• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ ०५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

लोकप्रिय समाचार

  • १. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • २. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ३. विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

  • ४. रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

  • ५. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ६. शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

  • ७. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ८. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ९. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • १०. मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

गुल्मीको रेसुङ्गामा सुरु भयो एक महिने साउने मेला


  •   बिहिबार, साउन ०२, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल गुल्मीको रेसुङ्गामा साउने मेला सुरु भएको छ । जिल्लाको सदरमुकाम तम्घास अग्लो शिरमा पर्ने ऐतिहासिक तपोभुमी रेसुङ्गामा बिगतका वर्षहरुमा जस्तै यस वर्षपनि मन्दीर ब्यवस्थापन समितिले साउनभर एक महिनासम्म मेला आयोजना गरेको हो । बिगतमा साउन १ गतेबाट मेला सुरु हुने गरेता पनि यसवर्ष चन्द्र ग्रहणको प्रभावले साउन २ गतेबाट सुरु भएको छ । धार्मिक स्थल रेसुङ्गामा बिगतका वर्ष हरुमा जस्तै यस वर्ष पनि मन्दीर ब्यवस्थापन समितीले एक महिना सम्म धार्मिक प्रवचन सगै रुद्री,चन्डी शिवजीको दैनिक पुजा संञ्चालन आयोजना हुने रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेसचन्द्र भुसालले जानकारी दिए । धार्मिक स्थल रेसुङ्गमा पुजा आज गर्न गुल्मी लगायत छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा वाग्लुङ्ग प्यूठान, रुपन्देही, लगायतका नेपालका बिभिन्न ठाउबाट श्रदालु भक्तजनहरु एक महिने मेलामा धार्मिक स्थलमा आउने गर्दछन् । धार्मिक स्थल पोखरीमा नुहाउँन तथा पुजा आज गर्न साउन भर भिडभाड लाग्ने गर्दछ ।नेपालकै चार धाम मध्येकै एक धाम पर्ने धार्मिक स्थल रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता अनुसार पोखरीमा नुहाउन गुल्मी लगायत छिमेकी जिल्लाहरु बाट पनि श्रदालु भक्तजन आउने गर्दछन । साउन भर संञ्चालन हुने मेला अन्र्तगर्त साउन १ गते र साउने औषी, एकादसीका दिन बिशेष मेला लाग्ने गर्दछ । धार्मिक स्थल रेसुङ्गामा रहेको भ्यूटावर बाट बिभिन्न मनमोहक दृश्य देख्न सकिन्छ । सदरमुकाम तम्घास बाट करिब ३० मिनेटको गाडिको यात्रा पछि उक्त स्थानमा पुग्न सकिन्छ । केहि वर्ष पहिलेवाट तपोभुमी रेसुङ्गामा सवारीका साधन जान थालेका हुँन । रेसुङ्गामा साउन महिना बाहेक अन्य दिनहरुमा दैनिक पुजा हुने गर्दछ । धार्मिक एबं पर्यटकीय क्षेत्र प्रचुर मात्रामा प्रचार नहुँदा ओझेलमा परेको छ । धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेुसुङ्गा क्षेत्रमा भएका महत्वलाई जनमानसमा ल्याउन नसक्दा ओझेलमा परेको हो । धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुङ्गाको शिखरमा त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपस्या गरेको आध्यत्मिक महत्व रहेको जनश्रुति छ । प्राचिन युगमा धेरै ऋषि महर्षिहरुले तपस्या गरेको हुनाले यस ठाउँको नाम रेसुङ्गा रहन गएको पुराण बाचक चैतन्य कृष्णले बताउनु भयो रेसुङ्गालाई आध्यात्मिक र धार्मिक तपोभूमिको रुपमा पनि लिइन्छ । यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि रहेको रेसुङ्गा संरक्षण समिति अध्यक्ष सुरेश चन्द्र भुसालले बताउनु भयो । धागीथुम,रामकुण्ड, सिद्धस्थान, अर्जुनडाँडा, महापोखरी, यज्ञशाला, गौशाला, साउने शिवालय, जस्ता धार्मिक स्थलहरु यसै क्षेत्र भित्र पर्दछन् ।
    रेसुङ्गामा द्वापर युग,त्रेतायुगदेखि नै यसको महत्व रहेको बिभिन्न धर्मग्रन्थहरुमा उल्लेख पनि रहिआएको भुसालले बताउनु भयो । सिद्धभूमि,तपोभूमि महर्षी भूमि जहाँ धेरै ऋषि महर्षिहरुले तपस्या प्राप्त गरेको इतिहास हाम्रो माझ रहि आएको छ । ऋषि श्रृंङ्गेश्वर,यदुकानन्द,रामचन्द्र जस्ता धेरै ऋृषि महर्षिहरुको तपस्या स्थल रेसुङ्गाको महत्व धेरै वेदपुराणहरुमा समेत उल्लेख छ । द्वापरयुग देखि नै सिद्ध स्थल बनेको रेसुङ्गा बिभिन्न काल खण्डहरु पार गर्दै अहिले सुन्दर,पुण्य भूमि बनेको छ ।समुन्द्री सतहबाट २ हजार ३ सय ४० मिटरको उचाइमा रहेको रेसुङ्गा धार्मिक,ऐतिहासिक, पर्यटकिय तपोभूमी मात्र नभएर जैविक विविधताले पनि भरिपूर्ण क्षेत्र मानिन्छ । रेसुङ्गाको उच्च स्थानमा धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखला लगायत दृश्याबलोकन गर्न सकिने भ्यु टावर रहेको छ ।

    Advertisement

    बिहिबार, साउन ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • २.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ३.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा

    • ४.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै

    • ५.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ६.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    भर्खरै

    • १.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • २.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ३.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • ४.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    • ५.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

    • ६.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • ७.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ८.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...