेर सामाजिक कार्यमा सक्रिय छन् )

    आइतबार, साउन १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दलालले ठगे, माटोले साथ दियो
    तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुन असफल
    झिमरुक फाँट बदल्ने फार्म: नविन श्रेष्ठको ड्रागन कथा
    प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार
    कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”
    गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

    लोकप्रिय

    • १.
      प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

    • २.
      वामी–रिडी सडकछेउमा एक पुरुषको शव फेला

    • ३.
      झिमरुक फाँट बदल्ने फार्म: नविन श्रेष्ठको ड्रागन

    • ४.
      गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

    • ५.
      प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको वित्तीय प्रगति

    • ६.
      ‘संविधानले दिएको महिला अधिकार दलहरूले खोसे’ :

    भर्खरै

    • १.
      लुम्बिनीमा रोजले हाँकेको मन्त्रालय उत्कृष्ट

    • २.
      दलालले ठगे, माटोले साथ दियो

    • ३.
      दैलेख अदालतमा झन्डै आधा मुद्दा सम्बन्धविच्छेदका

    • ४.
      गुल्मीको कालीगण्डकी करिडोर दुई दिनपछि सुचारु

    • ५.
      प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको वित्तीय प्रगति ९२.७४ प्रतिशत

    • ६.
      प्युठानमा एकल महिलाले सुरु गरे ‘रातो अबिर अभियान

    • ७.
      प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

    • ८.
      दाङमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation