• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

पहिरो पीडितका लागी हेलिकप्टरबाट खाद्यान्न ल्याउने तयारी


  •   बुधबार, साउन ०८, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । मंगलवार राति अबिर वर्षातसँगै गुल्मीको सत्यवति गाउँपालिकाको २ वटा वडामा गएको पहिरो प्रभावित क्षेत्रका सडकहरु अबरुद्ध हुँदा उद्धार र राहत वितरणमा समस्या थपिदै गएको छ । पहिरोले वढि मानवीय क्षति भएको वडा नं ४ लिम्घा पुग्ने सडक अबरद्ध बनेको छ ।
    उद्धारमा पुग्ने सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी संघ, संस्था र रिर्पोटिङ्ग गर्ने पत्रकार साढे दुई घण्टा पैदल हिडेर घटनास्थल पुगेका थिए । राहत बोकेर हिडेका गाडीहरु शाहाघाटमै रोकिएका छन् । ठुलोलुम्पेक जाने सवै सडक अबरुद्ध छन् ।विभिन्न स्थानबाट आएको राहत सामग्रीहरु रुद्रवेणीमा रोकिएका छन् । सत्वतिमा गाउँपालिका वडा नं ३ ठुलोलुम्पेकको सिङ्गदी गाउँनै पहिरोको उच्च जोखिममा रहेको छ । पहिरोले ठुलो मानवीय तथा भौतिक क्षति पु¥याएपछि दुई स्थानका करिव ६ सय घरपरिवार सुरक्षित स्थानमा सारिएको छ । लुम्पेककै अन्य वस्ति पनि पहिरोको खतरामा रहेकाले करिव ४ सय जनालाई स्थानीय धर्मपुर मावि तथा अस्लेवाका विभिन्न स्थानमा स्थान्तरण गरिएको हो ।वडा नं ४ लिम्घामा पनि २ सय घर परिवारलाई सरस्वति माविमा व्यावस्थापन गरिएको छ । वडाध्यक्ष दान बहादुर रानाका अनुसार पहिरोनै गएको गाउँका र अन्य जोखिम भएका गाउँका परिवार समेत पानी परेपछि रातिनै घर छोडर आएका छन् ।पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध भएपछि उद्धार राहतमा समस्या देखिएकाले हेलिकप्टर परिचालन गर्ने योजना बनाएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । मन्त्रीहरुसंग समन्वय गरेर हेलिकप्टर मार्फत राहत पु¥याउने तयारी भइरहेको पौडेलले बताए । जोखिममा भएका परिवारलाई सुरक्षित स्थानमा सारिएको भएपनि अब खानपानमा समस्या हुने तर्फ आफुहरु सचेत भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । अवरिल बर्षाले पहिरो प्रभावित क्षेत्रमा उद्धारमा समस्या थपिएको छ । बर्षा नरोकिएको कारण बेपत्ताको खोजी कार्य अगाडी बढाउन नसकिएको जिल्ला प्रहरी प्रमुख दिपक बस्नेतले बताए । पहिरोमा पुरिएर अहिलेसम्म दुई स्थानमा ९ जनाको सव बाहिर निकालिएको छ भने लिम्घामा ७ बर्षीय तारा विक र डेढ बर्षीय सुमन विकको सव अझै फेला परेको छैन् । वडा नं ३ ठुलोलुम्पेकमा माया र बवि विक पहिरोमा हराइरहेको सशस्त्र प्रहरी प्रमुख दिनेश रायमाझीले बताए । उनले रातभर ठुलो पानी परिरहेकाले उद्धार गर्ने कुनै उपाय नभएको बताए । भने २ जना घाइते भएका छन् ।सत्यवति गाउँपालिकाको बिभिन्न स्थानमा पहिरो प्रभावित क्षेत्रमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली हेलिकप्टर मार्फत राहत सहित प्रभावित क्षेत्रमा पुगेका हुन् ।

    Advertisement

    मंगलबार राति करिब ३ बजेको समयमा अबिरवर्षातसँगै पहिरो खसेको थियो । मन्त्री ज्ञवाली, गृह मन्त्रालयका सह–सचिव इन्दु घिमिरे, डक्टर रेशम ज्ञवाली, मन्त्रीका प्रेस सल्लाहाकार सुदन ज्ञवाली सहितको टोलि लिएर प्रभावित क्षेत्रमा पुगेर फर्किएका छन् । उनले प्रभावित क्षेत्रमा पुगेर स्थलगत अबलोकन गर्नुकासाथै राहत सामाग्री हस्तातरण गरेका छन् । तत्कालको लागि केहि राहतका सामाग्री बितरण गर्न भन्दै सत्यवति गाउँपालिका उपप्रमुखलाई हस्तातरण गरेको मन्त्रीका प्रेससल्लाहाकार सुदन ज्ञवालीले बताए । प्रभावित क्षेत्रमा औषधी उपचारको लागि प्रबन्ध र घाइतेहरुको थप उपचारको लागि व्यवस्था मिलाउने ज्ञवालीको भनाई छ । घर बाँस गुमाएकाहरु र जोखिमपूर्ण बस्तीमा बिस्थापितहरुलाई पुनरवासको लागि ठाउँ हेरेर सुरक्षित आवाह निर्माण गर्न सरकारले भूमिका खेल्ने ज्ञवालीले बताए ।बिस्थापितहरुको नामावली संकल गरेर सुरक्षित बसोवास गर्ने व्यवस्था मिलाउने ज्ञवाली बताए । बिस्थापितहरुलाई खानपिनको व्यवस्था मिलाउन स्थानियलाई आग्रह गरे ।

    प्रकृति विपति मान्छेले चाहेर रोक्न नसकिने र बिपदले पाठ पनि सकिाएको ज्ञवालीले बताए ।हाम्रा बस्तीहरु असुरक्षित, अव्यवस्थित बस्तीहरु रहेकाले सरकारले पनि नागरिकलाई सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाउने सरकारको पनि निति रहेकाले जोखिम बस्तीहरुलाई सुरक्षित ठाउँमा आवास निर्माण गरिने बताए । पहिरोमा पुरिएर मृत्यु हुनेप्रति गुल्मी क्षेत्र नं २ सांसद एबं श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले शोक बक्तब्य जारी दुख ब्यक्त गरेका छन् । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले गुल्मीको सत्यवती गाउँपालिकाको ठूलोलुम्पेक र लिम्घामा अविरल वर्षासगैं गएको पहिरोमा परी मृत्यु भएकाहरु प्रति दुख व्यक्त गरेका छन् । पहिरो प्रभावित क्षेत्रमा जिल्लाबाट ३ वटा सुरक्षा निकाय, रेडक्रम, जिल्ला समन्वय समिति, नेकपाका अरु राजनितिक पार्टीका नेता तथा कार्यकर्ता र स्थानियहरु प्रभावित क्षेत्रमा उद्धारको लागि खटिएका छन् । प्रभावित क्षेत्रमा ३ सय वढि पशु चौपाएहरु मरेको सत्यवति गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए । पहिरो गएका स्थानमा बाटोहरु बन्दहुनु्का साथै २ दर्जन वढि अरु सानातिना पहिरो खसेको ढकालको भनाई छ ।

    बुधबार, साउन ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ३.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ४.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ५.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ६.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ७.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ८.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...